Welcome to EndocrinologyNepal

Endocrinology is a branch of internal medicine which deals with disorders related to hormonal imbalance. It includes not only diabetes and thyroid disorders but also deals with various diseases like hypogonadism, erectile dysfunction, infertility, hirsutism, gynecomastia, PCOS, pubertal disorders, obesity, short stature, tall stature, pituitary disorders, Cushing's syndrome, Pheochromocytoma, parathyroid disorders and metabolic bone diseases.

Endocrinology भनेको हर्मोन को गडबडीबाट हुने रोग सम्बन्धि क्षेत्र हो I हर्मोनको गडबडीका कारण निम्न समस्याहरु हुन सक्छन :
१. मधुमेह (Diabetes)
२. सुगर कम हुने रोग (Hypoglycemia)
३. थाईराइद रोग (Thyroid disorders)
४. महिनाबारीमा गडबड र निसन्तान (Infertility)
५. महिलाहरुको शरीरमा धेरै रौँ उम्रने (Hirsutism)
६. स्तनबाट दुध चुहिने (Galactorrhea)
७. पुरुषहरुमा स्तन बढ्ने (Gynaecomastia)
८. शरीरको उच्चाई नबढी पुड्को हुने (Short stature) वा धेरै अग्लो हुने (Tall Stature)
९. लिङ्ग वा अन्दकोश सानो हुने (Hypogonadism)
१०. यौन इच्छामा कमि आउने वा सम्भोग गर्न गार्हो हुने (Erectile Dysfunction)
११. यौबन अवस्था चांडो देखिने (Precocious puberty) वा ढिलो गरि देखिने (Delayed puberty)
१२. हड्डी बारम्बार टुट्ने , हड्डी बंगिने (Rickets), हड्डी सुन्निन्ने वा हड्डी खिइने (Osteoporosis)
१३. शरीरको मोटोपना बढ्ने(Obesity)
१४. बारम्बार मिर्गौलाको पत्थरी हुने(Kidney stones)
१५. सानो उमेरमा नै रक्तचाप बढ्ने वा रक्तचाप अचानक बढेर टाउको दुख्ने , बान्ता हुने र पसिना आउने
१६. लिङ्ग निर्धारण गर्न गार्हो हुने (Disorders of sexual development)

About Dr Ansu Mali Joshi

My photo
Kathmandu, Nepal
I am an endocrinologist, practising at Kathmandu, Nepal. I did my DM Endocrinology from the prestigious All India Institute of Medical sciences, New Delhi in 2011. DM Endocrinology is a 3 year superspecialized degree which is done after doing 3 years of MD Internal Medicine. Currently I work at KATHMANDU DIABETES & THYROID CENTER PVT LTD (01-5521969).

Thursday, March 15, 2012

तपाईं कति मोटो हुनु हुन्छ ?

http://www.nepalforum.com/nepali/preetifont.htm


मोटो हुनु राम्रो स्वास्थ्य को रुप मा हेर्ने गरिन्छ जुन बिल्कुल गलत हो I 

तपाईं मोटो हुनु हुन्छ ?

मोटो पन नाप्ने बिभीन्न तरिका छन् I 
एउटा तरिका 
तपाईं को लम्बाई नाप्नुस (सेन्तिमीटर मा)
लम्बाईबाट १०० घताउनुस
जति आउँछ  , त्यति किलो तपाईं को लम्बाई अनुसार को तौल  (Ideal Body Weight) हुनुपर्छ I
त्यो भन्दा बढी भएमा तपाईं को तौल बढी भएको मानिन्छ I
अर्को तरिका
लम्बाई नाप्नुस(मीटर मा)
तौल  नाप्नुस(किलोग्राम मा)
लम्बाई लाई लम्बाई ले गुना गर्नुस; जति निस्कन्छ  त्यति ले तौल लाई भाग गर्नुस ; तपाईं को BMI(Body Mass Index) निस्कन्छ I
यदि BMI २३ भन्दा बढी भएमा तपाईं मोटो हुनुहुन्छ I


मोटोपन संग किन डराउने?

मोटोपन धेरै भएमा विभिन्न रोग लाग्न सक्छ:
१. मधुमेह
२. Hypertension ( BP बढ्छ)
३. Cholesterol  बढ्छ
४. Heart attack 
५. Paralysis
६. छाति का विभिन्न  रोग
७. uric  acid  बढ्छ 
८. घुंडा को हड्डी खियीन्छ
९. विभिन्न किसिम का क्यान्सर हुन सक्छ
१०. महिनावारी गडबड हुन्छ , निसन्तान हुन सक्छ
११.ग्यास्टिकको समस्या बढ्छ
१२. पित्तथैली को पथ्थरी
१३. Pancreas  को रोग लाग्न सक्छ(Pancreatitis)
१४. कलेजो सुन्निन सक्छ

मोटोपन हुनेहरुले तौल  घटाउन किन जरूरी छ?
१०% मात्र तौल  घताएमा:

१.सुगर ३०-५०% ले कम हुन्छ
२.ldl Cholesterol (एक किसिम को खराब Cholesterol) १५% ले  कम हुन्छ
३.Triglyceride (Tg ) ३०% ले कम हुन्छ
४.hdl Cholesterol (एक किसिम को राम्रो Cholesterol) ८% ले बढ्छ
५.सुगर हुने सम्भावना  ५०% ले कम हुन्छ
६.BP  १० mmHg  ले कम हुन्छ

4 comments:

  1. dai so simple and beautiful message in simple language i love it...plz continue ur blog i wish i can read your valuable blog daily

    ReplyDelete
  2. Thanks Uttam. I will continue writing.

    ReplyDelete
  3. mama the messages were informative. Thank you to share with us, hope to listen more in coming days. Have good day

    ReplyDelete
  4. डा. साब
    मोटो पनको बारेमा त जानकारी दिनुभयो तर मोटोपन कसरि घटाउने र के औषधि खानु पर्छ कृपा गरि त्यो पनि जानकारी पाउन पाए हुनेथियो .

    ReplyDelete

Popular Posts