Welcome to EndocrinologyNepal

Endocrinology is a branch of internal medicine which deals with disorders related to hormonal imbalance. It includes not only diabetes and thyroid disorders but also deals with various diseases like hypogonadism, erectile dysfunction, infertility, hirsutism, gynecomastia, PCOS, pubertal disorders, obesity, short stature, tall stature, pituitary disorders, Cushing's syndrome, Pheochromocytoma, parathyroid disorders and metabolic bone diseases.

Endocrinology भनेको हर्मोन को गडबडीबाट हुने रोग सम्बन्धि क्षेत्र हो I हर्मोनको गडबडीका कारण निम्न समस्याहरु हुन सक्छन :
१. मधुमेह (Diabetes)
२. सुगर कम हुने रोग (Hypoglycemia)
३. थाईराइद रोग (Thyroid disorders)
४. महिनाबारीमा गडबड र निसन्तान (Infertility)
५. महिलाहरुको शरीरमा धेरै रौँ उम्रने (Hirsutism)
६. स्तनबाट दुध चुहिने (Galactorrhea)
७. पुरुषहरुमा स्तन बढ्ने (Gynaecomastia)
८. शरीरको उच्चाई नबढी पुड्को हुने (Short stature) वा धेरै अग्लो हुने (Tall Stature)
९. लिङ्ग वा अन्दकोश सानो हुने (Hypogonadism)
१०. यौन इच्छामा कमि आउने वा सम्भोग गर्न गार्हो हुने (Erectile Dysfunction)
११. यौबन अवस्था चांडो देखिने (Precocious puberty) वा ढिलो गरि देखिने (Delayed puberty)
१२. हड्डी बारम्बार टुट्ने , हड्डी बंगिने (Rickets), हड्डी सुन्निन्ने वा हड्डी खिइने (Osteoporosis)
१३. शरीरको मोटोपना बढ्ने(Obesity)
१४. बारम्बार मिर्गौलाको पत्थरी हुने(Kidney stones)
१५. सानो उमेरमा नै रक्तचाप बढ्ने वा रक्तचाप अचानक बढेर टाउको दुख्ने , बान्ता हुने र पसिना आउने
१६. लिङ्ग निर्धारण गर्न गार्हो हुने (Disorders of sexual development)

About Dr Ansu Mali Joshi

My photo
Kathmandu, Nepal
I am an endocrinologist, practising at Kathmandu, Nepal. I did my DM Endocrinology from the prestigious All India Institute of Medical sciences, New Delhi in 2011. DM Endocrinology is a 3 year superspecialized degree which is done after doing 3 years of MD Internal Medicine. Currently I work at KATHMANDU DIABETES & THYROID CENTER PVT LTD (01-5521969).

Friday, March 30, 2012

डाक्टर साब , म खानपिनमा ध्यान दिन्छु , औसधि खान्न I

You need to install nepali font to view this
http://nepali.changathi.com/Fonts.aspx


समाजमा  सुगरका  बिमारीहरु  माझ  एउटा  अनौठो  धारणा  पाए I   सकेसम्म  किन  औसधि  खाने,  चाहे  सुगर  जतिसुकै  किन  नहोस I 

नेपालीहरुले  खानपिनमा  कन्ट्रोल  गर्ने  भनेको   त्येस्तै  हो  I  भात  टन्न  खानु  परि  हाल्यो I  खाजामा  मोमो  वा  चाउमिन    भएन  भने  के  नपुग्या  जस्तो  हुन्छ I  अझ  चिउरा र  मासु (खसीको  मासु ) भए  त  झन्  बेस I  दिनमा  दुइ  छाक  टन्न  खायो  अनि  दिनभरी  केहि  नखाए  भयो I   अझ  भातमा  घिउ  थपेर  खान  पाए  कति  मजा  आउंथ्यो I

नेपालीहरुको  खाना  मा  carbohydrate   बढी  हुन्छ  जस्तै  भात I  Diabetes का  बिमारीहरुले  ५० -६०% भन्दा  बढी  carbohydrate खानु  हुँदैन I  भात  खान  नहुने  होइन  तर  मात्रा  मिलाएर  खानु  पर्छ I
नेपालीहरु  धेरै  माछामासु  र  अन्डा  खाने  हुनाले  प्रोटिन  त  पुग्छ I   तर  माछामासु न खानेहरुले  गेडागुडी , दाल , पनीर  आदि  बाट  प्रोटिनको  मात्रा  पुर्याउनु पर्छ I 

अब  आयो  fat को  कुरा I  त्येस्मा  त  नेपालीहरु  अगाडी  नै  छन् I  घिउ   पुरै  बन्द  गर्नुपर्छ I  तेल  मा  sunflower, तोरी  वा  olive तेल  प्रयोग  गर्नु  पर्छ I  तेललाई  घरि  घरि  तताउनु  हानिकारक  हुन्छ I  तेल  र  बोसो  बढी  भएको  खानेकुरा  खानु  भएन I  अन्डाको  पहेलो  भाग  नखाने I  Studies हरुमा  नेपालीहरुको  एक  किसिमको  बोसो  Triglyceride बढी  देखिएको छ I  यदि  Triglyceride ५००  mg/dl भन्दा  बढेको  छैन  भने  यसलाई  औसधि  भन्दा  पनि  जीबन शैली  परिबर्तन  गरेर  घटाउनु पर्छ I   दिनमा  एउटा  फल  खाने  र  सागसब्जी  बढी  खाने  र  सलादहरु  खानु  पर्छ I   वजन  धेरै  छ  भने   exercise  र  खानपिनबाट  वजन  कम  गर्नु पर्छ I 

धेरै  नेपालीहरुले  खानपिनमा  त्यति  ध्यान  दिदैनन I   कोहि  कोहि  चाही  खाना  नै  नखाईकन   सुगर  कन्ट्रोल  गर्न  खोज्छन  जुन  झन्  हानिकारक  हुन्छ I

सुगर  भएका  बिमारीहरुले  खाली  पेट  को  सुगर (FBS) १३०  भन्दा  कम  र  खाना  को  २  घण्टा  पछिको  सुगर (PPBS)  १८०  भन्दा  कम  राख्नु  पर्छ I   यदि  यसो  गर्न  सकिएन  भने  बिस्तारै  आँखाको  पर्दा (Retina) मा  असर  गर्न  सुरु  गर्छ  जसको  बिमारीलाई  थाहै  हुँदैन  र  एकैचोटी  अन्धो  भएपछि  मात्र  उसलाई  थाहा  हुन्छ I  त्येस्तै  शरीरका  धमनीहरुमा  (Blood vessels) बोसो  जम्मा  हुँदै  जान्छ  र  एक  दिन  अचानक  heart attack वा  Paralysis वा  किड्नी  फेल  भएपछि   मात्र  बिमारीले  पत्तो  पाउछ I  यो   सबै  हुन  नदिन  सुगरलाई  राम्रो  कन्ट्रोलमा  राख्नु  पर्दछ I   त्येस्कारण  सुगरका  बिमारीले  खानपिन  र  exercise बाट  माथि  भने  बमोजिमका  FBS र  PPBS  राख्न नसकेमा औसधि सेवन  जरूरी  छ I  सुगरका  औसधिको  side effect धेरै  हुन्छ  भनेर  औसधि  नखाँदा   झन्  धेरै   खतरा  हुन्छ I

Wednesday, March 28, 2012

इन्सुलिनसंग किन यति साह्रो डर ?

You need to install nepali font to view this
http://nepali.changathi.com/Fonts.aspx


सुगर किन हुन्छ ?

पेट मा एउटा अंग Pancreas भन्ने हुन्छ I  यो अंगले इन्सुलिन भन्ने हर्मोन दिन्छ I  इन्सुलिनले रगतमा भएको सुगर कम गर्छ I  इन्सुलिनको  कमि भएमा सुगर हुन्छ I इन्सुलिनले राम्ररी काम गर्न नसकेको अवस्थामा पनि सुगर हुन्छ I

सुगर घटाउने औसधिले कसरी काम गर्छ ?

खाने औसधिले Pancreas बाट इन्सुलिन निकाल्ने काम गर्छ I जसले गर्दा सुगर कम हुन्छ I  लामो समय सम्म यी औसधि लिएमा बिस्तारै Pancreas  ले  इन्सुलिन निकाल्ने क्षमता घट्दै जान्छ  र एक दिन यस्तो अवस्था आउछ  जुन दिन Pancreas ले कुनै  पनि इन्सुलिन निकाल्न सक्दैन  अनि सुगर कन्ट्रोल गर्न को लागि बाहिरबाट इन्सुलिन दिनु पर्दछ I

शुरुकै अवस्थामा इन्सुलिन लिन का फाइदा के हुन्छ ?

शुरुकै अवस्थामा इन्सुलिन लिएमा Pancreas ले इन्सुलिन निकाल्ने क्षमता रहीरहन्छ अर्थात् Pancreas लाई आराम मिल्छ I  Studies ले के देखाएको छ भने सुरु कै अवस्थामा केहि समय इन्सुलिन लिएर बन्द गरेपछि लामो समय सम्म बिना कुनै औसधि सुगर कन्ट्रोल मा रहन्छ I
त्येस कारण सुगर को लागि इन्सुलिन सबै भन्दा राम्रो औसधि हो I

इन्सुलिन संग के को डर ?

समाजमा इन्सुलिन संग डर यथावत नै छ I  यसका कारण हरु  हुन्
१. इन्जेक्शन को डर
२. सुगर कम भएर बेहोस हुने डर
३. एक चोटी इन्सुलिन सुरु भएपछि सधै लगाउने पर्ने डर
4. महँगो होला कि भन्ने डर
५. बाहिर जाँदा इन्सुलिन लगाउन मिल्दैन भन्ने डर
६. इन्सुलिन लगाउँदा  छाला मा समस्या आउला भन्ने डर

माथिका डर हरु सबै भ्रम  मात्र हुन्

१. आजकल इन्सुलिनका सुई यति मसिना भैसके कि सुई लगाएको पत्तै हुँदैन I औसधि खानु भन्दा पनि सजिलो  भैसक्यो सुई लगाउन

२. खाने औसधिले पनि सुगर कम गराएर बेहोस हुन सक्छ I सावधानी अपनाएमा यस्तो कहिल्यै पनि हुँदैन I  सुगर कम हुने लक्षणहरु  जस्तै एकै चोटी पसिना आउने, मुटुको धड्कन तेज हुने, हात काम्ने भएमा १ गिलास पानीमा ३ चम्चा  ग्लुकोज  पाउडर घोलेर खाएमा बेहोस हुने अवस्था कहिल्यै आउँदैन  I  त्येसैले सुगरका बिमारीले साथमा ग्लुकोज  पाउडर अथवा केहि मिठा कुराहरु जस्तै टफी  साथमै राख्नु जरूरी हुन्छ I

३. एक चोटी इन्सुलिन लगाएपछि  संधै  लगाउनु  पर्छ भन्ने जरूरी छैन I  सुगर कन्ट्रोल भएपछि इन्सुलिन को डोज  घटाउन्दै   ट्याबलेटमा चेन्ज  गर्न सकिन्छ I तर  केहि अवस्थामा संधै  इन्सुलिन लगाउनु  पर्छ  जस्तै किड्नीको समस्या देखिएमा वा ३ वटा  भन्दा बढी खाने औसधि बाट सुगर कन्ट्रोल नभएमा

४. महँगो खाले  इन्सुलिन पनि छन् I  तर  खाने औसधि भन्दा सस्ता  इन्सुलिन पनि छन् I महंगा इन्सुलिन र सस्ता  इन्सुलिनको काम एकै  हो I  फरक  के मात्र हो भने महँगो इन्सुलिन खाना  खानु भन्दा ५ मिनेट अगाडी  लाउनु  पर्छ  भने सस्ता  इन्सुलिन ३०  मिनेट  अगाडी  लगाउनु  पर्छ  I 

५. बाहिर जाँदा इन्सुलिन लिएरै  जान  सकिन्छ  I  भाइल वाला  इन्सुलिनको लागि ice pack चाहिन्छ  तर  pen वाला  इन्सुलिन तेत्तिकै  लगेर  जान  मिल्छ I  खाली   घामबाट जोगाउनु  पर्छ  I 

६. इन्सुलिन लगाउने तरिका  जानेर  लगाउँदा  छालामा केहि समस्या  आउँदैन I 

Tuesday, March 27, 2012

सुगरको औसधि Metformin ले क्यान्सरको सम्भावना घटाउन्छ



http://www.nepalforum.com/nepali/preetifont.htm



सुगरको बिमारीहरुलाई क्यान्सर हुने सम्भावना अरु भन्दा बेसी हुन्छ I केहि studies हरुमा Metformin  नाम को सुगरको औसधिले यो सम्भावना घटाएको देखिएको छ I

Metformin बजारमा कुन कुन नामले उपलब्ध छन् ?

Glyciphage
Glycomet
Riomet
Metfor
Walaphage
आदि

सुगर घटाउने अरु औसधि जस्तै Sulphonylurea ले पनि क्यान्सरको सम्भावना घटाउन्छ?

Holland मा भएको रिसर्च मा ८५००० सुगरका बिमारीहरुमा (जसले कि त Metformin  कि त Sulphonylurea लिइरहेका थिए)  १० बर्ष भित्र क्यान्सर कतिलाई भयो भनेर हेरियो I Sulhonylurea खाईरहेका बिमारीहरु भन्दा Metformin खाईरहेका बिमारीहरुमा क्यान्सर १० % ले कम देखियो जुन तथ्यांक को हिसाब ले Significant देखियो I

माथि को रिसर्च मा Metformin खाईरहेका बिमारीहरुमा कुन कुन क्यान्सर घटेको देखियो ?
 

पेट को क्यान्सर (Stomach Cancer)
खाने नली को क्यान्सर (Esophagus Cancer)
ठुलो आन्द्रा को क्यान्सर (Colon Cancer)
कलेजो को क्यान्सर (Liver Cancer)
Pancreas को क्यान्सर
फोक्सो को क्यान्सर (Lung Cancer)
स्तन क्यान्सर (Breast Cancer)
Prostate ग्रन्थी को क्यान्सर

Sulphonylurea बजार मा कुन कुन नामले उपलब्ध छ ?

Zoryl
Gluride
Amaryl
GP
Zide
NID
Glizid
Betaglim
आदि

Friday, March 23, 2012

Night duty गर्नेहरुमा सुगर हुने सम्भावना धेरै

http://www.nepalforum.com/nepali/preetifont.htm


Harvard School of Public Health मा गरिएको रिसर्च अनुसार night duty गर्ने आइमाईहरुमा मधुमेह (Diabetes ) हुने  र मोटोपन  बढ्ने सम्भावना बढी देखियो I  यो रिसर्च Nurse’s Health Study  भन्ने एउटा धेरै ठुलो study को एक पाटो हो I

महिनामा ३ वा त्यो भन्दा बढी night duty गर्नेहरुमा:

-३ देखि ९ वर्ष गर्नेहरुमा २०% ले Risk बढेको देखियो

-१० देखि १९ वर्ष गर्नेहरुमा ४०% ले Risk बढेको देखियो

-२० वर्ष भन्दा बढी गर्नेहरुमा ५८% के Risk  बढेको देखियो

Tuesday, March 20, 2012

सावधान ! भात धेरै खानेहरुलाई सुगर हुने सम्भावना धेरै हुन्छ

ब्रिटिश मेडिकल जर्नलमा हालै प्रकाशित एउटा रिसर्चले के देखायो भने सेतो भात धेरै खानेहरुलाई सुगर हुने सम्भावना अत्यधिक हुन्छ I  यो रिसर्च अनुसार एसियनहरु (चाईनिज  र जापानिज)  दिन मा तिन देखि चार पटक भात खाने गरेको देखियो र पचिम मूलका मानिसहरुले हफ्तामा एक देखि दुइ चोटी भात खाने गरेको देखियो I एसियनहरुमा सुगर हुने सम्भावना ५५ % ले बढेको देखियो भने पश्चिमा मुलका मानिसहरुलाई सुगर हुने सम्भावना जम्मा १२ % ले बढेको देखियो I

महिलाको अनुहार र शरीरमा धेरै बाल आउने रोग (Hirsutism)

http://www.nepalforum.com/nepali/preetifont.htm



महिलाहरुमा अनुहार  र  शरीर मा  धेरै  बाल  आउने  रोग  लाई  हामी  Hirsutism भन्छौ I

Hirsutism किन  हुन्छ ?

महिलाहरुमा  Androgen वा  Testosterone नामको हर्मोन  बढी  भएमा  Hirsutism हुन्छ I महिलाहरुमा  केहि  मात्रामा  पुरुषहरुको यौन  हर्मोन  testosterone हुन्छ I

Hirsutism का  कारणहरु  के  के  हुन् ?

1. पोलीसिस्टिक ओवरी सिन्ड्रोम (PCOS)
2. एक  किसिम  को ग्रन्थी  Adrenal gland (जो  मिर्गौला  भन्दा  माथि  हुन्छ ) को tumor र  ovary को tumor भएमा
3. बाहिर  बाट  Androgen हुने  औसधि प्रयोग  गरेमा  जस्तै  Danazol नाम  को औसधि
4. adrenal ग्रन्थी  को एक  किसिम  को रोग  Congenital Adrenal Hyperplasia (CAH) भएमा
5. अरु  रोग  हरु  जस्तै  thyroid रोग , Prolactin बढेमा  आदि 



अरु  लक्षण हरु  के  के  हुन  सक्छ  ?

महिना बारी मा गडबडी
दंदिफोर धेरै आउने
निसन्तान हुने


Hirsutism को उपचार कसरी हुन्छ ?

२ तरिका छन्:
१. कस्मेटिक सर्जरी बाट जस्तै LASER थेरापी, Electrolysis आदि
२. औसधि बाट
यी दुवै तरिका साथसाथै गर्न जरूरी हुन्छ I

Monday, March 19, 2012

Erectlile dysfunction (लिङ्ग कडा नहुने) बारे जानकारी

http://www.nepalforum.com/nepali/preetifont.htm

सम्भोगको बेला  लिङ्ग कडा नहुने अवस्थालाई  Erectile dysfunction  भनिन्छ  I 

Erectile dysfunction का  कारण  के  के  हुन् ?
 
२  महत्वपुर्ण  कारण  हुन  सक्छन I
१ . Psychological  (मानसिक  कमजोरी ले गर्दा )
२ . Pathological (हर्मोन, नशा  रोग  वा  अन्य  कारण ले गर्दा )

मन  बलियो  नभएमा  Erectile dysfunction  हुन  सक्छ  I Psychological कारण  नै  नम्बर  १  कारण  हो I

Pathological कारणहरु  निम्न  हुन  सक्छन :
1. सुगर को कारण ले
2. BP कन्ट्रोल  नभएमा
3. लिङ्ग को नशा  च्यापीएमा वा  नशा  सम्बन्धि रोग  भएमा
4. हर्मोन  को गडबडी  ले गर्दा

हर्मोन  को गडबडीले Erectile Dysfunction कसरी  हुन्छ?
 
सम्भोग  को बेला  लिङ्ग कडा हुनलाई  Testosterone नामको हर्मोन  जरूरी  पर्दछ  I
Testosterone हर्मोन  अण्डकोष (testes) बाट  निस्कन्छ  I Testosterone को कमि  भएमा  Erectile dysfunction  हुन्छ I

Testosterone को कमीले अरु  के  के  लक्षण  हुन  सक्छन  ?
 
1. लिङ्ग वा  अण्डकोष   सानो  हुने
2. जुँगा  दाह्री  नआउने   वा  थोरै  आउने 
3. कमजोरी  धेरै  लाग्ने
4. स्तन  बढ्दै  जाने

Erectile Dysfunction को उपचार  हुन  सक्छ ?
 
अवश्य  I यदि  हर्मोनको गडबडी  को कारण  भएमा  बाहिर  बाट  हर्मोन  दिएमा  ठिक  हुन्छ I  अरु  कारण  जस्तै  Psychological वा  सुगर का  कारण  भएमा  केहि  राम्रा  औसधि हरु  जस्तै  Viagra ले यो  समस्या  ठिक  हुन्छ I  Psychological  counseling  पनि  निकै जरुरत   छ I
 

डाक्टर साब, मैले खाने गरेको सुगर घटाउने औसधि Pioglitazone ले पिसाब थैली को क्यान्सर (Bladder Cancer) हुन्छ रे हो ?

http://www.nepalforum.com/nepali/preetifont.htm


केहि  study हरुले सुगर कम गर्ने  औसधि Pioglitazone लामो  समय  खाएमा  पिसाब थैली  को Cancer हुन  सक्ने  संकेत  दिएको  छ  I French Database Study(CNAMTS) ले थोरै  तर  महत्वपुर्ण  खतरा  देखाएको  छ  I तर  अर्को  trial PROACTIVE trial ले भने  अलिकति   खतरा देखायो  जुन  त्यति  महत्वपुर्ण  देखिएन  I

Pioglitazone बजार  मा  कुन  कुन  नाम  ले उपलब्ध  छन् ?

Pioglit
Pioz
Gluzone
Insutizer

Pioglitazone  लिने  जो  सुकै  बिरामी  लाई  यो  खतरा  देखिन्छ ?

हैन  I trial हरु  मा  के  देखियो  भने  २४  महिना  भन्दा  बढी  Pioglitazone खाएमा  र  दिन  मा  ४०  मि ग्राम(mg)  भन्दा  बढी  खाएमा  यो  risk देखियो  I

के  त्येसो  भए  सुगर को बिरामी  ले Pioglitazone बन्द  गर्ने  त ?

होइन  I सुगर का  बिरामी  लाई  Heart Attack र  Paralysis हुने  सम्भावना  बढी  हुन्छ I Pioglitazone ले यी  सम्भावना  लाई  टार्न मद्दत  गर्छ  I त्येस  कारण  Risk Benefit Analysis गर्दा  Pioglitazone फाइदाजनक  देखिएको  ले अहिले  नै  बन्द  गरि  हाल्नु  पर्दैन  I

अमेरिका  स्थित  FDA ले के  भन्छ  यस  बारेमा ?

1. पिसाब थैली  को cancer हुने  ले Pioglitazone खानु  हुँदैन  I
2. Pioglitazone खाने  बिरामी  को पिसाब मा खून  देखिएमा  तुरन्तै  औसधि बन्द  गरेर  जांच  गर्नु  पर्दछ  I

Friday, March 16, 2012

मिर्गौलाको पत्थरी हर्मोन को गडबडी का कारण हुन सक्छ



http://www.nepalforum.com/nepali/preetifont.htm


मिगौलाको पत्थरी भएमा तपाईंको के के टेस्ट गर्न जरूरी छ ?

रगत  मा calcium र phosphorus को जांच गर्न जरूरी छ I  साथै एक किसिम को हर्मोन को टेस्ट Parathyroid hormone (PTH ) टेस्ट गर्नु पर्छ I
२४ घण्टा को पिसाब मा Calcium र Phosphorus  पनि टेस्ट गर्न जरूरी छ I

पत्थरी मा Calcium र Phosphorus टेस्ट गर्न किन जरूरी हुन्छ ?

एक किसिम को Parathyroid ग्रन्थी को रोग (जसलाई हामी Primary Hyper-parathyroidism भन्छौं) मा बारम्बार मिर्गौला मा पत्थरी हुने गर्छ I यो रोग मा Calcium बढ्छ र Phosphorus कम हुन्छ I

कहाँ हुन्छ  Parathyroid ग्रन्थी ?


Parathyroid ग्रन्थी ४ वटा हुन्छन I यी ग्रन्थी हरु thyroid ग्रन्थी को पछाडी हुन्छन I

के हो Primary Hyper-parathyroidism भनेको ?

यदि Parathyroid ग्रन्थी ले चाहिने भन्दा बढी PTH  हर्मोन पैदा गर्न थालेमा त्येस्लाई Primary Hyper-parathyroidism भनिन्छ I यस्तो अवस्था Parathyroid ग्रन्थी बढेर tumor भएमा हुन सक्छ I

Primary Hyper-parathyroidism का अरु लक्षण के के हुन् ?

पिसाब धेरै लाग्ने
पानी धेरै प्यास लाग्ने
वाक वाक वा उल्टी हुने
पेट दुख्ने
हड्डी दुख्ने
हड्डी सुन्निने
बिना ठुलो चोटपटक हड्डी भाचिने
काम गर्ने जाँगर नलाग्ने
BP बढ्ने

Parathyroid ग्रन्थी को tumor पत्ता लगाउन अरु के गर्नु पर्छ ?

घांटी को अल्ट्रासाउन्द (USG  Neck)  गर्नु पर्छ I  साथै एक किसिम को nuclear medicine को टेस्ट "Sestamibi Scan " गर्नु पर्छ I "Sestamibi Scan " डा सागर महर्जन ले MRI सेन्टर, नक्साल मा गर्नु हुन्छ I

के यो रोग को उपचार नेपाल मै हुन्छ ?

हुन्छ I Parathyroid ग्रन्थी को tumor  लाई अपरेसन बाट निकाल्नु पर्छ I जुन कुरा नेपाल मै हुन थालेको छ I





Thursday, March 15, 2012

तपाईं कति मोटो हुनु हुन्छ ?

http://www.nepalforum.com/nepali/preetifont.htm


मोटो हुनु राम्रो स्वास्थ्य को रुप मा हेर्ने गरिन्छ जुन बिल्कुल गलत हो I 

तपाईं मोटो हुनु हुन्छ ?

मोटो पन नाप्ने बिभीन्न तरिका छन् I 
एउटा तरिका 
तपाईं को लम्बाई नाप्नुस (सेन्तिमीटर मा)
लम्बाईबाट १०० घताउनुस
जति आउँछ  , त्यति किलो तपाईं को लम्बाई अनुसार को तौल  (Ideal Body Weight) हुनुपर्छ I
त्यो भन्दा बढी भएमा तपाईं को तौल बढी भएको मानिन्छ I
अर्को तरिका
लम्बाई नाप्नुस(मीटर मा)
तौल  नाप्नुस(किलोग्राम मा)
लम्बाई लाई लम्बाई ले गुना गर्नुस; जति निस्कन्छ  त्यति ले तौल लाई भाग गर्नुस ; तपाईं को BMI(Body Mass Index) निस्कन्छ I
यदि BMI २३ भन्दा बढी भएमा तपाईं मोटो हुनुहुन्छ I


मोटोपन संग किन डराउने?

मोटोपन धेरै भएमा विभिन्न रोग लाग्न सक्छ:
१. मधुमेह
२. Hypertension ( BP बढ्छ)
३. Cholesterol  बढ्छ
४. Heart attack 
५. Paralysis
६. छाति का विभिन्न  रोग
७. uric  acid  बढ्छ 
८. घुंडा को हड्डी खियीन्छ
९. विभिन्न किसिम का क्यान्सर हुन सक्छ
१०. महिनावारी गडबड हुन्छ , निसन्तान हुन सक्छ
११.ग्यास्टिकको समस्या बढ्छ
१२. पित्तथैली को पथ्थरी
१३. Pancreas  को रोग लाग्न सक्छ(Pancreatitis)
१४. कलेजो सुन्निन सक्छ

मोटोपन हुनेहरुले तौल  घटाउन किन जरूरी छ?
१०% मात्र तौल  घताएमा:

१.सुगर ३०-५०% ले कम हुन्छ
२.ldl Cholesterol (एक किसिम को खराब Cholesterol) १५% ले  कम हुन्छ
३.Triglyceride (Tg ) ३०% ले कम हुन्छ
४.hdl Cholesterol (एक किसिम को राम्रो Cholesterol) ८% ले बढ्छ
५.सुगर हुने सम्भावना  ५०% ले कम हुन्छ
६.BP  १० mmHg  ले कम हुन्छ

Tuesday, March 13, 2012

Graves' disease बारे जानकारी



http://www.nepalforum.com/nepali/preetifont.htm


के हो Graves' Disease भनेको ?

थायीरोइड ग्रन्थी ले चाहिने भन्दा बढी काम गर्ने अवस्थालाई हामी Hyperthyroidism भन्छौ I Hyperthyroidism का  विभिन्न कारण हरु हुन्छन I  ती मध्ये सबै भन्दा धेरै Graves' Disease ले गर्दा हुन्छ I

कहाँ हुन्छ थायीरोइड ग्रन्थी ?

घांटी को अगाडी को भाग मा हुन्छ I  साधारण अवस्था मा यो ग्रन्थी देखिंदैन I

कसरी हुन्छ Graves  disease ?

यो एक किसिम को auto-immune रोग हो I  अर्थात् शरीर को प्रतिरोधात्मक शक्ति शरीर कै अंग प्रति लक्षित हुने अवस्था हो I

Graves disease  का लक्षणहरु के के हुन् ?

१. तौल कम हुँदै जानु
२. गर्मी धेरै लाग्नु
३. पसिना धेरै आउनु
४. मुटु धेरै धक धक हुनु
५. दिसा धेरै पटक लाग्नु
६. हात, खुट्टा काम्नु
७. सास फुल्नु
८. निद्र नलाग्नु, बेचैनी धेरै हुनु
९. गलोगांड निस्कनु
१०. आँखा ठुलो हुदै जानु

Graves disease  कसरि पत्ता लाग्छ ?

खून मा fT4 र TSH  हर्मोन जांच गरेमा Hyperthyroidism पत्ता लाग्छ I  यो अवस्था मा fT4  बढ्छ र TSH  कम हुन्छ I  तर Graves disease नै हो भनेर यकिन साथ भन्न को लागि एक किसिम को टेस्ट "Thyroid Uptake Study " गर्नु पर्छ I  यो टेस्ट nuclear medicine बिभाग ले गर्छ I  हाल नेपाल मा बीर अस्पताल र नक्साल स्थित MRI centre मा AIIMS ,New Delhi  बाट MD Nuclear Medicine गरि फर्कनु भएका डा सागर महर्जन ले मात्र गर्नु हुन्छ I 

Graves disease को उपचार कसरी हुन्छ ?

तीन  तरीका छन् :

१. औसधि बाट
    कम्तिमा पनि १२ देखी १८ महिना औसधि खानु पर्ने हुन्छ I  तर औसधि बन्द गरेपछि ५० % मा  फेरी यो रोग फर्किन्छ I

२. अपरेशन बाट
यदि गालो गाँड ठुलो छ भने अपरेशन गर्न सकिन्छ I

३. Radioactive Iodine बाट
यो एक किसिम को औसधि नै हो जसले गर्दा यो रोग पूर्ण तया निर्मुल हुन्छ I नेपाल मा Radioactive Iodine Ablation डा सागर महर्जन ले मात्र गर्नु हुन्छ I 



Saturday, March 10, 2012

Prolactin हर्मोन किन बढ्छ ?

http://www.nepalforum.com/nepali/preetifont.htm




Prolactin हर्मोन कुन अवस्था मा जांच गर्ने ?

१. स्तन बाट  स्वत दुध चुहिने  भएमा(गर्भवती र सुत्केरी अवस्था बाहेक)
२. महिना वारी मा गडबडी भएमा
३. निसन्तान भएमा
४. यौन इच्छा मा कमि आएमा
५. पुरुष हरु मा सम्भोग को बेला लिङ्ग कडा नभएमा

Prolactin हर्मोन बढ्ने कारण के के हुन् ?

१. थाइरोइद् कमि भएमा (Hypothyroidism)
२. केहि औसधि हरु जस्तै ग्यास्टिक का औसधि, उल्टी रोक्ने औसधि, गर्वधारण रोक्न प्रयोग हुने औसधि, मानसिक रोग मा प्रयोग हुने औसधि इत्यादी
३. पोली सिस्टिक ओबरी सिन्ड्रोम (Polycystic ovary syndrome/PCOS)
४. पित्युतरी ग्रन्थी (Pituitary Gland) को tumor (Prolactinoma)


पित्युतरी ग्रन्थी (Pituitary Gland) को tumor (Prolactinoma) भएमा शल्यक्रिया  गर्नु पर्छ?

पर्दैन I पित्युतरी ग्रन्थी को tumor (Prolactinoma) औसधि बाट ठिक हुन्छ I पित्युतरी ग्रन्थी को tumor हरु मध्ये यो मात्र एउटा यस्तो हो जसको उपचार शल्यक्रिया बिना सम्भव  छ I

Friday, March 9, 2012

डाक्टर साब मेरो थाईरोइद्(TSH) अलिकता बढ्यो , के मैले औसधि खानुपर्छ ?

http://www.nepalforum.com/nepali/preetifont.htm


TSH भन्ने हर्मोन रगत मा बढेमा हामी Hypothyroidism भन्छौI

Hypothyroidism का लक्षण हरु के के हुन्?
 
जाडो धेरै हुने
शरीर सुन्निने
छाला खस्रो हुने
काम गर्ने जाँगर नहुनु
कब्जियत हुने
गलोगांड निस्कनु
महिनाबारी गडबड हुने 
निसन्तान हुने 


Subclinical Hypothyroidism भनेको के हो ?

Hypothyroidism का प्रस्ट लक्षण हरु नहुने र free T4(fT4)  हर्मोन नॉर्मल हुने तर केहि मात्रा मा TSH बढी हुने   अवस्थालाई हामी Subclinical Hypothyroidism  भन्छौ I सबै Subclinical Hypothyroidism लाई उपचार को जरूरी छैन I 


डाक्टर साब, मेरो TSH ७.५ छ , के मैले औसधि सुरु गर्न पर्छ?

पर्दैन I TSH  १० भन्दा माथि नबढेमा औसधि सेवन जरूरी छैन I तर केहि अवस्था यस्ता छन् जसमा औसधि सेवन सुरु गर्नु पर्ने हुन्छ , जस्तै :
१.Hypothyroidism का लक्षण हरु देखा परेमा
२. गलोगांड बढेमा
३. महिना बारी गडबड भएमा
४. निसन्तान भएमा
५. गर्भवती अवस्था मा

यी अवस्था हरु बाहेक अरु अवस्था मा औसधि सेवन जरूरी छैन I तर ६-६ महिना मा TSH जांच गर्नु जरूरी छ I

के Hypothyroidism को औसधि जिन्दगी भरि खानु  पर्छ ?

एक चोटी Hypothyroidism को औसधि सुरु भए पछि जिन्दगी भरि खानु पर्ने हुन्छ I

Thursday, March 8, 2012

हड्डी खियीने रोग (Osteoporosis) बारे सामान्य जानकारी

http://www.nepalforum.com/nepali/preetifont.htm



यो रोग कसलाई र कुन उमेर समूह लाई हुन्छ ? 

आइमाई हरु मा महिना बारी बन्द भएपछि हड्डी खियिने रोग लाग्छ I सामान्य तय ५० बर्ष उमेर नाघे पछि यो रोग सुरु हुन्छ I पुरुष हरुमा करिब ७० बर्ष उमेर नाघे पछि यो रोग सुरु हुन्छ I 
अमेरिकी महिला हरुमा ५० बर्ष नाघे पछि २५ % मा  यो रोग देखा परेको तथ्यांक छ I 


यो रोग किन लाग्छ ?

महिला हरु मा महिना बारी बन्द भएपछि यौन हर्मोन Estrogen कमी हुन थाल्छ I शरीर को हड्डी लाई Estrogen ले बलियो बनाउने काम गर्छ I Estrogen नभए पछि हड्डी कम्जोर हुँदैं जान्छ I 

यो रोग को लक्षण के के हुन् ?

ड्डी दुख्ने
ढाड दुख्ने
ढाड बांगीने
बिना ठुलो चोट पटक हड्डी टुट्ने
बसेर उठ्न गार्हो हुने 

यो रोग कसरी पत्ता लाग्छ ?
 

महिला हरु को महिना बारी बन्द भए पछि एक किसिम को Xray (जसलाई हामी DXA scan भन्छौ) गरे पछि यो रोग पत्ता लाग्छ I 

के यो रोग को इलाज सम्वभ छ ?
 

अवश्य I यो रोग का लागि औसधि हरु उपलब्ध छन् I  यी औसधि हरुले हड्डी बलियो पार्छ र हड्डी टुट्न बाट जोगा उन्छ I
 


 

Wednesday, March 7, 2012

तपाइंले खाने गरेको Cholesterol घटाउने औसधि ले तपाईं को सुगर बढ्न सक्छ !!

http://www.nepalforum.com/nepali/preetifont.htm


गएको महिना (Febraury, 2012) अमेरिका स्थित US Food and Drug Administration (FDA)ले Cholesterol  कम गर्न प्रयोग हुने औसधि Statin ले सुगर बढ्न सक्छ भन्दै चेतावनी जारी गर्यो I

Statin भित्र कुन कुन औसधि छन् ?
Atorvastatin
Rosuvastatin
Simvastatin

के सांचै Statin ले मधुमेह हुन्छ ?
केहि ठुला trial हरु ले यस्तै कुरा भन्छ I JUPITER नाम को trial मा Rosuvastatin (एक किसिमको Statin) प्रयोग कर्ता हरुमा मधुमेह को सम्भावना २७ % ले बढेको देखियो I तेस्तै Women's Health Initiative (WHI) trial मा ४८ % सम्भावना देखियो I


के तेसो भए मधुमेह का बिरामी ले Statin प्रयोग नगर्ने त ?
कदापी होइन I मधुमेह  का बिरामी मा heart attack हुने सम्भावना धेरै हुन्छ I यसको मुख्य कारण Cholesterol बढ्ना ले हो I तेसकारण Cholesterol घटाउन धेरै जरूरी छ I Risk benefit analysis गर्दा Statin को प्रयोग ले फाइदा बढी हुने होना  ले Statin निर्धक्क संग प्रयोग गर्नु होला I

Tuesday, March 6, 2012

पॉलीसिस्टिक ओवरी सिंड्रोम (Polycystic Ovary Syndrome/ PCOS)



http://www.nepalforum.com/nepali/preetifont.htm


PCOS एउटा यस्तो  अवस्था हो जसमा आइमाई हरु को यौन हर्मोन गडबडी हुन्छ  I  यसले  गर्दा महिलाहरु को महिनाबारी मा गडबडी, दन्दिफोर धेरै आउने, कपाल धेरै झर्ने वा शरीर  तथा अनुहार मा बाल धेरै आउने हुन्छ I

यसको कारण के हो त ?
महिला हरु मा हुने यौन हर्मोन हरु  Estrogen र  Progesterone हुन् Iतर केहि मात्र मा  पुरुष  हरु मा हुने  हर्मोन Androgens  पनि महिला मा हुन्छन I यहि Androgens बढी भएमा Polycystic Ovary Syndrome (PCOS)  हुन्छ I

PCOS  कुन उमेर समूह मा बढी देखिन्छ ?
२० देखि ४० वर्ष उमेर समूह मा बढी देखिन्छ I

PCOS का लक्षण  हरु के के हुन् त? 
१.महिना बारी मा गडबड
२.दन्दिफोर धेरै आउने
३.कपाल धेरै झर्ने
४.शरीर  तथा अनुहार मा बाल धेरै आउने
५. आवाज मोटो हुने
६. Clitoris ठुलो हुने
७. स्तन सानो हुँदै जाने


PCOS मा अरु समस्या के के हुन सक्छन?
१.शरीर मोटो हुँदै जाने
२.मधुमेह देखा पर्ने
३.BP बढ्ने
४.Cholesterol बढ्ने


के PCOS का कारण निसन्तान हुने हुन्छ?
PCOS का कारण निसन्तान हुन सक्छ I तर इलाज बाट सन्तान हुने सम्भावना हुन्छ I





Monday, March 5, 2012

New NAMS Guidelines Back Hormone Replacement Therapy(HRT) for Menopausal Symptoms

North American Menopause Society (NAMS) has updated its 2010 position statement on the use of estrogen therapy (ET) and estrogen-progestogen therapy (EPT) (published online February 27, 2011 in Menopause: The Journal of The North American Menopause Society).

Highlights of the specific recommendations include:
1.The most effective treatment for menopausal vasomotor symptoms and associated quality of life is Estrogen Therapy or Estrogen+Progesterone Therapy.

2.Heightened risk for breast cancer associated with more than 3 to 5 years of Estrogen+Progesterone Therapy (EPT) use limits the duration of safe EPT use. For Estrogen Therapy(ET), the benefit–risk profile is more favorable. Because risk for breast cancer does not appear to increase during an average of 7 years of ET use, there is more flexibility in duration of ET treatment.

3.HRT use is associated with a lower fracture risk, but a higher risk for ischemic stroke, venous thromboembolism (VTE), and ovarian cancer.

4.Compared with ET, EPT is associated with a higher risk for coronary artery disease.

5.Women with premature or early menopause and no contraindications to HRT may use HRT until age 51 years, which is the average age of natural menopause, or longer if needed to control symptoms.


Take Home Message:
Hormone Replacement Therapy can be used judiciously for menopausal vasomotor symptoms.It should not be solely used for prevention of osteoporosis or cardiovascular disease. In fact, it may increase cardiovascular disease.

Sunday, March 4, 2012

Men with Androgen Deficiency Syndromes (Hypogonadism) And Testosterone therapy

-Androgen Deficiency (AD) syndromes caused by low testosterone levels in the bloodstream are common in adult men.

-Signs and symptoms of AD include:
• Drop in sex drive (libido)
• Erectile dysfunction (ED—inability to get or keep an erection)
• Lowered sperm count and infertility (inability to have children)
• Breast enlargement or tenderness
• Reduced energy
• Increased irritability, inability to concentrate, and low mood
• Hot flashes (when testosterone levels are very low)

-When a decrease in testosterone is prolonged and severe, men may have loss of body hair, reduced muscle size and strength, brittle bones (osteoporosis), and smaller testicles.

How is low testosterone diagnosed?
-Generally, blood levels of testosterone of 300–1,000 ng/dL are considered normal, but these levels may be different in different laboratories.

-Morning measurement (when levels are highest) is recommended.

-Illness, malnutrition, and certain medications can reduce testosterone temporarily, so blood tests may need to wait until after you recover or stop taking such a medication.

-Levels should be measured more than once to make sure they really are low.

How to treat androgen deficiency?
-Experts recommend that testosterone treatment be given to men with low testosterone levels and symptoms or signs of AD.

-Depending on the reason for treatment, the goals may be different from case to case but may include improving and/or maintaining the signs of masculinity (e.g., deep voice, growth of beard, pubic hair), sex drive (libido), erections, muscle strength, and the amount of bone.

How will your doctor help you get to your testosterone therapy goals?
-Your doctor can prescribe testosterone in one of several forms:

a. injections (usually every 2 weeks)
b. patches (put on skin every day)
c. gels (put on skin every day)
d. buccal tablets (applied to the gums two times a day)

-A blood test for testosterone levels at various times during treatment is also recommended to see if levels are
in the normal range.

-During treatment, you should see your doctor about three to six months after you start treatment to evaluate whether you are improving and if you are having any problems or side effects.

Are you Vitamin D Deficient?


-Vitamin D is not only a vitamin, but its a hormone.
-Vitamin D helps the body absorb calcium.Along with calcium, it is vital for strong, healthy bones.
-We normally get vitamin D through exposure to sunlight.
-However, many people still do not get enough of this important hormone.
-Though India is a sunny country, 80-90% of the indian population are vitamin D deficient according to the studies.
-Use of sunscreen or sun avoidance lowers the skin’s production of vitamin D.

1.What health problems does low vitamin D cause? 
-Vitamin D deficiency can lead to a loss of bone density (size and strength), broken bones (fractures), muscle
 weakness, and the bone-thinning disease osteoporosis.

-Severe vitamin D deficiency can cause rickets in children and osteomalacia in adults.

-Both problems cause soft, weak bones, as well as pain in the bones and muscles.

-Some studies show that a lack of vitamin D may raise the risk of some cancers and certain other health problems.

2.What are the risk factors  for vitamin D deficiency?
-Elderly
-Pregnant and lactating women
-Those who rarely go out in the sun
-Those who use sunscreens
-Dark skin
-Those on certain medications like anti-tubercular drugs, antiseizure drugs, steroids etc
-Obesity (vitamin D can get “trapped” in body fat)
-Chronic (long-term) kidney or liver diseases
-Malabsorption (inability to absorb nutrients in the intestines)
-Hyperparathyroidism
-Sarcoidosis, tuberculosis, histoplasmosis
-Some lymphomas, a type of cancer

3.How is vitamin D deficiency found?
-The best way for doctors to measure how much vitamin D is in your body is with a blood test called the serum 25-hydroxy-vitamin D test.

Patient Guide to the Management of Maternal Hypothyroidism Before, During, and After Pregnancy


1.Who is at higher risk of hypothyroidism during pregnancy?
-Those who are having inadequate iodine in the diet (need for iodine increases during pregnancy and breast-feeding)

-Among women who have an adequate intake of iodine, the main cause of hypothyroidism during pregnancy is an autoimmune thyroid disease known as Hashimoto’s thyroiditis.(Autoimmune thyroid disease is caused by a woman’s own immune system attacking and destroying the thyroid).

-Prior treatment for hyperthyroidism and surgery for thyroid tumors

2.Why to treat hypothyroidism during pregnancy?
-It is important that a woman have normal thyroid hormone levels before and during pregnancy.

-Hypothyroidism during pregnancy can have harmful effects like miscarriages, intrauterine deaths, mental defects in babies etc


3.What special considerations apply to the diagnosis and management  of hypothyroidism during and after pregnancy?
-Women with a family history of thyroid disease or any autoimmune disease are at increased risk for hypothyroidism.

-Typical symptoms of hypothyroidism include weight gain, feeling colder than usual, dry skin and
hair, and reduced energy levels. Any signs or symptoms of hypothyroidism should alert your physician to measure your TSH level.

-Women with postpartum depression should be tested for hypothyroidism and appropriately treated.

-Postpartum thyroiditis (PPT) is a thyroid inflammation that occurs in 7% of all women during the first year postpartum.Approximately 30% of women who have had PPT will develop permanent hypothyroidism within the next 10 years. Annual evaluation of thyroid hormone levels is, therefore, recommended.

4.What is the recommended treatment for hypothyroidism?
A woman beginning her prenatal care should have her thyroid function evaluated if she has:

a) symptoms consistent with hypothyroidism
b) a history of hyperthyroid or hypothyroid disease
c) a history of postpartum thyroiditis
d) a history of previous thyroid surgery
e) a family history of thyroid disease
f) a goiter (an enlarged thyroid gland)
g) the known presence of thyroid antibodies,
type 1 diabetes or other autoimmune diseases
h) a history of head or neck irradiation
i) a prior miscarriage
j) a history of preterm delivery

-In a woman already diagnosed with hypothyroidism and being treated with  thyroxine, thyroid hormone levels should be checked before attempting to conceive. This may alert her physician that an increase in the dose of thyroxine is needed even before she becomes pregnant.

-If a woman is diagnosed with hypothyroidism just before she wants to conceive, she should begin treatment with thyroxine to achieve normal thyroid hormone levels prior to becoming pregnant.

-Once a woman becomes pregnant, the thyroxine dose often needs to be increased, possibly by as much as
30% to 50% in the first 4 to 8 weeks of pregnancy.

-It is important to contact your physician immediately after pregnancy is confirmed so that a blood test can be
performed and the dose of thyroxine adjusted if needed.

-After delivery, most hypothyroid women need to decrease the thyroxine dosage they received during pregnancy.

My field of expertise:

1. Diabetes  

2. Thyroid disorders

3. Obesity

4. Osteoporosis

5. Erectile dysfunction and other male sexual disorders

6. Polycystic ovarian syndrome (PCOS)

7. Prolactinoma and other pituitary tumors

8. Short stature including growth hormone deficiency

9. Delayed and early puberty

10. Cushing's syndrome and steroid overdosage

11. Rickets, osteomalacia, hyperparathyroidism and other metabolic bone diseases

12. Hypogonadism, Turner's syndrome, ovarian and testicular failure

13. Disorders of sexual differentiation - ambiguous genitalia

14. Other endocrine diseases - Hypoglycemia, Pheochromocytoma, etc.

Saturday, March 3, 2012

Endocrine disorders (for public information)

You need to install PREETI font to view this.
http://www.nepalforum.com/nepali/preetifont.htm

z/L/df xfdf]{gsf] u8a8L x'Fbf s] s] x'g;S5<
xfdf]{gsf] u8a8Lsf] sf/0fn] lgDg ;d:ofx¿ x'g ;S5g\ M
!=dw'd]x (Diabetes)
@=;'u/ sd x'g] /f]u (Hypoglycemia)
#=yfO/fO8 /f]u (Thyroid Disorders)
$=dlxgfjf/Ldf u8j8L / lgM;Gtfg (Infertility)
%=dlxnfx¿sf] z/L/df w]/} /f}+ pd|g] (Hirsutism), cg'xf/df w]/} 8l08kmf]/ cfpg] jf skfn w]/} emg]{
^=:tgaf6 b"w r'lxg] (Galactorrhea)
&=k'?ifx?df :tg a9\g] (Gynecomastia)
*=z/L/sf] prfO{ ga9L k'8\sf] x'g] jf w]/} cUnf] x'g] (Short Stature / Gigantism)
(=lnË jf c08sf]if ;fgf] x'g] (Hypogonadism)
!)=of}g OR5fdf sdL cfpg] jf ;Def]u ug{ ufx|f] x'g] (Erectile Dysfunction)
!!=of}jg cj:yf rfF8f] b]lvg] jf l9nf] u/L b]lvg] (Precocious Puberty/ Delayed Puberty)
!@=x8\8L af/Daf/ 6'6\g], x8\8L afª\lug] (Rickets), x8\8L ;'lGgg] jf x8\8L lvOg] (Osteoporosis)
!#=z/L/sf] df]6f]kgf a9\g] (Obesity)
!$=af/Daf/ d[uf}nfsf] kTy/L (Kidney Stone) x'g]
!%=;fgf] pd]/df g} /Qmrfk a9\g] jf /Qmrfk crfgs a9]/ 6fpsf] b'Vg], jfGtf x'g] / kl;gf cfpg]
!^=lnË lgwf{/0f ug{ ufx|f] x'g] (Disorders of Sexual Differentiation)

Popular Posts