Welcome to EndocrinologyNepal

Endocrinology is a branch of internal medicine which deals with disorders related to hormonal imbalance. It includes not only diabetes and thyroid disorders but also deals with various diseases like hypogonadism, erectile dysfunction, infertility, hirsutism, gynecomastia, PCOS, pubertal disorders, obesity, short stature, tall stature, pituitary disorders, Cushing's syndrome, Pheochromocytoma, parathyroid disorders and metabolic bone diseases.

Endocrinology भनेको हर्मोन को गडबडीबाट हुने रोग सम्बन्धि क्षेत्र हो I हर्मोनको गडबडीका कारण निम्न समस्याहरु हुन सक्छन :
१. मधुमेह (Diabetes)
२. सुगर कम हुने रोग (Hypoglycemia)
३. थाईराइद रोग (Thyroid disorders)
४. महिनाबारीमा गडबड र निसन्तान (Infertility)
५. महिलाहरुको शरीरमा धेरै रौँ उम्रने (Hirsutism)
६. स्तनबाट दुध चुहिने (Galactorrhea)
७. पुरुषहरुमा स्तन बढ्ने (Gynaecomastia)
८. शरीरको उच्चाई नबढी पुड्को हुने (Short stature) वा धेरै अग्लो हुने (Tall Stature)
९. लिङ्ग वा अन्दकोश सानो हुने (Hypogonadism)
१०. यौन इच्छामा कमि आउने वा सम्भोग गर्न गार्हो हुने (Erectile Dysfunction)
११. यौबन अवस्था चांडो देखिने (Precocious puberty) वा ढिलो गरि देखिने (Delayed puberty)
१२. हड्डी बारम्बार टुट्ने , हड्डी बंगिने (Rickets), हड्डी सुन्निन्ने वा हड्डी खिइने (Osteoporosis)
१३. शरीरको मोटोपना बढ्ने(Obesity)
१४. बारम्बार मिर्गौलाको पत्थरी हुने(Kidney stones)
१५. सानो उमेरमा नै रक्तचाप बढ्ने वा रक्तचाप अचानक बढेर टाउको दुख्ने , बान्ता हुने र पसिना आउने
१६. लिङ्ग निर्धारण गर्न गार्हो हुने (Disorders of sexual development)

About Dr Ansu Mali Joshi

My photo
Kathmandu, Nepal
I am an endocrinologist, practising at Kathmandu, Nepal. I did my DM Endocrinology from the prestigious All India Institute of Medical sciences, New Delhi in 2011. DM Endocrinology is a 3 year superspecialized degree which is done after doing 3 years of MD Internal Medicine. Currently I work at KATHMANDU DIABETES & THYROID CENTER PVT LTD (01-5521969).

Wednesday, March 28, 2012

इन्सुलिनसंग किन यति साह्रो डर ?

You need to install nepali font to view this
http://nepali.changathi.com/Fonts.aspx


सुगर किन हुन्छ ?

पेट मा एउटा अंग Pancreas भन्ने हुन्छ I  यो अंगले इन्सुलिन भन्ने हर्मोन दिन्छ I  इन्सुलिनले रगतमा भएको सुगर कम गर्छ I  इन्सुलिनको  कमि भएमा सुगर हुन्छ I इन्सुलिनले राम्ररी काम गर्न नसकेको अवस्थामा पनि सुगर हुन्छ I

सुगर घटाउने औसधिले कसरी काम गर्छ ?

खाने औसधिले Pancreas बाट इन्सुलिन निकाल्ने काम गर्छ I जसले गर्दा सुगर कम हुन्छ I  लामो समय सम्म यी औसधि लिएमा बिस्तारै Pancreas  ले  इन्सुलिन निकाल्ने क्षमता घट्दै जान्छ  र एक दिन यस्तो अवस्था आउछ  जुन दिन Pancreas ले कुनै  पनि इन्सुलिन निकाल्न सक्दैन  अनि सुगर कन्ट्रोल गर्न को लागि बाहिरबाट इन्सुलिन दिनु पर्दछ I

शुरुकै अवस्थामा इन्सुलिन लिन का फाइदा के हुन्छ ?

शुरुकै अवस्थामा इन्सुलिन लिएमा Pancreas ले इन्सुलिन निकाल्ने क्षमता रहीरहन्छ अर्थात् Pancreas लाई आराम मिल्छ I  Studies ले के देखाएको छ भने सुरु कै अवस्थामा केहि समय इन्सुलिन लिएर बन्द गरेपछि लामो समय सम्म बिना कुनै औसधि सुगर कन्ट्रोल मा रहन्छ I
त्येस कारण सुगर को लागि इन्सुलिन सबै भन्दा राम्रो औसधि हो I

इन्सुलिन संग के को डर ?

समाजमा इन्सुलिन संग डर यथावत नै छ I  यसका कारण हरु  हुन्
१. इन्जेक्शन को डर
२. सुगर कम भएर बेहोस हुने डर
३. एक चोटी इन्सुलिन सुरु भएपछि सधै लगाउने पर्ने डर
4. महँगो होला कि भन्ने डर
५. बाहिर जाँदा इन्सुलिन लगाउन मिल्दैन भन्ने डर
६. इन्सुलिन लगाउँदा  छाला मा समस्या आउला भन्ने डर

माथिका डर हरु सबै भ्रम  मात्र हुन्

१. आजकल इन्सुलिनका सुई यति मसिना भैसके कि सुई लगाएको पत्तै हुँदैन I औसधि खानु भन्दा पनि सजिलो  भैसक्यो सुई लगाउन

२. खाने औसधिले पनि सुगर कम गराएर बेहोस हुन सक्छ I सावधानी अपनाएमा यस्तो कहिल्यै पनि हुँदैन I  सुगर कम हुने लक्षणहरु  जस्तै एकै चोटी पसिना आउने, मुटुको धड्कन तेज हुने, हात काम्ने भएमा १ गिलास पानीमा ३ चम्चा  ग्लुकोज  पाउडर घोलेर खाएमा बेहोस हुने अवस्था कहिल्यै आउँदैन  I  त्येसैले सुगरका बिमारीले साथमा ग्लुकोज  पाउडर अथवा केहि मिठा कुराहरु जस्तै टफी  साथमै राख्नु जरूरी हुन्छ I

३. एक चोटी इन्सुलिन लगाएपछि  संधै  लगाउनु  पर्छ भन्ने जरूरी छैन I  सुगर कन्ट्रोल भएपछि इन्सुलिन को डोज  घटाउन्दै   ट्याबलेटमा चेन्ज  गर्न सकिन्छ I तर  केहि अवस्थामा संधै  इन्सुलिन लगाउनु  पर्छ  जस्तै किड्नीको समस्या देखिएमा वा ३ वटा  भन्दा बढी खाने औसधि बाट सुगर कन्ट्रोल नभएमा

४. महँगो खाले  इन्सुलिन पनि छन् I  तर  खाने औसधि भन्दा सस्ता  इन्सुलिन पनि छन् I महंगा इन्सुलिन र सस्ता  इन्सुलिनको काम एकै  हो I  फरक  के मात्र हो भने महँगो इन्सुलिन खाना  खानु भन्दा ५ मिनेट अगाडी  लाउनु  पर्छ  भने सस्ता  इन्सुलिन ३०  मिनेट  अगाडी  लगाउनु  पर्छ  I 

५. बाहिर जाँदा इन्सुलिन लिएरै  जान  सकिन्छ  I  भाइल वाला  इन्सुलिनको लागि ice pack चाहिन्छ  तर  pen वाला  इन्सुलिन तेत्तिकै  लगेर  जान  मिल्छ I  खाली   घामबाट जोगाउनु  पर्छ  I 

६. इन्सुलिन लगाउने तरिका  जानेर  लगाउँदा  छालामा केहि समस्या  आउँदैन I 

1 comment:

Popular Posts