Welcome to EndocrinologyNepal

Endocrinology is a branch of internal medicine which deals with disorders related to hormonal imbalance. It includes not only diabetes and thyroid disorders but also deals with various diseases like hypogonadism, erectile dysfunction, infertility, hirsutism, gynecomastia, PCOS, pubertal disorders, obesity, short stature, tall stature, pituitary disorders, Cushing's syndrome, Pheochromocytoma, parathyroid disorders and metabolic bone diseases.

Endocrinology भनेको हर्मोन को गडबडीबाट हुने रोग सम्बन्धि क्षेत्र हो I हर्मोनको गडबडीका कारण निम्न समस्याहरु हुन सक्छन :
१. मधुमेह (Diabetes)
२. सुगर कम हुने रोग (Hypoglycemia)
३. थाईराइद रोग (Thyroid disorders)
४. महिनाबारीमा गडबड र निसन्तान (Infertility)
५. महिलाहरुको शरीरमा धेरै रौँ उम्रने (Hirsutism)
६. स्तनबाट दुध चुहिने (Galactorrhea)
७. पुरुषहरुमा स्तन बढ्ने (Gynaecomastia)
८. शरीरको उच्चाई नबढी पुड्को हुने (Short stature) वा धेरै अग्लो हुने (Tall Stature)
९. लिङ्ग वा अन्दकोश सानो हुने (Hypogonadism)
१०. यौन इच्छामा कमि आउने वा सम्भोग गर्न गार्हो हुने (Erectile Dysfunction)
११. यौबन अवस्था चांडो देखिने (Precocious puberty) वा ढिलो गरि देखिने (Delayed puberty)
१२. हड्डी बारम्बार टुट्ने , हड्डी बंगिने (Rickets), हड्डी सुन्निन्ने वा हड्डी खिइने (Osteoporosis)
१३. शरीरको मोटोपना बढ्ने(Obesity)
१४. बारम्बार मिर्गौलाको पत्थरी हुने(Kidney stones)
१५. सानो उमेरमा नै रक्तचाप बढ्ने वा रक्तचाप अचानक बढेर टाउको दुख्ने , बान्ता हुने र पसिना आउने
१६. लिङ्ग निर्धारण गर्न गार्हो हुने (Disorders of sexual development)

About Dr Ansu Mali Joshi

My photo
Kathmandu, Nepal
I am an endocrinologist, practising at Kathmandu, Nepal. I did my DM Endocrinology from the prestigious All India Institute of Medical sciences, New Delhi in 2011. DM Endocrinology is a 3 year superspecialized degree which is done after doing 3 years of MD Internal Medicine. Currently I work at KATHMANDU DIABETES & THYROID CENTER PVT LTD (01-5521969).

Friday, March 16, 2012

मिर्गौलाको पत्थरी हर्मोन को गडबडी का कारण हुन सक्छ



http://www.nepalforum.com/nepali/preetifont.htm


मिगौलाको पत्थरी भएमा तपाईंको के के टेस्ट गर्न जरूरी छ ?

रगत  मा calcium र phosphorus को जांच गर्न जरूरी छ I  साथै एक किसिम को हर्मोन को टेस्ट Parathyroid hormone (PTH ) टेस्ट गर्नु पर्छ I
२४ घण्टा को पिसाब मा Calcium र Phosphorus  पनि टेस्ट गर्न जरूरी छ I

पत्थरी मा Calcium र Phosphorus टेस्ट गर्न किन जरूरी हुन्छ ?

एक किसिम को Parathyroid ग्रन्थी को रोग (जसलाई हामी Primary Hyper-parathyroidism भन्छौं) मा बारम्बार मिर्गौला मा पत्थरी हुने गर्छ I यो रोग मा Calcium बढ्छ र Phosphorus कम हुन्छ I

कहाँ हुन्छ  Parathyroid ग्रन्थी ?


Parathyroid ग्रन्थी ४ वटा हुन्छन I यी ग्रन्थी हरु thyroid ग्रन्थी को पछाडी हुन्छन I

के हो Primary Hyper-parathyroidism भनेको ?

यदि Parathyroid ग्रन्थी ले चाहिने भन्दा बढी PTH  हर्मोन पैदा गर्न थालेमा त्येस्लाई Primary Hyper-parathyroidism भनिन्छ I यस्तो अवस्था Parathyroid ग्रन्थी बढेर tumor भएमा हुन सक्छ I

Primary Hyper-parathyroidism का अरु लक्षण के के हुन् ?

पिसाब धेरै लाग्ने
पानी धेरै प्यास लाग्ने
वाक वाक वा उल्टी हुने
पेट दुख्ने
हड्डी दुख्ने
हड्डी सुन्निने
बिना ठुलो चोटपटक हड्डी भाचिने
काम गर्ने जाँगर नलाग्ने
BP बढ्ने

Parathyroid ग्रन्थी को tumor पत्ता लगाउन अरु के गर्नु पर्छ ?

घांटी को अल्ट्रासाउन्द (USG  Neck)  गर्नु पर्छ I  साथै एक किसिम को nuclear medicine को टेस्ट "Sestamibi Scan " गर्नु पर्छ I "Sestamibi Scan " डा सागर महर्जन ले MRI सेन्टर, नक्साल मा गर्नु हुन्छ I

के यो रोग को उपचार नेपाल मै हुन्छ ?

हुन्छ I Parathyroid ग्रन्थी को tumor  लाई अपरेसन बाट निकाल्नु पर्छ I जुन कुरा नेपाल मै हुन थालेको छ I





No comments:

Post a Comment

Popular Posts