You need to install nepali font to view this
http://nepali.changathi.com/Fonts.aspx
http://nepali.changathi.com/Fonts.aspx
समाजमा सुगरका बिमारीहरु माझ एउटा अनौठो धारणा पाए I सकेसम्म किन औसधि खाने, चाहे सुगर जतिसुकै किन नहोस I
नेपालीहरुले खानपिनमा कन्ट्रोल गर्ने भनेको त्येस्तै हो I भात टन्न खानु परि हाल्यो I खाजामा मोमो वा चाउमिन भएन भने के नपुग्या जस्तो हुन्छ I अझ चिउरा र मासु (खसीको मासु ) भए त झन् बेस I दिनमा दुइ छाक टन्न खायो अनि दिनभरी केहि नखाए भयो I अझ भातमा घिउ थपेर खान पाए कति मजा आउंथ्यो I
नेपालीहरुको खाना मा carbohydrate बढी हुन्छ जस्तै भात I Diabetes का बिमारीहरुले ५० -६०% भन्दा बढी carbohydrate खानु हुँदैन I भात खान नहुने होइन तर मात्रा मिलाएर खानु पर्छ I
नेपालीहरु धेरै माछामासु र अन्डा खाने हुनाले प्रोटिन त पुग्छ I तर माछामासु न खानेहरुले गेडागुडी , दाल , पनीर आदि बाट प्रोटिनको मात्रा पुर्याउनु पर्छ I
अब आयो fat को कुरा I त्येस्मा त नेपालीहरु अगाडी नै छन् I घिउ पुरै बन्द गर्नुपर्छ I तेल मा sunflower, तोरी वा olive तेल प्रयोग गर्नु पर्छ I तेललाई घरि घरि तताउनु हानिकारक हुन्छ I तेल र बोसो बढी भएको खानेकुरा खानु भएन I अन्डाको पहेलो भाग नखाने I Studies हरुमा नेपालीहरुको एक किसिमको बोसो Triglyceride बढी देखिएको छ I यदि Triglyceride ५०० mg/dl भन्दा बढेको छैन भने यसलाई औसधि भन्दा पनि जीबन शैली परिबर्तन गरेर घटाउनु पर्छ I दिनमा एउटा फल खाने र सागसब्जी बढी खाने र सलादहरु खानु पर्छ I वजन धेरै छ भने exercise र खानपिनबाट वजन कम गर्नु पर्छ I
धेरै नेपालीहरुले खानपिनमा त्यति ध्यान दिदैनन I कोहि कोहि चाही खाना नै नखाईकन सुगर कन्ट्रोल गर्न खोज्छन जुन झन् हानिकारक हुन्छ I
सुगर भएका बिमारीहरुले खाली पेट को सुगर (FBS) १३० भन्दा कम र खाना को २ घण्टा पछिको सुगर (PPBS) १८० भन्दा कम राख्नु पर्छ I यदि यसो गर्न सकिएन भने बिस्तारै आँखाको पर्दा (Retina) मा असर गर्न सुरु गर्छ जसको बिमारीलाई थाहै हुँदैन र एकैचोटी अन्धो भएपछि मात्र उसलाई थाहा हुन्छ I त्येस्तै शरीरका धमनीहरुमा (Blood vessels) बोसो जम्मा हुँदै जान्छ र एक दिन अचानक heart attack वा Paralysis वा किड्नी फेल भएपछि मात्र बिमारीले पत्तो पाउछ I यो सबै हुन नदिन सुगरलाई राम्रो कन्ट्रोलमा राख्नु पर्दछ I त्येस्कारण सुगरका बिमारीले खानपिन र exercise बाट माथि भने बमोजिमका FBS र PPBS राख्न नसकेमा औसधि सेवन जरूरी छ I सुगरका औसधिको side effect धेरै हुन्छ भनेर औसधि नखाँदा झन् धेरै खतरा हुन्छ I