Welcome to EndocrinologyNepal

Endocrinology is a branch of internal medicine which deals with disorders related to hormonal imbalance. It includes not only diabetes and thyroid disorders but also deals with various diseases like hypogonadism, erectile dysfunction, infertility, hirsutism, gynecomastia, PCOS, pubertal disorders, obesity, short stature, tall stature, pituitary disorders, Cushing's syndrome, Pheochromocytoma, parathyroid disorders and metabolic bone diseases.

Endocrinology भनेको हर्मोन को गडबडीबाट हुने रोग सम्बन्धि क्षेत्र हो I हर्मोनको गडबडीका कारण निम्न समस्याहरु हुन सक्छन :
१. मधुमेह (Diabetes)
२. सुगर कम हुने रोग (Hypoglycemia)
३. थाईराइद रोग (Thyroid disorders)
४. महिनाबारीमा गडबड र निसन्तान (Infertility)
५. महिलाहरुको शरीरमा धेरै रौँ उम्रने (Hirsutism)
६. स्तनबाट दुध चुहिने (Galactorrhea)
७. पुरुषहरुमा स्तन बढ्ने (Gynaecomastia)
८. शरीरको उच्चाई नबढी पुड्को हुने (Short stature) वा धेरै अग्लो हुने (Tall Stature)
९. लिङ्ग वा अन्दकोश सानो हुने (Hypogonadism)
१०. यौन इच्छामा कमि आउने वा सम्भोग गर्न गार्हो हुने (Erectile Dysfunction)
११. यौबन अवस्था चांडो देखिने (Precocious puberty) वा ढिलो गरि देखिने (Delayed puberty)
१२. हड्डी बारम्बार टुट्ने , हड्डी बंगिने (Rickets), हड्डी सुन्निन्ने वा हड्डी खिइने (Osteoporosis)
१३. शरीरको मोटोपना बढ्ने(Obesity)
१४. बारम्बार मिर्गौलाको पत्थरी हुने(Kidney stones)
१५. सानो उमेरमा नै रक्तचाप बढ्ने वा रक्तचाप अचानक बढेर टाउको दुख्ने , बान्ता हुने र पसिना आउने
१६. लिङ्ग निर्धारण गर्न गार्हो हुने (Disorders of sexual development)

About Dr Ansu Mali Joshi

My photo
Kathmandu, Nepal
I am an endocrinologist, practising at Kathmandu, Nepal. I did my DM Endocrinology from the prestigious All India Institute of Medical sciences, New Delhi in 2011. DM Endocrinology is a 3 year superspecialized degree which is done after doing 3 years of MD Internal Medicine. Currently I work at KATHMANDU DIABETES & THYROID CENTER PVT LTD (01-5521969).

Thursday, March 17, 2016

निको हुन्छ थाइराइड क्यान्सर

पुरुषमा भन्दा पनि बढी महिलालाई सताउने रोग हो, थाइराइड । महिलाको हर्मोनमा भइरहने परिवर्तनले उनीहरूमा थाइराइडको समस्या देखिन्छ । यो रोगको समस्या र उपचार विधिका विषयमा नयाँ पत्रिकाकर्मी भिषा काफ्लेसँग थाइराइड तथा मधुमेह रोगविशेषज्ञ डा. अंशुमाली जोशीले गरेको कुराकानीको सार :
के हो थाइराइड
मानिसको रुद्रघन्टीको तलतिर रहने एउटा ग्रन्थिलाई थाइराइड ग्रन्थि भनिन्छ । जुन ग्रन्थिले उत्पादन गर्ने हर्मोनलाई थाइराइड हर्मोन भनिन्छ । सो ग्रन्थिमा देखिने समस्या र उत्पादन हुने हर्मोनको सन्तुलन बिग्रियो भने थाइराइडसम्बन्धी रोग लाग्छ । थाइराइड हर्मोनको उत्पादन बढी भए पनि कम भए पनि समस्या हुन्छ ।
थाइराइड बढी या कम उत्पादन
थाइराइड हर्मोन बढी उत्पादन भई हुने समस्यालाई हाइपर थाइराइड भनिन्छ । त्यस्तै कम उत्पादन प्रक्रियालाई हाइपो थाइराइड भनिन्छ । कमी या बढी इन्फेक्सनका कारणले हुन सक्छ । यो समस्या धेरैजसो आफैँ निको हुन्छ । घाँटी दुख्ने, ज्वरो आउने समस्या हुन सक्छ । कतिपयमा लक्षण नै हुँदैन र आफैँ ठिक भएर जान्छ । त्यसैले थाइराइड हुँदैमा जुनसुकै समयमा औषधि सेवन गर्नुहुँदैन । प्राय: भाइरल इन्फेक्सनका कारणले हुने थाइराइड आफैँ निको हुन्छ । हर्मोनकै गडबडीले हुने अर्को रोग भनेको अटोइम्युन थाइराइड डिजिज हो । हाम्रो रोगप्रतिरोधी शक्तिमा गडबडी हुँदा यसको समस्या हुन्छ ।
हर्मोन कम हुँदा
थाइराइड ग्रन्थिले हर्मोन कम उत्पादन गर्दा हुने समस्यालाई हासिमोटोज थाइराइड डिजिज भनिन्छ । हर्मोन कम हुँदा देखिने लक्षण :
थकावट धेरै हुने ।
अल्छिपना हुने ।
सुस्त हुने ।
स्मरणशक्ति कम हुँदै जाने ।
कपाल झर्ने, मोटाउने ।
जिउ सुन्निने, दुख्ने ।
महिलाहरूको महिनावारीमा गडबडी हुने ।
नि:सन्तानपनको समस्या हुने ।
कब्जियत हुने ।
छाला खस्रो हुने ।
छालाका रौँ परिवर्तन हुने हुन्छ ।
ठूलो हुने, बाहिर निस्कने हुन्छ ।

हर्मोन बढी हुादा
हर्मोन बढी हुने रोगलाई ग्रेप्सडिजिज भनिन्छ ।
पसिना धेरै आउने
मुटु ढुक–ढुक हुने,
आत्तिने,
दुब्लाउँदै जाने,
महिनावारी गडबडी हुने
गलगाँड देखिने ।
यी रोग आफैँ निको हुँदैनन् । यसका लागि जिन्दगीभर नै औषधि खाइरहनुपर्छ । औषधि ट्याब्लेट र विकिरणका रूपमा पनि हुन्छन् । कुनै गलगाँड देखिएको थाइराइडको उपचारमा अप्रेसन नै गर्नुपर्ने हुन्छ । केही केसमा भने गलगाँड देखिए पनि औषधि खाँदा निको हुन्छ । कहिलेकाहीँ आँखामा पनि असर गर्दछ ।
ग्रन्थिमा गलगााड पलाउने
आयोडिन कमी या बढी हुँदा, भाइरल इन्फेक्सन हुँदा, अटोइम्युन डिजिज हुँदा वा खानपानमा मिसावटले पनि ग्रन्थिमा गलगाँड पलाउँछ । विभिन्न किसिमका रासायनिक खाद्य सेवन, वातावरणीय विषादी र वंशाणुगत कारणले पनि यो रोग लाग्न सक्छ । यसमा हामीले क्यान्सर छ–छैन भनेर सचेत हुनुपर्छ ।
लक्षण
गलगाँड देखिने ।
घाँटी दुख्ने हुन्छ ।
ठूलो हुँदै जाँदा श्वास फेर्न गाह्रो हुने
खानाखान गाह्रो हुन्छ ।
उपचार विधि
गलगाँड मात्र छ भने अप्रेसन गरेर निकाल्ने ।
निगरानीमा राख्ने, बढ्दै गयो भने शल्यक्रिया गरी फाल्ने, नत्र त्यतिकै छाडिदिने । गलगाँडलाई वर्षमा एकपटक क्यान्सर भयो कि भनेर सुइजाँच गर्नुपर्छ ।
केही गलगाँड बढ्दै गएर क्यान्सर पनि हुन सक्छ ।
थाइराइड क्यान्सर
थाइराइड क्यान्सर अन्य क्यान्सरजस्तो डरलाग्दो हुँदैन । धेरैजसो यस्तो केसमा उपचार सहज हुन्छ । उपचारपछि यो पूर्ण रूपमा निको हुने क्यान्सर हो ।
लक्षण
थाइराइड क्यान्सरमा पनि गलगाँड पलाउने हुन्छ ।
स्वर परिवर्तन हुने
गलगाँड ठूलो भएर श्वास फेर्न गाह्रो हुने
खानानलीलाई असर गरेर खाना निल्न गह्रो हुने हुन्छ ।
जाँच गरेर हेर्दा क्यान्सर देखिन सक्छ ।
उपचार गर्दा सहजै निको भएपछि पनि नियमित औषधी खानुपर्छ ।
चिकित्सकको सम्पर्कमा रहिरहनुपर्छ ।
उपचार पहिले अप्रेसन गर्ने, औषधि नियमित खाने र नियमति फलोअप गर्नुपर्छ
थाइराइडसम्बन्धी बुझ्नुपर्ने कुरा
यो जीवनशैलीसम्बन्धी रोग होइन ।
अटोइम्युन थाइराइड वंशाणुगत थाइराइड हो ।
बन्दा काउली खानुँहुदैन भन्ने हल्ला हो । तर, एकजनाले दिनमा एक किलोभन्दा बढी खाएमा मात्र असर पर्छ ।
आयोडिन कमी वा बढी सेवन गर्नुहुँदैन ।
वंशाणुगत थाइराइड समस्या पुरुषभन्दा महिलामा बढी देखिन्छ ।
यो समस्या १० जना महिलामा देखिँदा पुरुष १ जनामा देखिएको छ ।
महिलालाई बढी देखिनुको कारण हर्मोनको परिवर्तन पुरुषभन्दा बढी महिलामा हुनुले हो ।

वंशाणुगत हुन्छ नै भन्ने छैन मधुमेह

के हो मधुमेह ?
रगतमा चिनीको मात्रा बढी हुनु नै मधुमेह हो । ग्रन्थीमा हुने कोषहरुले उत्पादन गर्ने इन्सुलिन भन्ने पदार्थ प्यांक्रियाजमा कम उत्पादन भयो भने या उत्पादन भएको इन्सुलिनले काम गरेन भने चिनीको मात्रा बढ्छ । रगतमा चिनीको मात्रा अनियन्त्रित भएमा अन्धोपन गराउने, मृगौलाले काम गर्न नसक्ने, पक्षघात गराउने तथा हृदयरोगको पनि अत्यधिक सम्भावना हुन्छ । प्राय: प्रौढ उमेरमा निम्तिने मधुमेह (चिनी रोग)को समस्या अहिले युवाअवस्थामै देखिन थालेको छ । कारण हुन्, वंशाणुगतदेखि व्यस्त जीवनशैली । जीवनशैली वेलैमा व्यवस्थित गर्न सके वंशाणुगत मधुमेह पनि रोकथाम र नियन्त्रण हुन्छ । सबैले जान्नुपर्ने एउटा महत्त्वपूर्ण कुरा के हो भने, मधुमेह सबैमा वंशाणुगत हुन्छ नै भन्ने हुँदैन ।

मधुमेहका चार प्रकार

प्रकार :  प्यांक्रियाजमा इन्सुलिन उत्पादन नै नभएर मधुमेह हुन सक्छ । यस्तो मधुमेह बच्चामा बढी देखिने गर्छ । रोग नियन्त्रणका लागि सुरुदेखि नै इन्सुलिन दिनुपर्ने हुन्छ । जीवनभर नै इन्सुलिन प्रयोग गर्नुपर्छ
प्रकार :  संसारमा यो प्रकारको मधुमेह भएका व्यक्ति धेरै छन् । महामारीका रूपमा फैलिँदै गएको यस प्रकारको मधुमेह वयस्कमा व्यापक देखिएको छ । जीवनशैली नै यो मधुमेहको मुख्य कारक देखिएको छ । खानपिन, मोटोपन, स्ट्रेस, व्यायाममा कमी मुख्य कारण हुन् । यस्ता व्यक्तिमा इन्सुलिन उत्पादन हुन्छ, तर निकै कम । उत्पादन भएको इन्सुलिनले काम पनि गर्न सक्दैन । तर, यो प्रकारको मधुमेह रोकथाम गर्न सकिन्छ । नियमित व्यायाम, सन्तुलित खानपान, तनाव कम लिने र मोटोपन नियन्त्रण गर्न सक्ने हो भने मधुमेह कम हुँदै जान्छ । कतिपयमा यो समस्या वंशाणुगत देखिएको छ । अहिले देखिएकोमा जीवनशैलीका कारण ५० प्रतिशत र वंशाणुगत ५० देखिएको छ । तर, वंंशजमा मधुमेह छ भन्दैमा पुस्तान्तरण हुन्छ नै भन्ने छैन । परिवारका नजिकका सदस्यमा समस्या छ भनेचाहिँ जीवनशैली व्यवस्थित बनाएर रोकथाम गर्न सकिन्छ । यो प्रकारको मधुमेह लाग्नै नदिन पनि सकिन्छ तर, एकपटक लागिसकेपछि पूर्ण निको भने गर्न सकिँदैन । नियन्त्रणमा राख्ने मात्रै हो । नियमित औषधि सेवन गर्नैपर्छ ।
प्रकार :  यो प्रकारको मधुमेह गर्भवती अवस्थामा देखिन्छ । पछि आफैँ ठीक हुन्छ । कसै–कसैलाई भने यो नियमित पनि हुन सक्छ । केही अवधिमा ठीक भएन भने यो प्रकारको मधुमेह दोस्रो प्रकारको मधुमेहका रूपमा परिवर्तन भएर जटिलता निम्तिन सक्छ ।
प्रकार :  प्यांक्रियाजमा भएको रोगका कारण या कतिपय औषधि सेवनका कारणले यो प्रकारणको मधुमेह हुन्छ । वंशाणुगत कारणले पनि हुन सक्छ ।
लक्षण
मधुमेह भएकामध्ये ५० प्रतिशतलाई मात्रै लक्षण देखिन सक्छ । अन्य ५० प्रतिशतमा रोगको कुनै लक्षण नदेखिन सक्छ । जटिल अवस्थामा पुगेपछि मात्रै थाहा हुन सक्छ । लक्षण नदेखिँदा मधुमेहले खतरा निम्त्याउँछ । रगत जाँच गरेपछि मात्रै मधुमेह छ/छैन थाहा हुन्छ । त्यसैले जोसुकैले पनि कम्तीमा वर्षमा एकपटक सुगर जाँच गराउनुपर्ने हुन्छ । चिकित्कसकले लक्षणका आधारमा नभएर ल्याब रिपोर्टका आधारमा रोग छ/छैन बुझ्न सक्छन् । देखिने लक्षण भने यस्ता छन् :
  • मुख सुक्खा हुने ।
  • पिसाब लागिरहने ।
  • धेरै भोक लाग्ने ।
  • तौल घट्ने ।
  • घाउ हत्तपत्त निको नहुने ।
  • हातगोडा झमझमाउने, निदाउने या गल्ने ।

नियन्त्रणमा नराखे…

  • मधुमेह वेलैमा नियन्त्रण नगरे अन्धोपना गराउन सक्छ ।
  • मिर्गाैलालाई काम गर्न नसक्ने बनाउँछ ।
  • हृदयरोगको जोखिम उच्च बनाइदिन्छ ।
  • शरीरका विभिन्न अंगको प्यारालाइसिस गराउन सक्छ ।
  • पैतालामा संक्रमण हुन सक्छ ।

इन्सुलिन किन प्रयोग गर्ने ?

मधुमेह जिन्दगीभरको रोग हो । यो रोग लागेपछि औषधि सेवन गर्नुको विकल्प नै छैन । औषधि सेवन र इन्सुलिन लिने दुई उपचार पद्धति छन् । तर, ५० प्रतिशत रोगीको रोग पत्ता लाग्दासम्म प्राय: इन्सुलिन उत्पादन गर्ने कोषहरूमा मधुमेह भइसकेको हुन्छ । यतिवेला कोषको संख्या ५० प्रतिशतले घटिसकेको हुन्छ । क्रमश: घट्दै गएर शून्यमै पुग्छन् । यतिवेला नचाहेर पनि इन्सुलिन लगाउनै पर्ने हुन्छ, तर लगाउनुको कुनै अर्थ नहुन सक्छ । कोष नष्ट भइसक्दाको अवस्थामा आँखा, मुटु या किड्नीलाई छोइसकेको हुन्छ । सुगर धेरै तल–माथि भइसकेको हुन्छ ।
इन्सुलिनको मात्रा बाँकी हुँदा नै यसको प्रयोग गर्न सक्यो भने बाँकी रहेका इन्सुलिन उत्पादन गर्ने कोष बचाउन सकिन्छ । दिनमा एक डोज दिए पुग्छ । मधुमेह नियन्त्रण गर्न सकियो भने खासै डराउनुपर्दैन । विश्वमा ८ वर्षको उमेरदेखि इन्सुलिन प्रयोग गरिरहेकाहरू अहिले ८८ वर्षको जीवन बाँचिरहेका छन् ।

जान्नैपर्ने कुरा

  • मधुमेह लाग्नै नदिन सकिन्छ ।
  • लागिसके पनि नियन्त्रणमा राख्न सकिन्छ ।
  • नियन्त्रणमा राख्न सके दीर्घकालमा ठूलो संकट व्यहोर्नुपर्दैन ।
  • वर्षमा एकपटक रगत परीक्षण गर्नैपर्छ ।
  • लक्षणका आधारमा आफूखुसी औषधि खानुहुँदैन ।
  • मधुमेहको शंका लागेमा चिकित्सकको परामर्श लिनुपर्छ ।
  • मधुमेह लागिसकेपछि चिकित्सकको सल्लाहमा जाँच गराइरहनुपर्छ ।

रोगीले खान नहुने

  • बढी गुलिया खानेकुरा ।
  • धेरै नुनिला खानेकुरा ।
  • मोटोपना बढाउने खानेकुरा ।
  • बढी चिल्लो पदार्थ भएका खाना ।
  • केरा, आँप, अंगुरजस्ता गुलिया फलफूल ।

रोगीले खान हुने

  • हरियो सलाद, काँक्रो, गोलभेँडा ।
  • भिजाएका गेडागुडी ।
  • नतारेका हरिया सागसब्जी ।
  • मुला, गाजर ।
- See more at: http://www.enayapatrika.com/2016/03/59304#sthash.8Wmr1Hmu.dpuf

Popular Posts