Welcome to EndocrinologyNepal

Endocrinology is a branch of internal medicine which deals with disorders related to hormonal imbalance. It includes not only diabetes and thyroid disorders but also deals with various diseases like hypogonadism, erectile dysfunction, infertility, hirsutism, gynecomastia, PCOS, pubertal disorders, obesity, short stature, tall stature, pituitary disorders, Cushing's syndrome, Pheochromocytoma, parathyroid disorders and metabolic bone diseases.

Endocrinology भनेको हर्मोन को गडबडीबाट हुने रोग सम्बन्धि क्षेत्र हो I हर्मोनको गडबडीका कारण निम्न समस्याहरु हुन सक्छन :
१. मधुमेह (Diabetes)
२. सुगर कम हुने रोग (Hypoglycemia)
३. थाईराइद रोग (Thyroid disorders)
४. महिनाबारीमा गडबड र निसन्तान (Infertility)
५. महिलाहरुको शरीरमा धेरै रौँ उम्रने (Hirsutism)
६. स्तनबाट दुध चुहिने (Galactorrhea)
७. पुरुषहरुमा स्तन बढ्ने (Gynaecomastia)
८. शरीरको उच्चाई नबढी पुड्को हुने (Short stature) वा धेरै अग्लो हुने (Tall Stature)
९. लिङ्ग वा अन्दकोश सानो हुने (Hypogonadism)
१०. यौन इच्छामा कमि आउने वा सम्भोग गर्न गार्हो हुने (Erectile Dysfunction)
११. यौबन अवस्था चांडो देखिने (Precocious puberty) वा ढिलो गरि देखिने (Delayed puberty)
१२. हड्डी बारम्बार टुट्ने , हड्डी बंगिने (Rickets), हड्डी सुन्निन्ने वा हड्डी खिइने (Osteoporosis)
१३. शरीरको मोटोपना बढ्ने(Obesity)
१४. बारम्बार मिर्गौलाको पत्थरी हुने(Kidney stones)
१५. सानो उमेरमा नै रक्तचाप बढ्ने वा रक्तचाप अचानक बढेर टाउको दुख्ने , बान्ता हुने र पसिना आउने
१६. लिङ्ग निर्धारण गर्न गार्हो हुने (Disorders of sexual development)

About Dr Ansu Mali Joshi

My photo
Kathmandu, Nepal
I am an endocrinologist, practising at Kathmandu, Nepal. I did my DM Endocrinology from the prestigious All India Institute of Medical sciences, New Delhi in 2011. DM Endocrinology is a 3 year superspecialized degree which is done after doing 3 years of MD Internal Medicine. Currently I work at KATHMANDU DIABETES & THYROID CENTER PVT LTD (01-5521969).

Tuesday, March 13, 2012

Graves' disease बारे जानकारी



http://www.nepalforum.com/nepali/preetifont.htm


के हो Graves' Disease भनेको ?

थायीरोइड ग्रन्थी ले चाहिने भन्दा बढी काम गर्ने अवस्थालाई हामी Hyperthyroidism भन्छौ I Hyperthyroidism का  विभिन्न कारण हरु हुन्छन I  ती मध्ये सबै भन्दा धेरै Graves' Disease ले गर्दा हुन्छ I

कहाँ हुन्छ थायीरोइड ग्रन्थी ?

घांटी को अगाडी को भाग मा हुन्छ I  साधारण अवस्था मा यो ग्रन्थी देखिंदैन I

कसरी हुन्छ Graves  disease ?

यो एक किसिम को auto-immune रोग हो I  अर्थात् शरीर को प्रतिरोधात्मक शक्ति शरीर कै अंग प्रति लक्षित हुने अवस्था हो I

Graves disease  का लक्षणहरु के के हुन् ?

१. तौल कम हुँदै जानु
२. गर्मी धेरै लाग्नु
३. पसिना धेरै आउनु
४. मुटु धेरै धक धक हुनु
५. दिसा धेरै पटक लाग्नु
६. हात, खुट्टा काम्नु
७. सास फुल्नु
८. निद्र नलाग्नु, बेचैनी धेरै हुनु
९. गलोगांड निस्कनु
१०. आँखा ठुलो हुदै जानु

Graves disease  कसरि पत्ता लाग्छ ?

खून मा fT4 र TSH  हर्मोन जांच गरेमा Hyperthyroidism पत्ता लाग्छ I  यो अवस्था मा fT4  बढ्छ र TSH  कम हुन्छ I  तर Graves disease नै हो भनेर यकिन साथ भन्न को लागि एक किसिम को टेस्ट "Thyroid Uptake Study " गर्नु पर्छ I  यो टेस्ट nuclear medicine बिभाग ले गर्छ I  हाल नेपाल मा बीर अस्पताल र नक्साल स्थित MRI centre मा AIIMS ,New Delhi  बाट MD Nuclear Medicine गरि फर्कनु भएका डा सागर महर्जन ले मात्र गर्नु हुन्छ I 

Graves disease को उपचार कसरी हुन्छ ?

तीन  तरीका छन् :

१. औसधि बाट
    कम्तिमा पनि १२ देखी १८ महिना औसधि खानु पर्ने हुन्छ I  तर औसधि बन्द गरेपछि ५० % मा  फेरी यो रोग फर्किन्छ I

२. अपरेशन बाट
यदि गालो गाँड ठुलो छ भने अपरेशन गर्न सकिन्छ I

३. Radioactive Iodine बाट
यो एक किसिम को औसधि नै हो जसले गर्दा यो रोग पूर्ण तया निर्मुल हुन्छ I नेपाल मा Radioactive Iodine Ablation डा सागर महर्जन ले मात्र गर्नु हुन्छ I 



No comments:

Post a Comment

Popular Posts