Welcome to EndocrinologyNepal

Endocrinology is a branch of internal medicine which deals with disorders related to hormonal imbalance. It includes not only diabetes and thyroid disorders but also deals with various diseases like hypogonadism, erectile dysfunction, infertility, hirsutism, gynecomastia, PCOS, pubertal disorders, obesity, short stature, tall stature, pituitary disorders, Cushing's syndrome, Pheochromocytoma, parathyroid disorders and metabolic bone diseases.

Endocrinology भनेको हर्मोन को गडबडीबाट हुने रोग सम्बन्धि क्षेत्र हो I हर्मोनको गडबडीका कारण निम्न समस्याहरु हुन सक्छन :
१. मधुमेह (Diabetes)
२. सुगर कम हुने रोग (Hypoglycemia)
३. थाईराइद रोग (Thyroid disorders)
४. महिनाबारीमा गडबड र निसन्तान (Infertility)
५. महिलाहरुको शरीरमा धेरै रौँ उम्रने (Hirsutism)
६. स्तनबाट दुध चुहिने (Galactorrhea)
७. पुरुषहरुमा स्तन बढ्ने (Gynaecomastia)
८. शरीरको उच्चाई नबढी पुड्को हुने (Short stature) वा धेरै अग्लो हुने (Tall Stature)
९. लिङ्ग वा अन्दकोश सानो हुने (Hypogonadism)
१०. यौन इच्छामा कमि आउने वा सम्भोग गर्न गार्हो हुने (Erectile Dysfunction)
११. यौबन अवस्था चांडो देखिने (Precocious puberty) वा ढिलो गरि देखिने (Delayed puberty)
१२. हड्डी बारम्बार टुट्ने , हड्डी बंगिने (Rickets), हड्डी सुन्निन्ने वा हड्डी खिइने (Osteoporosis)
१३. शरीरको मोटोपना बढ्ने(Obesity)
१४. बारम्बार मिर्गौलाको पत्थरी हुने(Kidney stones)
१५. सानो उमेरमा नै रक्तचाप बढ्ने वा रक्तचाप अचानक बढेर टाउको दुख्ने , बान्ता हुने र पसिना आउने
१६. लिङ्ग निर्धारण गर्न गार्हो हुने (Disorders of sexual development)

About Dr Ansu Mali Joshi

My photo
Kathmandu, Nepal
I am an endocrinologist, practising at Kathmandu, Nepal. I did my DM Endocrinology from the prestigious All India Institute of Medical sciences, New Delhi in 2011. DM Endocrinology is a 3 year superspecialized degree which is done after doing 3 years of MD Internal Medicine. Currently I work at KATHMANDU DIABETES & THYROID CENTER PVT LTD (01-5521969).

Monday, April 2, 2012

सुगर चाहिने भन्दा बढी कन्ट्रोल गरेमा झन् खतरा


You need to install nepali font to view this
http://nepali.changathi.com/Fonts.aspx

New England Journal of Medicine मा  सन् २००८  मा  एउटा  निकै  ठुलो  trial प्रकाशित  भयो  जुन  trial लाई  हामी  ACCORD trial भन्छौ I यो  trial मा  १०,२५२  diabetes का बिमारीहरुमा  गरिएको  थियो  जो  खाने  औसधि  वा  इन्सुलिनमा  थिए I  यी  बिमारीहरुलाई २ वटा समूहमा  छुट्टाइएको थियो I एउटा  समुह (Intensive group) लाई सुगर  धेरै  tight  कन्ट्रोल  गरेर  HbA1c  ६ % भन्दा  कम  ल्याउन  कोशिश  गरियो  भने  अर्को  समूह (Standard group) को HbA1c ७%  देखि  ७.९ % मा  राख्न  कोशिश  गरियो I साढे ३  बर्ष  पछिको  follow up मा  Intensive group मा  मर्ने  सम्भावना (mortality )  Standard group भन्दा  २२ % ले बढेको  देखियो  र यो   trial  लाई  त्यति  खेरै  नै  बन्द  गरियो I

HbA1c भनेको  के  हो ?

यो  खून  जाँच ले   गएको   ३   महिनाको औसतन  सुगर को बारेमा  जानकारी  दिन्छ  I  यो  जांच हरेक  ३ महिना  मा गर्न जरूरी हुन्छ I   

कति  राख्ने  त  HbA1c?

HbA1c ६% देखि ७  % राख्नु  पर्दछ I ६ %  भन्दा  तल  र  ७ % भन्दा  माथि  राख्नु  हुँदैन ; यसो  गर्दा  समय  भन्दा  छिटो  काल  आउने  सम्भावना  बढ्दछ I
 
सबै  सुगरका  बिमारीको  HbA1c ६ -७  % राख्नु  पर्छ ?

धेरै  लामो  समयसम्म  सुगर  भएर  अरु  complications हरु  जस्तै  किड्नी फेल , heart फेल आदि  भएका  बिमारीहरुको  HbA1c ७ % भन्दा  मुनि  राख्न  खोजेमा  बारम्बार  सुगर  कम  हुन  सक्ने  हुन्छ (Hypoglycemia)I  यस्तो  बिमारीहरुको  HbA1c ८ % को  आसपास  राख्दा  हुन्छ I


No comments:

Post a Comment

Popular Posts