http://www.nepalforum.com/nepali/preetifont.htm
PCOS एउटा यस्तो  अवस्था हो जसमा आइमाई हरु को यौन हर्मोन गडबडी हुन्छ  I  यसले  गर्दा महिलाहरु को महिनाबारी मा गडबडी, दन्दिफोर धेरै आउने, कपाल धेरै झर्ने वा शरीर  तथा अनुहार मा बाल धेरै आउने हुन्छ I
यसको कारण के हो त ?
महिला हरु मा हुने यौन हर्मोन हरु  Estrogen र  Progesterone हुन् Iतर केहि मात्र मा  पुरुष  हरु मा हुने  हर्मोन Androgens  पनि महिला मा हुन्छन I यहि Androgens बढी भएमा Polycystic Ovary Syndrome (PCOS)  हुन्छ I
PCOS  कुन उमेर समूह मा बढी देखिन्छ ?
२० देखि ४० वर्ष उमेर समूह मा बढी देखिन्छ I
PCOS का लक्षण  हरु के के हुन् त? 
१.महिना बारी मा गडबड 
२.दन्दिफोर धेरै आउने
३.कपाल धेरै झर्ने 
४.शरीर  तथा अनुहार मा बाल धेरै आउने
५. आवाज मोटो हुने
६. Clitoris ठुलो हुने 
७. स्तन सानो हुँदै जाने 
PCOS मा अरु समस्या के के हुन सक्छन? 
१.शरीर मोटो हुँदै जाने 
२.मधुमेह देखा पर्ने
३.BP बढ्ने 
४.Cholesterol बढ्ने
के PCOS का कारण निसन्तान हुने हुन्छ?
PCOS का कारण निसन्तान हुन सक्छ I तर इलाज बाट सन्तान हुने सम्भावना हुन्छ I

No comments:
Post a Comment