Welcome to EndocrinologyNepal

Endocrinology is a branch of internal medicine which deals with disorders related to hormonal imbalance. It includes not only diabetes and thyroid disorders but also deals with various diseases like hypogonadism, erectile dysfunction, infertility, hirsutism, gynecomastia, PCOS, pubertal disorders, obesity, short stature, tall stature, pituitary disorders, Cushing's syndrome, Pheochromocytoma, parathyroid disorders and metabolic bone diseases.

Endocrinology भनेको हर्मोन को गडबडीबाट हुने रोग सम्बन्धि क्षेत्र हो I हर्मोनको गडबडीका कारण निम्न समस्याहरु हुन सक्छन :
१. मधुमेह (Diabetes)
२. सुगर कम हुने रोग (Hypoglycemia)
३. थाईराइद रोग (Thyroid disorders)
४. महिनाबारीमा गडबड र निसन्तान (Infertility)
५. महिलाहरुको शरीरमा धेरै रौँ उम्रने (Hirsutism)
६. स्तनबाट दुध चुहिने (Galactorrhea)
७. पुरुषहरुमा स्तन बढ्ने (Gynaecomastia)
८. शरीरको उच्चाई नबढी पुड्को हुने (Short stature) वा धेरै अग्लो हुने (Tall Stature)
९. लिङ्ग वा अन्दकोश सानो हुने (Hypogonadism)
१०. यौन इच्छामा कमि आउने वा सम्भोग गर्न गार्हो हुने (Erectile Dysfunction)
११. यौबन अवस्था चांडो देखिने (Precocious puberty) वा ढिलो गरि देखिने (Delayed puberty)
१२. हड्डी बारम्बार टुट्ने , हड्डी बंगिने (Rickets), हड्डी सुन्निन्ने वा हड्डी खिइने (Osteoporosis)
१३. शरीरको मोटोपना बढ्ने(Obesity)
१४. बारम्बार मिर्गौलाको पत्थरी हुने(Kidney stones)
१५. सानो उमेरमा नै रक्तचाप बढ्ने वा रक्तचाप अचानक बढेर टाउको दुख्ने , बान्ता हुने र पसिना आउने
१६. लिङ्ग निर्धारण गर्न गार्हो हुने (Disorders of sexual development)

About Dr Ansu Mali Joshi

My photo
Kathmandu, Nepal
I am an endocrinologist, practising at Kathmandu, Nepal. I did my DM Endocrinology from the prestigious All India Institute of Medical sciences, New Delhi in 2011. DM Endocrinology is a 3 year superspecialized degree which is done after doing 3 years of MD Internal Medicine. Currently I work at KATHMANDU DIABETES & THYROID CENTER PVT LTD (01-5521969).

Saturday, December 10, 2016

मधुमेहको पहिचान गरौं

मधुमेह विशाल र बढ्दो भारको रूपमा विकास भैरहेको छ । अहिले संसारभरिका करिब ४२ करोड मानिसहरू मधुमेह रोगबाट पीडित छन् । सन् २०४० सम्म ६४ करोड मधुमेहीको संख्या पुग्ने अनुमान गरिन्छ । हाल विश्वमा रहेका ११ जना मानिसहरूमध्ये १ जना मानिस मधुमेहबाट पीडित छन् । ५० प्रतिशतभन्दा पनि बढी मधुमेहीको संख्या अहिले पश्चिमी प्रशान्त महासागरीय क्षेत्र र दक्षिण—पूर्वी एसियामा छ । करिब ८० प्रतिशत मधुमेहका रोगीहरू विकासोन्मुख गरिब देशहरूमा छन् । बढ्दो मोटोपनको कारणले गर्दा बच्चाहरूमा पनि मधुमेह देखिँदैछ । तथ्यांक अनुसार नेपालमा कुल जनसंख्याको करिब ८.४ प्रतिशत जनसंख्या मधुमेही छन् । 

अहिले संसारमा ५० लाख मानिसहरूको मधुमेहको कारण वर्षेनि मृत्यु भैराखेको छ । हरेक ६ सेकेन्डमा १ जनाको मृत्यु हुने गर्छ । मधुमेहमा यति धेरै चासो हुनुका कारण अहिले संसारभर महामारीको रूपमा फैलिँदै गएको हुनाले उपयोगी जनशक्तिमा कमी आउने हुनाले, बेलैमा ध्यान नदिँदा उपचार महँगो पर्नजाने हुनाले र मृत्युदर बढी हुनाले हो । कुनै पनि देश, वर्ग, जाति, धनी—गरिब, पुरुष वा महिला, बालक, वृद्धसमेत यस रोगबाट अछुतो छैनन् । 
अहिले पनि मधुमेहीहरूमध्ये ५० प्रतिशतमा आफूलाई मधुमेह लागेको जानकारी छैन । लक्षण सबैलाई नहुने हुनाले धेरै मानिसलाई लामो समयसम्म मधुमेह भैराखेको हुनसक्छ र जब यो पत्ता लाग्छ, त्यो बेलासम्म यसको दीर्घकालीन असरहरू देखा परिसकेको हुनसक्छ । प्रत्येक व्यक्तिले स्वस्थ जीवनशैली अपनाएमा ७० प्रतिशत मधुमेह रोकथाम गर्न सकिन्छ र सन् २०४० सम्म मधुमेही रोगीको संख्यामा १६ करोडले कमी ल्याउन सकिन्छ । यो वर्ष २०१६ को विश्व मधुमेह दिवसको मुद्दा ‘मधुमेहमा नजर राख्ने’ राखिएको छ । यो वर्षको मुख्य सन्देश भनेको मधुमेहको लागि एकपटक भए पनि टेष्ट गरेर यसको दीर्घकालीन जटिलताबाट बचौं भन्ने छ । अहिले पनि संसारमा करिब ३० करोड मानिसलाई मधुमेह भएर पनि थाहा नभएको हुनाले उनीहरूलाई परीक्षण गर्नुपर्ने धेरै आवश्यकता देखिन्छ । 
विश्वमा अहिले वर्षेनि ६.७३ खर्ब अमेरिकी डलर मधुमेह र यसको जटिलताहरूको उपचारमा खर्च भैराखेको छ । जति मधुमेहको जटिलता बढ्छ, उति उपचार खर्च महँगो पर्न जान्छ । अहिले संसारमा हरेक हप्ता मधुमेहका कारण १४० जनाको खुट्टा काट्नुपर्ने अवस्था छ भने १४०० जनालाई मुटुले राम्रो काम नगरेको अवस्था र ५४० जनालाई पक्षाघात भैरहेको अवस्था छ । त्यस्तै मधुमेह नियन्त्रणमा नराखे अन्धोपनको सम्भावना २५ गुणा बढी र मिर्गौला बिग्रिने सम्भावना ५ गुणा गढी हुन्छ । त्यसैकारण यी सबै जटिलताहरूबाट बच्न र उपचार खर्च कटौती गर्नका लागि समयमै मधुमेह पत्ता लागेर मधुमेह नियन्त्रणमा राख्नु जरुरी छ । अन्तर्राष्ट्रिय मधुमेह संघको यस वर्षको विश्व मधुमेह दिवसको अभियान नोभेम्बर महिनाभरि १० लाख मानिसहरूमा मधुमेहको रगत जाँच गरी मधुमेह समयमै पत्ता लगाउनु रहेको छ । 
मधुमेह अहिले महामारीको रूपमा देखिनुका विभिन्न कारणहरू छन् । बढ्दो सहरीकरण, बसाइँ—सराइ, खानपिनमा लापरबाही, गुलियो, चिल्लो र फास्टफुडको बढी सेवन, सुविधासम्पन्न र निस्क्रिय जीवनशैली, नियमित व्यायामको कमी तथा तनाव प्रमुख कारण हुन् । साथै अध्ययनहरूले मिसावट र केमिकलको बढ्दो प्रयोगले पनि मधुमेह बढिरहेको देखिएको छ । मधुमेह रोगथाम गर्न सकिने रोग भएकाले नेपालमा यस रोगसँग सम्बन्धित जनचेतना फैलाउनुपर्ने देखिन्छ । विकट र दुर्गम ठाउँहरूमा मधुमेह सम्बन्धी साधारण रगत जाँच पनि हुन गाह्रो छ । यसले गर्दा मधुमेह समयमै पत्ता नलागी अकालमा ज्यान गुमाउनेहरूको संख्या धेरै छ । त्यसकारण मधुमेह सम्बन्धी चेतना चारैतिर फैलाएर यो रोगबाट हुनसक्ने नराम्रा परिणामहरूबाट बच्न सकिन्छ । 


http://kantipur.ekantipur.com/news/2016-11-14/20161114080325.html

इन्सुिलन भ्रम र यथार्थ

१. पेटमा रहेको प्यान्क्रियाजले इन्सुलिन हर्मोन प्रदान गर्छ । इन्सुलिनले रगतमा भएको सुगरलाई कम गर्छ । त्यसैले इन्सुलिनको कमी भएमा वा इन्सुलिनले राम्ररी काम गर्न नसकेको अवस्थामा सुगर हुन्छ । 

२. मानिसलाई सुगर भएमा घटाउने औषधि सेवन गर्नुपर्छ । खाने औषधिले प्यान्क्रियाजबाट इन्सुलिन उत्पादन गर्छ, जसले गर्दा सुगर कम हुन्छ । लामो समयसम्म यी औषधि लिएमा बिस्तारै प्यान्क्रियाजको इन्सुलिन निकाल्ने क्षमता घट्दै जान्छ । निश्चित समयपछि यसले कुनै पनि इन्सुलिन निकाल्न सक्दैन । त्यसपछि सुगर कन्ट्रोल गर्न बाहिरबाटै इन्सुलिन दिनुपर्ने हुन्छ । 

३. सुरुकै अवस्थामा इन्सुलिन लिँदा शरीरलाई फाइदा गर्छ । यदि सुरुकै अवस्थामा इन्सुलिन लिएमा प्यान्क्रियाजको इन्सुलिन उत्पादन गर्ने क्षमता रहिरहन्छ । अर्थात्, यसलाई आराम मिल्छ । विभिन्न अध्ययनले देखाएको अध्ययनअनुसार सुरुकै अवस्थामा केही समय इन्सुलिन लिएर बन्द गरेमा लामो समयसम्म विनाकुनै औषधि सुगर कन्ट्रोल हुन्छ । त्यसकारण सुगरमा इन्सुलिन सबैभन्दा राम्रो औषधि हो । 

इन्सुलिन लगाउन  किन डर ? 

इन्जेक्सनको डर । सुगर कम भएर बेहोस हुने डर । एकचोटि इन्सुलिन सुरु भएपछि सधैँ लगाउनुपर्ने डर । महँगो होला कि भन्ने डर । बाहिर जाँदा इन्सुलिन लगाउन मिल्दैन भन्ने डर । इन्सुलिन लगाउँदा छालामा समस्या आउला भन्ने डर । 

के हो सत्य ? 
१.अहिले इन्सुलिनका सुई यति मसिना भइसके कि सुई लगाएको पत्तै हुँदैन । औषधि खानुभन्दा पनि सजिलो भइसकेको छ । 
२. खाने औषधिले पनि सुगर कम गराएर बेहोस हुनसक्छ । सावधानी अपनाएमा यस्तो कहिल्यै पनि हुँदैन । सुगर कम हुँदा एकैचोटि पसिना आउने, मुटुको धड्कन तेज हुने, हात काम्ने हुन्छ । यस्तो भएमा एक गिलास पानीमा तीन चम्चा ग्लुकोज पाउडर घोलेर खाएमा बेहोस हुने अवस्था कहिल्यै आउँदैन । त्यसैले सुगरका बिमारीले साथमा ग्लुकोज पाउडर अथवा टफीजस्ता केही मिठा कुरा साथमै राख्न जरुरी हुन्छ । 
३. एकचोटि इन्सुलिन लगाएपछि सधैँ लगाउनुपर्छ भन्ने जरुरी छैन । सुगर कन्ट्रोल भएपछि इन्सुलिनको डोज घटाउँदै ट्याब्लेटमा चेन्ज गर्न सकिन्छ । तर, केही अवस्थामा सधैँ इन्सुलिन लगाउनुपर्छ । किड्नीको समस्या देखिएमा वा तीनवटा भन्दा बढी खाने औषधिबाट सुगर कन्ट्रोल नभएमा नियमित इन्सुलिन लगाउनुपर्छ । 
४.इन्सुलिनको प्रकृतिअनुसार सस्तो तथा महँगो हुन्छ । महँगा इन्सुलिन र सस्ता इन्सुलिनको काम एकै हो । फरक के मात्र हो भने महँगो इन्सुलिन खाना खानुभन्दा ५ मिनेटअगाडि लाउनुपर्छ । तर, सस्तो इन्सुलिन ३० मिनेटअगाडि लगाउनुपर्छ । 
५.बाहिर जाँदा इन्सुलिन लिएरै जान सकिन्छ । भाइलवाला इन्सुलिनका लागि अइस प्याक चाहिन्छ, तर पेनवाला इन्सुलिन त्यतिकै लिएर जान मिल्छ । तर, घामबाट जोगाउनुपर्छ । 
६. इन्सुलिन तरिका जानेर लगाउँदा छालामा केही समस्या आउँदैन ।

 - See more at: http://www.enayapatrika.com/2016/08/81415#sthash.x2LpbZqA.dpuf

गर्भवतीलाई मधुमेह बच्चालाई बढी खतरा

गर्भवती महिलामध्ये पाँचदेखि दश प्रतिशतमा मधुमेहको समस्या देखिने गर्छ । गर्भावस्थामा मधुमेह देखिनुलाई जेस्तेसनल मधुमेह भनिन्छ । यस्तो मधुमेहले आमा र पेटमा भएको बच्चा दुवैको स्वास्थ्यमा नराम्रो असर गर्छ । अधिकांश महिलामा यो मधुमेह सुत्केरी भइसकेपछि हराउने गरे पनि गर्भावस्थाको वेला भने निकै नोक्सान गरिरहेको हुन्छ । पेटमा रहँदा मात्रै होइन, जन्मिसकेपछि पनि शिशु खतरामा हुन्छन् :
गर्भवती हुनुभन्दा अगाडि नै महिलामा मधुमेह भएमा या गर्भवती भइसकेको अवस्थामा मधुमेह राम्रोसँग नियन्त्रणमा ल्याइएन भने समस्या निम्तिन सक्छ । गर्भावस्थाका सुरुकै दिनहरूमा मधुमेह नियन्त्रित नभएमा शिशुको शारीरिक बनावटमा असर हुन्छ । मधुमेहकै कारण विकलांग बच्चा जन्मिने खतरा हुन्छ । बच्चाको मुटु, दिमाग र ढाडमा सीधै असर गर्नसक्छ ।
गर्भवती महिलामा मधुमेह लाग्दा गर्भपात हुने सम्भावना अत्यधिक हुन्छ । गर्भावस्थाका पछिल्ला महिनाहरूमा शिशुलाई पोषण अत्यधिक बढी भएर शारीरिक तौल बढ्न पुग्छ । बच्चा सामान्यभन्दा बढी तौलको हुँदा प्रसवकालमा चोटपटक लाग्ने, सामान्य तरिकाले जन्मिन नसकेर अप्रेसन गर्नुपर्ने तथा शिशुको मृत्यु नै हुनसक्ने जोखिम रहन्छ ।
मधुमेहरोग लागेका महिलाको पेटमा भएको बच्चा जन्मिएपछि पनि मृत्यु हुनसक्ने खतरा रहन्छ । उमेर नपुग्दै बच्चा जन्मिने सम्भावना बढी हुने भएकाले मृत्युको खतरा उच्च हुन्छ । जन्मिनेबित्तिकै नवजात शिशुमा चिनीको मात्रा धेरै घटेर कम्पन हुने वा बेहोस हुने हुन्छ ।
मधुमेह रोगी आमाको बच्चामा रहेको बच्चा जन्मिनेबित्तिकै श्वासप्रश्वासमा पनि समस्या देखिन सक्छ । यस्ता शिशुलाई कृत्रिम श्वास दिनुपर्ने हुनसक्छ । यस्तो समस्या धेरैजसो समय नपुग्दै जन्मिने बच्चामा देखिन्छ ।
यो पनि
३० वर्षभन्दा बढी उमेरका गर्भवती महिलालाई मधुमेहको खतरा बढी हुन्छ । परिवारमा अन्य सदस्यलाई मधुमेह छ भने या मोटोपन बढी छ भने पनि मधुमेहको सम्भावना उच्च रहन्छ ।
अघिल्लापटक गर्भवती हुँदा मधुमेह देखिएको थियो भने या चार केजीभन्दा ठूलो बच्चा जन्मेको भए अर्कोपटक पनि समस्या निम्तिने दर उच्च रहन्छ । महिनावारी गडबडीका कारण पनि मधुमेह निम्तिने गर्छ ।
- See more at: http://www.enayapatrika.com/2016/07/78323#sthash.TY77uyxT.JaXAgDr9.dpuf

के हो मधुमेह रोग ? कसरी जोगिने ?

रगतमा चिनीको मात्रा आवश्यकता भन्दा बढी हुने अवस्थालाई चाहि मधुमेह अर्थात चिनीरोग भएको भन्दछौँ । हाम्रो शरीरमा इन्सुलिन भन्ने हर्मोन हुन्छ । यो हर्मोन पेटमा अर्थात पेङक्रियाजले उत्पादन गर्छ ।
यसको उत्पादन कम भयो भने या हर्मोनले राम्रोसंग काम गर्ने अवस्था भएन भने रगतमा चिनीको मात्रा बढ्छ । रगतमा चिनीको मात्रा बढेपछि यसलाई हामी मधुमेह रोग लागेको भन्दछौँ । यसको समयमा सहि उपचार हुन सकेन भने बिभिन्न जटिलताहरु ल्याउँछ । विश्वमा ८.६ प्रतिशत मानिसलाई मधुमेह रोग लागेको अनुमान छ । नेपालमा पनि मधुमेहबाट प्रभावितहरुको प्रतिशत त्यहि हाराहारीमा रहेको अनुमान छ ।
हामीले गतवर्ष केही ठाँउमा गरेको स्क्रिनिङको तथ्यांक केलाउँदा परीक्षण गरिएका मध्ये ८.४ प्रतिशतमा मधुमेहरोग देखिएको थियो । गतवर्ष हामीले चितवन, भक्तपुर, काठमाडौँ र ललिपतुरमा स्क्रिनिङ क्याम्प राखेका थियौँ ।
मधुमेह रोग लागेको थाह पाउने मापदण्ड के ?
सामान्यतया स्वस्थ मान्छेमा खाली पेटमा रगतको जाँच गर्दा सुगर लेभल १०० भन्दा कम या कुनै पनि बेला अर्थात रेन्डम जाँच गर्दा १४० भन्दा कम हुनुपर्छ ।
मधुमेह रोग लाग्यो भन्नलाई खाली पेटको जाँच गर्दा सुगर लेभल १२६ भन्दा माथि र खाना खाएपछि २०० भन्दा माथि पुग्नु पर्छ । यो बीचको लेभल अर्थात खाली पेटमा १०० देखि १२५ सम्मको अवस्था र खाना पछिको १२६ देखि १९९ सम्मको अवस्थालाई प्रि डायबिटिजको अवस्था अर्थात मधुमेह हुने सम्भावना भएको अवस्था भनेर बुझ्नु पर्छ ।
मधुमेह बच्चा, बयस्क र बृद्ध जुनसुकै उमेरमा लाग्न सक्छ 
मधुमेह दुई किसिमको हुन्छ । टाइप वान (प्रकार एक) र टाइप टू (प्रकार दुई) । प्रकार एक वाला मधुमेह बच्चाहरुमा देखिन्छ । यो प्रकारको मधुमेहमा शरीरमा इन्सुलिनको उत्पादन बन्द नै हुन्छ । अर्थात बाँच्नका लागि इन्सुलिन दिनैपर्छ । औषधिले काम गर्दैन । यो जन्मजात भन्न मिल्दैन जन्मेको केही बर्षपछि बच्चाहरुमा यस्तो अवस्था देखिन्छ ।
प्रकार दुई वाला मधुमेह अलि उमेर भएपछि देखिन्छ । तर हिजोआजको जीवनशैली र खानपानका कारण कम उमेरमै पनि यस्तो देखिएको छ । अहिले बच्चाहरुमै मोटो पन बढेकोले प्रकार दुईवाला मधुमेह देखिन थालेको बताइन्छ । नेपालमा पनि यसको प्रभाव देखिन थालिसकेको छ ।
मधुमेहको लक्षण सबैमा देखिदैन
मधुमेह रोग पहिल्यै लक्षण देखिएर लाग्न पनि सक्छ, लक्षण विना नै लाग्न पनि सक्छ । विभिन्न अनुसन्धानले के देखाएको छ भने मधुमेह भएकाहरुमध्ये झण्डै ५० प्रतिशतले आफूलाई मधुमेह भएको छ भनेरै थाह पाउन सक्दैनन् । किनभने लक्षण नै हुँदैन् कतिपयलाई ।
पिसाव लाग्ने, पानी प्यास लाग्ने, खान बढी मन लाग्ने जस्ता जुन प्रमुख लक्षण भन्छौँ आधा जसोमा त्यो लक्षण नै हुँदैन । त्यसैले जति मधुमेहका रोगी छन आधालाई रोग भएको थाह छैन भन्ने अनुमान छ ।
मधुमेहले महिला पुरुष भनेर भेदभाव गर्दैन । न धनी गरीब, न त जात धर्म बर्ण, न उमेर र लिंग सबैमा यो रोग देखिन्छ । यदी समयमै सतर्कता अपनाइएन भने ।
मधुमेह हो भनेर चिन्ने लक्षण के के हुन् ? कसरी थाह पाउने त ?
मैले फेरी पनि भने मधुमेह रोगको लक्षणहरु हुन पनि सक्छ नहुन पनि सक्छ तर केही लक्षणहरु यसप्रकार छन् ।
  • खाना रुचेर पनि तौल घटदै जाने ।
  • पिसाव सामान्य भन्दा धेरै पटक लाग्ने ।
  • मुख सुख्खा हुने, प्यास धेरै लाग्ने
  • भोक बढी लाग्ने तर दुव्लाउदै जाने
  • कमजोरी हुने र खुट्टाहरु झम्झमाउने
  • खुट्टाहरु पोल्ने
  • पिसावमा कमिलाहरु देखिने
  • घाउहरु छिटो निको नहुने
धेरै जनाले सोध्नुहुन्छ धेरै पटक पिसाव भनेको कति पटक हो ? तर म के भन्छु भने सामान्य भन्दा बढी अर्थात दिनमा दुई तीन पटक पिसाव हुन्थ्यो भने अव चाहि ८ -१० पटक लाग्न थाल्यो भने मधुमेहको शंका गर्नुपर्छ । रातीमा पनि दुई तिन पटक उठन परयो भने शंका गर्नुपर्छ ।
हरेक स्वस्थ मानिसले बर्षमा एक पटक मधुमेहको जाँच गराउनै पर्छ
लक्षणको आधारमा यसको पहिचान सहज हुने भयो तर लक्षण नदेखिकन रोग लाग्यो भने समस्या पर्छ । त्यसैले हरेक स्वस्थ मानिसले बर्षको एक पटक रुटिन टेष्ट गराउनुपर्छ । हरेक व्यक्तिले ३० बर्षको उमेर कटेपछि बर्षमा एक पटक मधुमेहको जाँच गराउनुपर्छ ।
मधुमेह नियन्त्रण भएन भने के हुन्छ ? 
मधुमेह भएर नियन्त्रणमा राख्न सक्नु भएन भने यसले धेरै अंगलाई असर गर्न सक्छ । टाउको देखि खुट्टासम्म त्यममध्ये प्राय देखिने एउटा असर भनेको आँखामा हुने गर्छ । आँखाको पर्दालाई असर गर्छ । त्यहाँ असर गरेर रगत जम्छ । त्यसपछि त्यो आँखा च्यातिने र अन्धोपनमा हुन जाँने हुन्छ । नेपालमा मधुमेहका कारणले हुनसक्ने अन्धोपनको सम्भावना २५ गुना बढी हुन्छ ।
अर्को असर मिर्गौलामा असर गर्छ । मिर्गौलाबाट प्रोटिन लिक गराएर मिर्गौला फेल हुने सम्भावना पाँच गुनाले बढ्छ । मुटु हृदयघात, मस्तिस्कघात हुने सम्भावना दोव्वर हुन्छ ।पक्षघाते सम्भावन पनि धेरै नै हुन्छ ।
त्यसपछि खुट्टाको नसालाई समेत असर गरेर खुटाको घाउन निको नहुने र खुटामा काटनुपर्ने सम्भावना २० गुना बढी हुन्छ । यी मुख्य हुन तर अन्य फुटकर असरहरु भई रहन्छ ।
यसले पिसावमा इन्फेक्सन हुने सम्भावना बढाउछ । पिसाव वा निमोनियाहरु भईरहन्छ ।
अन्य संक्रमणहरु 
पेटको समस्या भइरहने , कसैलाई झाडा पखला, कसैलाई कब्जियत भइरहने हुन्छ । कसैलाई उल्टी भरहने । कसैलाई डिप्रेसन पनि ल्याउन सक्छ ।
यसकै कारणले कतिपयमा यौन इच्छामा कमी आउने या यौन दुर्बलता बढाउने सम्भावना पनि बढी हुन्छ ।
के कारणले हुन्छ मधुमेह ?
प्रकार दुई मधुमेह मुख्य त दुई प्रकारले हुन्छ । एउटा बंशजको आधार अर्थात परिबारको एक सदस्यलाई भयो भने त्यो जिनको आधारमा सन्तानहरुमा देखिने । यस्तो सम्भावना ५० प्रतिशत रहन्छ ।
अर्को भनेको जीवन शैली नै हो । त्यो भनेको मोटोपन नियन्त्रण हुन नसक्ने, व्यायममा कमी, खानपानमा गडबढी नै हो । चिल्लो गुलियो र क्यालोरी भएको खानेकुरा नै दुम्मन हुन ।
बंषाणुगत समस्या भएपनि जीवन शैली सुधार्नु भयो भने नरहने सम्भावना पनि हुन्छ । तर मेरो बंशजमा छैन भनेर जीवन शैली सुधारेन भने हुने सम्भावना बढि हुन्छ ।
मधुमेह विरामीले खानपान र जीवनशैलीमा गर्नुपर्ने सुधार ? 
सामान्य खानपान अपनाउनु नै राम्रो हो । तर त्यसमा बिचार पुरयाउनुपर्छ । क्यालोरी भएको चिज अर्थात भात, मैदा, आलु, गुलियो चिल्लो फ्याट बढी हुने चिजहरुको कम सेवन गर्नु राम्रो ।
व्यायम नियमीत हुनुपरयो । व्याडमिन्टन, खेल खेल्नुस , दिनमा आधा घण्टा हिड्नुस । अरु शारीरिक परिश्रम गर्नुहोस् ।
- See more at: http://www.nepalihealth.com/2016/11/14/12547/#sthash.9tcfUlZZ.L2PgrDxz.dpuf

थाइराइड कम या बढी हुँदा यस्तो हुन्छ ?

विभिन्न कारणले थाइराइड ग्रन्थिले थाइराइड हर्मोन कम या बढी उत्पादन गर्नुलाई थाइराइड समस्या भनिन्छ । ग्रन्थिले हर्मोन कम उत्पादन गर्दा हुने समस्यालाई हासिमोटोज थाइराइड डिजिज र बढी उत्पादन गर्नुलाई ग्रेप्सडिजिज भनिन्छ । लक्षण थकावट धेरै हुने । अल्छीपना हुने । स्मरणशक्ति कम हुँदै जाने । कपाल झर्ने, मोटाउने । जिउ सुन्निने, दुख्ने । महिलाको महिनावारीमा गडबडी हुने । निःसन्तानको समस्या हुने । कब्जियत हुने । छालाका राैँ परिवर्तन हुने । बढी हुँदा देखिने लक्षण पसिना धेरै आउने । मुटु ढुकढुक हुने । दुब्लाउँदै जाने । महिनावारी गडबडी हुने । गलगाँड देखिने । हर्मोनको कारण थाइराइडमा समस्या भएमा रोग आफैँ निको हुँदैन । जिन्दगीभर नै औषधि खाइरहनुपर्छ । औषधि ट्याब्लेट र विकिरणका रूपमा पनि हुन्छन् । केही केसमा भने गलगाँड देखिएर औषधि खाँदा निको भएको पनि छ । कहिलेकाहीँ आँखामा पनि असर गर्छ । ग्रन्थि बढ्न सक्छ आयोडिन कम या बढी हुँदा, भाइरल इन्फेक्सन हुँदा, अटोइम्युन डिजिज हुँदा वा खानपानमा मिसावटले पनि ग्रन्थिमा गलगाँड पलाउँछ । विभिन्न किसिमका रासायन मिसिएक खाद्य पदार्थ सेवन, वातावरणीय विषादी र वंशाणुगत कारणले पनि यो रोग लाग्न सक्छ । सबैभन्दा ठूलो कुरो यस्तो गलगाँडमा क्यान्सर छ–छैन भनेर समय–समयमा जाँच गराउनुपर्छ । ग्रन्थि बढ्दा गलगाँड देखिने । घाँटी दुख्ने । ठूलो हुँदै जाँदा सास फेर्न गाह्रो हुने । खाना खान गाह्रो हुने । उपचार विधि गलगाँड मात्र छ भने अप्रेसन गरेर निकाल्ने । निगरानीमा राख्ने, बढ्दै गयो भने शल्यक्रिया गरी फाल्ने, नत्र त्यत्तिकै छाडिदिने । गलगाँडलाई वर्षमा एकपटक क्यान्सर भयो कि भनेर सुइजाँच गर्नुपर्छ । केही गलगाँड बढ्दै गएर क्यान्सर पनि हुन सक्छ । थाइराइड क्यान्सर थाइराइड क्यान्सर अन्य क्यान्सरजस्तो डरलाग्दो हुँदैन । धेरैजसो यस्तो केसमा उपचार सहज हुन्छ । उपचारपछि यो पूर्ण रूपमा निको हुने क्यान्सर हो । लक्षण थाइराइड क्यान्सरमा पनि गलगाँड पलाउने हुन्छ । स्वर परिवर्तन हुने । गलगाँड ठूलो भएर सास फेर्न गाह्रो हुने । खाना नलीलाई असर गरेर खाना निल्न गार्हा् हुन्छ । जाँच गरेर हेर्दा क्यान्सर देखिन सक्छ । उपचार गर्दा सहजै निको भएपछि पनि नियमित औषधि खानुपर्छ । चिकित्सकको सम्पर्कमा रहिरहनुपर्छ । थाइराइडसम्बन्धी बुझ्नुपर्ने कुरा अटोइम्युन थाइराइड वंशाणुगत थाइराइड हो । बन्दा–काउली खानुँहुदैन भन्ने हल्ला हो । तर, एकजनाले दिनमा एक किलोभन्दा बढी खाएमा मात्र असर पर्छ । आयोडिन कम वा बढी सेवन गर्नुहुँदैन । वंशाणुगत थाइराइड समस्या पुरुषभन्दा महिलामा बढी देखिन्छ । यो समस्या १० जना महिलामा देखिँदा एकजना पुरुषमा देखिएको छ । महिलालाई बढी देखिनुको कारण हर्मोनको परिवर्तन पुरुषभन्दा बढी महिलामा हुनुले हो । - See more at: http://etajakhabar.com/11/20/48598#sthash.TKeH9oiR.dpuf

प्रजनन उमेरका महिलाको रोग, जसले अनुहारमा रौं उमार्छ

पीसीओएस् अर्थात महिनावारी गडबडीका कारणहरु

हर्मोनको गडबडीका कारण पछिल्लो समय महिलाहरुमा विभिन्न रोग देखिन थालेका छन् । थाइराइड, मधुमेह बाहेक पनि हर्मोनको गडबढीकै कारण महिलाहरुमा देखिने अर्को ठूलो समस्या भनेको पीसीओएस् हो ।
यो रोगका बारेमा अझै पनि धेरै मानिसलाई थाहा नहुन सक्छ । यो रोग विशेषगरी प्रजनन उमेर समूह (२०-४०) वर्ष उमेर समूहका महिलामा बढी देखिने गर्छ । यो रोग लागेमा कोही महिलालाई निसन्तानपन देखिने गर्दछ ।
जब कि यसबारे पर्याप्त जानकारी प्राप्त गरी समयमै उपचार गरेको खण्डमा यो रोगबाट छुटकारासमेत पाउन सकिन्छ ।
के हो पिसीओएस् रोग ?
पिसीओएस् भनेको पोलिसिस्टिक ओभरी सिण्ड्रोम हो । यो हर्मोनको गडबढीका कारण हुने एक प्रकारको रोग हो । सामान्यतया, प्रत्येक महिलाहरुमा केही हदसम्म पुरुषको हर्मोन हुने गर्छ र प्रत्येक पुरुषमा केही मात्रामा महिलाको हर्मोन हुने गर्दछ ।
पोलिसिस्टिक ओभरी सिण्ड्रोम (पीसीओएस्) भएका महिलामा पुरुषको हर्मोन केही मात्रामा बढी हुने गर्दछ । जसले गर्दा महिलाहरुमा महिनावारीको गडवडी हुने, शरीर तथा अनुहारहरुमा रौं पलाउने, डण्डीफोर धेरै आउने, कपाल झर्ने, तौल बढ्दै जाने र भविष्यमा गएर उच्च रक्तचाप, उच्च कोलेस्ट्रोर तथा मधुमेहसँगै बढेर जाने लगायतको समस्या देखिने गर्दछ ।
कसैकसैमा भने यो रोगका कारण निःसन्तानपन एवं बाझोपनाको समस्या समेत आउने गर्छ ।
महिलाहरुमा भएको हर्मोनको रोग मध्य पीसीओएस् रोग साधारण समस्यामध्येमा पर्छ । यो थाइरोइडपछिको महिलामा देखिने दोस्रो ठूलो समस्या हो । यो समस्या महिलाहरुमध्ये पनि धेरैलाई हुने गर्दछ ।के हुन् लक्षण ?
मूलतः यो समस्या महिलाहरु किशोरावस्थामा प्रवेश गरेसँगै सुरु हुने गर्दछ । जसलाई हामी सामान्य भाषामा महिनावारीको गडवडी पनि भन्ने गर्दछौं । २० देखि ४० वर्षका युवामा बढीमात्रामा देखिने यो रोग विशेषगरी प्रजनन उमेरका महिलाहरुमा बढी हुने गर्दछ ।
पीसीओएस् हुने कारण के हो ?
महिलाहरुमा पीसीओएस् विभिन्न कारणले हुने गर्दछ । जसमध्य वंशज एउटा कारण हो । यदि आमालाई यो रोग लागेमा ऊबाट जन्मिएका छोरीहरुमा पनि यो समस्या देखिने गर्दछ ।
खानपिन, आधुनिक जीवनशैलीका कारण तथा मोटोपना हुने मानिसमा पनि यो समस्या देखिने गर्दछ ।
त्यस्तै, वातावरणीय प्रदुषण, खानामा मिसावट, विभिन्न विषाक्त रसायनको प्रयोगले पनि यो लगायत विभिन्न प्रकारका हर्मोनका रोग निम्तिने गर्दछ ।
के यो रोग पुरानो रोग हो ?
त्यसो त यो रोग पुरानै मानिन्छ । नेपालमा किन नयाँ देखियो भने पहिले पहिले मानिसहरुलाई यसबारे धेरै जानकारी हुँदैनथ्यो । यो सम्बन्धी विशेषज्ञहरुको कमी हुँदा यो रोग पत्ता लगाउन कठिन हुने गर्दथ्यो ।
अहिले हर्मोनका विशेषज्ञ नेपालमा उपलब्ध हुन थालेपछि तथा यस सम्बन्धि जाँच तथा उपचार हुन थालेपछि यो रोग बढेको देखिन्छ । तर, यर्थाथमा भन्नु पर्दा यो पहिलेदेखि नै भइरहेको रोगमध्यको एक हो ।
यो रोग हर्मोनको गडबडीका कारणले हुने भए पनि यसमा र थाइराइड रोग बीच खासै कुनै सम्बन्ध रहँदैन । यी दुवै भिन्नाभिन्नै रोगहरु मध्यमा पर्दछ । तथापि थाइराइड रोग महिलामा बढी देखिने र यो रोग पनि महिलाहरुसितै सम्बन्धित हुने भएकाले थाइराइड रोग भएकाहरुलाई पीसीओएस् हुने सम्भावना पनि बढी मात्रामा रहने गर्छ ।
कसरी गर्न सकिन्छ रोकथाम ?
बंशजका कारण यदि कसैलाई यो रोग लागेको छ भन्ने त्यसको रोकथाम गर्न सकिन्न । तर, वातावरणीय कारण जस्तै, खानपिन, आधुनिक जीवनशैलीका कारण हो भने जीवनशैली परिवर्तन गर्न लगाएर, तौल घटाएर पनि केहीहदसम्म यो रोगको लक्षण कम गर्न सकिन्छ ।
त्यस्तै, रसायन प्रयोग भएको खानेकुरा, सागसब्जी, फलफूल, माछामासुको पहिचान गरी त्यस कुराको न्यून सेवनले पनि यो रोग लाग्नबाट आफूलाई बचाउन सकिन्छ ।
उपचार विधि
सामान्यतः यसको उपचार लक्षणमा भर पर्ने गर्दछ । मानिसको लक्षण अनुसार नै चिकित्सकहरुले विभिन्न विधिद्वारा यसको उपचार गर्छन् । त्यसबाहेक यी कुरा गरेमा पनि यसको उपचार गर्न सम्भव हुन्छ ।
१. त्यसका लागि पहिलो कुुरा भनेको तौल घटाउने नै हो । त्यसको लागि खानपिनमा ध्यान दिन तथा व्यायाम जरुरी छ ।
२. सामान्यतया कुनै महिलामा पुरुषको हर्मोन बढी भएमा त्यसले महिनावारी गडबडी गराउँछ । त्यस्तो परिस्थितिमा औषधीको माध्यमद्वारा चिकित्सकले बाहिरैबाट उक्त महिलालाई महिलाको हर्मोन सेवन गराएर पनि महिनावारी सुचारु ग्ाराउर्ने गरिन्छ ।
३. कसैमा यो रोगको कारण शरीर तथा अनुहारमा रौं पलाउने समस्या देखिएमा हर्मोनको औषधिद्वारा पनि यसको उपचार गरिन्छ ।
४. कोहीमा निसन्तानपन देखिएमा महिलाहरुलाई पाठेघरमा अण्डा राम्रो बनाउने औषधि सेवन गर्न लगाएर तथा अण्डालाई समयमा फुटाउने औषधि दिएर पनि निसन्तानपनको उपचार गरिन्छ ।
यस अर्थमा यसको उपचार सम्भव रहेको चिकित्सकको भनाई छ ।
यद्यपी कसैलाई पीसीओएस् भए नभएको कुरा त्यसको लक्षणबाट नै थाहा पाउन सकिन्छ । जसमा महिनावारीको गडबढी नै प्रमुख हो । वर्षमा कम्तीमा पनि ८ साइकल भन्दा कम महिनावारी भएमा त्यसलाई यो रोग लागेको शंका गरिन्छ ।
त्यस्तै, दण्डीफोर तथा रौं धेरै आएमा तथा विवाह भएको केही समयसम्म पनि निसन्तान देखिएमा यो रोयग लागेको शंका हुन्छ ।
त्यसबाहेक, पुरुषको हर्मोन धेरै हुने ‘टेस्टेस्ट्रोन’, ‘डिएच्एस्’ हर्मोनको चेकजाँचमार्फत पनि यो रोग लागे नलागेको पत्ता लगाउन सकिन्छ । भने अण्डासयको अल्ट्रासाउण्डमार्फत अण्डाशयमा सिस्ट भए , नभएको हेरेर पनि यो रोग पत्ता लाग्ने गर्दछ ।

यी हुन् मधुमेह रोग बारेमा सुनिने भ्रम र बास्तविकता

भ्रम १.  मधुमेह भएका बिरामीले भात, चिनी आलु खान हुन्न ?
बास्तबिकता :  मधुमेह भएपछि भात खान हुँदैन चिनी खान हुँदैन, आलु खान हुँदैन भन्ने भ्रम छ । तर यथार्त के हो भने खान जे पनि हुन्छ । मधुमेहका बिरामीले शरीरमा जति क्यालोरी आवश्यक पर्छ त्यति खानु पर्छ ।
हामीले खाने पानी बाहेक हरेक खानामा क्यालोरी हुन्छ । कुनैमा बढी हुन्छ कुनैमा कम । बढी क्यालोरी हुने खानेकुरा कम गरेर खान सकिन्छ । जस्तै : मानौ तपाईँलाई १८०० क्यालोरी चाहियो भने एक कचौरा भात खानुभयो भने २०० क्यालोरी हुन्छ ।
एक चम्चा चिनीमा जम्मा २० क्यालोरी हुन्छ । दिनमा एक चम्चा चिनी हालेर खान के हुन्छ ? धेरै पो खान भएन त । त्यस्तै आलु पनि मिलाएर अर्थात कम मात्रामा खान सकिन्छ । त्यसैले मात्रा मिलाएर क्यालोरी मिलाएर धेरै कुरा खान सकिन्छ ।
भ्रम २.  खानपान र व्यायमबाटै मधुमेहरोग नियन्त्रण गर्छु
बास्तबिकता : खानपान र व्यायमबाटै अर्थात जीवनशैलीमा सुधार गरेर मधुमेह रोगलाई जित्छु भन्ने भ्रम मात्रै हो । यस्तो केही समयलाई नियन्त्रण होला तर जिन्दगीभर नियन्त्रण हुन्छ भन्ने होइन ।
अर्थात औषधि पनि चाहिन्छ । तपाईँ मानौ खानपानमा सुधार गरेर जित्छु भन्नु भयो भने तपाईँ केही पनि खान पाउनुहुन्न । क्यालोरी नियन्त्रण गर्न भात , चिनि केही पनि खानु भएन । यसरी त जिन्दगी चलाउन सकिदैन । यसरी झन अस्वस्थ भईन्छ । अर्थात शरीरलाई आवश्यक क्यालोरी नै पाइदैन ।
भ्रम ३. इन्सुलिन भनेको अन्तिम अवस्थामा औषधिले काम नगरेपछि चलाउने सुई हो 
बास्तबिकता : धेरै मधुमेहका विरामीमा हुने सबैभन्दा ठूलो भ्रम हो भन्छु म । इन्सुलिन भनेको अन्तिम अवस्थामा लगाउने सुई हो भन्दै कतिपय एकदमै आत्तिएको देखेको छु । कतिपयले लगाउनै नखोजेको समेत पाएको छु । तर यथार्तमा त्यो होइन ।
मधुमेह हुने भनेको पेन्क्रीयाजबाट इन्सुलिनको उत्पादन कम भएर हुने हो । मधुमेह भएपछि विस्तारै इन्सुलिनको मात्रा घट्दै जान्छ र एक दिन सून्य हुन्छ । त्यो सुन्य भईसकेपछि अर्थात अन्तिम अवस्थामा इन्सुलिन लगाउँदा केही फाईदा छैन् । किनकी एक त धेरै डोज चाहिन्छ । दिनमा दुई पटक होइन चार पटक पनि लगाउन पर्छ ।
यसले धेरै सुगरको रेसियोमा तलमाथि अर्थात गडबढी समेत पैदा गर्छ । त्यो बेलामा आँखा, मिर्गौलामा असर पारिसकेको पनि हुनसक्छ । त्यसैले त्यो बेलामा इन्सुलिन लाएर केही फाईदा छैन । त्यसैले हामीले अन्तिम अवस्थामा होइन बीच तिरै इन्सुलिन लगाउन भन्छौँ । त्यसो भयो भने कम डोज इन्सुलिनले दिनमा एक पटक लगाउदा पनि कभर हुन्छ ।
शरीरमा आफूसंग भएको इन्सुलिन बची राख्छ । सुगर पनि नियन्त्रणमा हुन्छ । त्यसैेले इन्सुलिन मधुमेहका लागि एकदमै राम्रो इलाज हो । जुन हर्मोनको कमीले मधुमेह हुन्छ । त्यो हर्मोन सुईबाट मात्रै दिन सकिने हुनाले इन्सुलिन सुई लगाउन भनिएको हो ।
तर हामीकहाँ डराएर हो या केले हो इन्सुलिन लिन निकै गाह्रो हुन्छ । कतिपयले इन्सुलिन इन्जेक्सन महंगो छ लगाउँदा दुख्छ वा बाहिर जाँदा लिएर जान गाह्रो हुन्छ भन्ने गरेको पनि सुनिन्छ । यो अर्को भ्रम हो ।
इन्सुलिन सुई महंगो पनि छ तर सस्तो सुईले उस्तै काम गर्ने पनि छ । त्यसैले महंगो नै लगाउन पर्छ भन्ने पनि छैन । यो सुई लगाउँदा दुख्दैन भनेपनि हुन्छ । अरु सुई जस्तो होइन यो एकदमै मसिनो हुन्छ । त्यस्तो दुखाउदैन ।बाहिर जाँदा पनि लिएर जान सकिन्छ । ट्राभल किटहरु पाइन्छ । त्यस्तो अप्ठेरो हुँदेन ।
- See more at: http://www.nepalihealth.com/2016/11/23/12891/#sthash.VjytKxL7.ESEbBFH0.dpuf

के हो थाइराइड रोग ? यस्ता छन् भ्रम र यथार्थ

पछिल्लो समय थाइराइड रोगका बिरामी संसारभरि नै बढिरहेका छन् । खासमा थाइराइड हर्मोन शरीरलाई एकदम आवश्यक पर्छ । टाउकोदेखि खुट्टासम्म शरीरका हरेक अंगलाई यो हर्मोन चाहिन्छ । यसले शरीरको मेटाबोलिज्म (खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया) लाई नियन्त्रण गर्छ ।
थाइराइड ग्रन्थि हाम्रो घाँटीको तलपट्टि हुन्छ, जसले हर्मोन उत्पादन गर्छ । थाइराइड रोग लाग्यो भने हर्मोन बढी वा कम उत्पादन हुने समस्या हुन्छ । हर्मोन बढी हुनुलाई हाइपर थाइराइडिज्म र कम हुनुलाई हाइपो थाइराइडिज्म भनिन्छ ।
थाइराइड रोग चार किसिमका हुन्छन्, थाइराइड ग्रन्थिमै मासु वा डल्लो पलाउने, थाइराइड नोडुल वा क्यान्सर, हाइपर थाइराडिज्म र हाइपो थाइराडिज्म ।
थाइराइड रोग लाग्नुका कारणहरु निम्न छन्ः
१. थाइराइड रोग सामान्यतया शरीरको रोग प्रतिरोधात्मक क्षमतामा कमी भएकै कारण लाग्ने गर्छ । वंशानुगत रुपमा पनि यो रोगले सताउने गर्छ ।
२. रुघा लागेमा वा भाइरल इन्फेक्सन भएमा थाइराइड ग्रन्थिमा संक्रमण भएर यो रोग देखिन सक्छ ।
३. विभिन्न केमिकल्स (रसायन) र अन्य कारणले वातावरणीय प्रदुषणले गर्दा पनि यो रोग लाग्ने गर्छ ।
४. ल्ाामो समयसम्म औषधिका प्रयोगले पनि मानिसहरुमा थाइराइडको समस्या देखिने गर्छ । जस्तैः मानसिक रोग, मुटु रोगका बिरामीलाई प्रयोग गरिने औषधिका कारण पनि थाइराइड रोग लाग्न सक्छ ।
५. विभिन्न विकिरणको प्रयोगले पनि थाइराइड क्यान्सर हुने सम्भावना रहन्छ ।
थाइराइडका लक्षण
हर्मोनको गडबडी भएमा शरीरमा थाइराइड रोगका विभिन्न लक्षण देखा पर्न सक्छन् । त्यसमध्ये केही लक्षण यी हुन् ः
– कपाल धेरै झर्ने
– दुब्लाउने वा मोटाउने
– शरीरमा पसिना बढी आउने वा कम आउने
– निद्रा बढी लाग्ने वा कम लाग्ने
– कब्जियत हुने वा झाडापखाला लाग्ने
– महिनावारी गडबडी हुने
– मुटु जोडसँग ढुकढुक हुने
– हात काँप्ने
– गर्मी बढी हुने वा जाडो हुने
– छाला खस्रो हुने
– निःसन्तान समस्या ।
हाइपो थाइराइडिज्म
थाइराइड रोगमा पनि सबैभन्दा बढी देखिने समस्या भनेको हाइपो थाइराइडिज्म हो । हर्मोनको उत्पादन कम भएमा यो रोग लाग्छ । पुरुषको तुलनामा महिलामा यो रोग बढी देखिन्छ । खासगरी २० देखि ४० वर्ष उमेरसमूहका प्रजनन उमेरका महिलालाई बढी सताउँछ । यसका साथै सीमित रुपमा पुरुष तथा बालबच्चाहरुलाई पनि यो रोग लाग्न सक्छ ।
त्यसो त थाइराइड रोग लागेका मानिसले काउली र बन्दा खानै हुँदैन भन्ने भ्रम छ । तर, यो रोग खानपिनसित खासै सम्बन्धित हैन । दिनमा डेढ/दुई किलोभन्दा बढी काउली वा बन्दा खाएमा मात्र समस्या हुने हो । त्यति मात्रामा नेपालीहरुले प्रायः नखाने भएकाले खानेकुरासँग थाइराइडलाई जोडेर डराउनु पर्दैन ।
थाइराइडका बिरामीहरुले विशेषगरी आयोडिनयुक्त नुन र सी फुड (सामुद्रिक खाना) बाट जोगिनुपर्छ । बढी आयोडिन र समुद्रबाट निकालिएका माछाले हानि गर्छ । नेपालमै नदीनाला र पोखरीमा पाइने माछाले भने केही बिगार गर्दैन । तर, यस्ता खानेकुरा भरसक कम खानुपर्छ ।
हाइपो थाइराइड भएका बिरामीहरुमा मोटोपनको समस्या बढी हुने भएकोले मोटोपन घटाउन ध्यान दिनुपर्छ । ती बिरामीले विशेषगरी भात, आलु, मैदा, गुलियो, चिल्लो लगायतका क्यालोरी अधिक हुने खानेकुरा कम खानुपर्छ ।
हाइपर थाइराइडिज्म
हाइपर थाइराइड हाइपो जस्तो धेरैलाई लाग्ने रोगमा पर्दैन । यो रोग पनि बढीजसो प्रजनन उमेरका महिलामा देखिन्छ ।
त्यसो त हाइपर थाइराइडिज्म हाइपोको तुलनामा केही जटिल मानिन्छ । सही तरिकाले उपचार नभएमा यसले ज्यान नै जोखिममा समेत पार्न सक्छ । त्यसैले यसको उपचार समयमै गरिहाल्नुपर्छ । औषधिको सेवनबाटै यो रोग निको हुन्छ । कतिपय बिरामीले रेडियो एक्टिभ आयोडिन भन्ने विशेष किसिमको औषधि सेवन गर्नुपनर्ेे हुन्छ ।
थाइराइड नोडुल वा क्यान्सर
थाइराइड ग्रन्थिमा गिर्खा पलायो भन्दैमा त्यो क्यान्सर नै हुन्छ भन्ने छैन । तर, त्यसको लागि चिकित्सकको निगरानीमा बसेर फलोअफ गर्नु जरुरी हुन्छ । किनकि कतिपय त्यस्ता गिर्खा वा डल्ला पछि गएर क्यान्सरमा परिणत पनि हुन सक्छ । त्यो गिर्खालाई शल्यक्रियाबाट फाल्नुपर्ने हुन्छ ।
केही गरी थाइराइड क्यान्सर भइहाले पनि त्यो त्यति डरलाग्दो रोग भने हैन । यो निको हुने क्यान्सरमध्येमा पर्छ । तर, त्यसको पहिचान समयमा हुन जरुरी छ । कसैलाई थाइराइड क्यान्सर भए-नभएको साधारण भिडियो एक्स-रे र एफएन इसी जाँचबाटै थाहा हुन्छ । रोग पहिचानपछि यसको उपचार भनेको शल्यक्रिया नै हो । शल्यक्रियापछि पनि बिरामीले चिकित्सकको निगरानीमा बस्नुपर्ने हुन्छ ।
क्यान्सर भएको कसरी थाहा पाउने ?
कुनै पनि थाइराइडमा क्यान्सर देखा परेमा त्यसमा सुरुमा डल्लो पलाउँछ । बाहिरबाट नदेखिए पनि अल्ट्रासाउण्ड गर्दा डल्लो देखिन सक्छ । उक्त डल्लो जाँच गर्दा क्यान्सर भए-नभएको पत्ता लाग्छ ।
थाइराइडका बिरामीले थाइराइड ग्रन्थिमा क्यान्सर भए-नभएको पत्ता लगाउन वर्षमा कम्तीमा एक पटक थाइराइडको अल्ट्रासाउण्ड गर्नु उचित हुन्छ । थाइराइड नभएकाहरुले पनि घाँटीमा कुनै गिर्खा देखा परेमा चिकित्सकसित परामर्श लिइहाल्नुपर्छ ।
थाइराइडप्रतिको भ्रम
थाइराइडप्रति मानिसहरुमा धेरै भ्रम छ । हर्मोनको गडबडीका कारण थाइराइड रोग हुनेहरुमा निःसन्तानपनको समस्या हुने गर्छ । तर, त्यसको समयमै उपचार भएमा त्यो समस्या रहँदैन ।
थाइराइड रोगप्रतिको भ्रमकै कारण नेपालमा कयौं युवतीको थाइराइड रोगकै कारण बिहेबारीमा पनि समस्या हुने गरेको छ । सन्तान हुँदै नहुने डरले उनीहरुको बिहे नहुने गरेको छ । तर, थाइराइड रोगको उपचार समयमै भएमा अरु सामान्य युवती जस्तै थाइराइड रोग भएकाहरुमा पनि गर्भ रहने सम्भावना उत्तिकै रहन्छ ।
अर्को भ्रम छ, थाइराइड रोग लागेपछि काउली र बन्दा खान हुँदैन । जुन गलत हो । थोरै मात्रामा खाँदा त्यसले केही हानि गर्दैन ।
थाइराइडका बिरामीहरूमा औषधी सेवनबारे पनि भ्रम देखिन्छ । रोग प्रतिरोधात्मक क्षमता कम हुने बिरामीले यो रोग लागेमा जीवनभर औषधि सेवन गर्नुपर्छ भन्ने सोचाइ छ । तर, त्यस्तो हैन । यदि भाइरल इन्फेक्सनको कारण यो रोग लागेको हो भने आफै निको हुन्छ । त्यसमा औषधिको सेवन केही समयको लागि मात्र आवश्यक पर्छ ।
कतिपय थाइराइडका बिरामीलाई औषधि खानु हँुदैन भन्ने पनि भ्रम छ । यसले शरीरलाई बिगार्छ भन्ने मान्यताका कारण उनीहरु आयुर्वेदिक उपचारतिर लाग्छन् । तर, हाइपो थाइराइडिज्म कम हुने बिरामीहरुको हकमा चिकित्सकले शरीरमा कम भएको हर्मोनलाई नै औषधिको रुपमा सेवन गराइरहेका हुन्छन् । यस अर्थमा यसभन्दा प्राकृतिक उपचार केही हुँदैन ।
अर्को भ्रम छ, व्यायाम गरेमा थाइराइड रोग निको हुन्छ भन्ने । हामी स्वस्थ रहन नियमित व्यायाम जरुरी त हुन्छ । तर, थाइराइड रोगमा भने व्यायामले कुनै काम गर्दैन । किनकि यो रोग जीवनशैली र शारीरिक कसरतसँग सम्बन्धित हैन ।
कतिपयमा थाइराइडले मधुमेह नित्याउँछ भन्ने पनि भ्रम रहेको पाइन्छ । खासमा यो सत्य होइन । तर, थाइराइड रोगमा मोटोपनको समस्या हुने र मोटोपनसँगै मधुमेह पनि निम्तिन सक्ने भएकोले त्यसप्रति सजग भने हुन जरुरी छ ।
त्यस्तै, कति मानिसलाई थाइराइड जटिल रोग हो भन्ने पनि भ्रम छ । तर, यो साधारण रोग हो, नियमित औषधि सेवनले निको हुन्छ ।

Thursday, November 3, 2016

हर्मोनमा गडबढी, रोगको बाढी

मधुमेह
 इन्सुलिन भन्ने हार्मोनका कारण मधुमेह लाग्छ । हाम्रो पेटमा रहेको प्याङ्क्रियाजले इन्सुलिन हर्मोनको उत्पादन गर्छ । यसको मुख्य काम भनेको रगतमा रहेको चिनीको मात्रालाई सन्तुलनमा राख्ने हो । यदि इन्सुलिनको उत्पादनमा कमी आयो भने वा राम्रोसँग काम गर्न सकेन भने मधुमेह रोग लाग्छ । खाली पेटमा १०० एमजी÷डिएलभन्दा कम र खाना खाएको २ घण्टा पछि (पिपिबिएस) १४० एमजी÷डिएलभन्दा कम छ भने सामान्य मानिन्छ । तर खाली पेटमा (एफबिसि) १२६  एमजी\डिएलभन्दा वा त्योभन्दा माथि र खाना खाएको २ घण्टा पछि (पिपिबिएस) २०० एमजी÷डिएल वा त्योभन्दा माथि भएमा मधुमेह भएको मानिन्छ । यसका लागि रगतको जाँच गर्नुपर्ने हुन्छ ।

 सुगर कम हुने रोग
इन्सुलिन कम उत्पादन भएर वा काम गर्न नसकेर मधुमेह लाग्छ भने इन्सुलिन उत्पादन बढी हुँदा सुगर कम हुने रोग लाग्छ । 
प्याङ्क्रियाजमा सानो ट्युमर पलाएर इन्सुलिनको उत्पादन बढी भयो भने मधुमेह नभएका व्यक्तिलाई पनि सुगर कम हुने रोग  लाग्न सक्छ । यस्तो अवस्थामा एकैपटक सुगर कम हुने, घबराहट हुने, मुटु ढुकढुक हुने, पसिना आउने, हात काँप्ने र समयमै उपचार भएन भने बिरामी बेहोस हुन्छ । प्रायः खालि पेटमा हुने यो समस्या लाखौंमा एक जनामा देखिन्छ । 

थाइराइड   
 थाइराइड ग्रन्थी घाँटीमा रुद्रघण्टीको तल हुन्छ । यस ग्रन्थीले थाइराइड हार्मोन उत्पादन गर्छ । यो हार्मोनले शरीरको मेटावोलिजमलाई नियन्त्रणमा राख्ने काम गर्दछ । थाइराइड हार्मोन बढी उत्पादन हुने अवस्थालाई हाइपरथाइराइड भनिन्छ भने कम उत्पादन भयो भने हाइपोथाइराइड हुन्छ । हाइपर र हाइपो थाइराइडको लक्षण पनि फरक–फरक हुन्छ । हाइपर थाइराइडमा व्यक्ति दुब्लाउदै जाने, गर्मी धेरै हुने, पसिना धेरै आउने, मुटु धेरै धकधक हुने, दिसा धेरैपटक लाग्ने, हातखुट्टा काम्ने, सास फुल्ने, निद्रा नलाग्ने, गलगाँड निस्कने, आँखा ठुलो हुँदै जाने, महिनावारी गडबड हुने, निसन्तान हुन जस्ता लक्षण देखा पर्छन् । त्यसैगरी हाइपो थाइराइडमा मोटाउदै जाने, जाडो धेरै हुने, छाला खस्रो हुने, काम गर्ने जाँगर नहुने, कपाल झर्ने, निद्रा धेरै लाग्ने, कब्जियत हुने, महिनावारी गडबड हुनेजस्ता लक्षण देखा पर्छन् । धेरै व्यक्तिमा टन्सिल बढ्ने र दुख्ने गरेको पाइन्छ ।     

महिनावारीमा गडबडी र निसन्तान  
 महिनावारी गराउने हार्मोनलाई सेक्स हार्मोन भनिन्छ । यो हार्मोन २ किसिमका हुन्छन् । एउटा दिमागको तल रहेको पिट्युरी ग्रन्थीबाट निस्कने हार्मोन एलएच, एफएसएच र प्रोल्याक्टिन भन्ने हार्मोन हुन्छ भने दोस्रो डिम्बबाट निस्कने हार्मोन एस्ट्रोजन र प्रोजेस्टेरोन भन्ने हुन्छ । यी दुवैको कम्बिनेसनबाट महिनावारी हुनेगर्छ । यीमध्ये कुनै पनि हार्मोनमा गडबडी भएमा महिनावारीमा समस्या उत्पन्न हुन्छ ।१६ वर्षभित्र हुनुपर्ने महिनावारी कसै–कसैलाई २० वर्षसम्म पनि नहुने हुन्छ । महिनावारी भएपनि समयमा नहुनुको साथै रक्तश्राव धेरै हुने हुन्छ । पिट्ट्युरी ग्रन्थीका कारण महिनावारी गडबड हुनुलाई सेकेन्डरी हाइपोगोनाडीजम भनिन्छ । त्यसैगरी डिम्बमै समस्या भएर महिनावारी गडबड हुनुलाई प्राइमरी हाइपोगोनाडीजम भनिन्छ । सेक्स हार्मोनको उत्पादन राम्रोसँग हुन नसकेमा महिनावारीमा गडबडीका साथै निसन्तानको समस्या धेरै हुनसक्छ ।   

 महिलाको शरीरमा धेरैं रौं उम्रने 
हार्मोनकै कारण महिलामा चाहिनेभन्दा धेरै रौं निस्कने हुन्छ । पुरूषमा जस्तै दाह्रीजुँगा आउने, छाति तथा यौनाङ्गलगायत शरीरका धेरै स्थानमा रौं आउने हुन्छ । टेस्टोस्टेरोन हार्मोनको उत्पादन धेरै भयो भने महिलामा यस्तो समस्या देखिन्छ । पोलिसिस्टिक सिन्ड्रोममा कारण पनि यस्तो हुनसक्छ । डिम्बाशयमा कुनै ट्युमरका कारण पनि कहिलेकाहीँ महिलाको शरीरमा धेरै रौं उम्रने हुनसक्छ । पेटमा एड्रिनल भन्ने ग्रन्थी हुन्छ । यो मिर्गौलाको माथि हुन्छ । यस ग्रन्थीले डिएचइएएस नामक अर्को हार्मोन बढी निकालेमा पनि महिलाको शरीरमा रौं आउने हुन्छ । यसको उपचार २ किसिमले गर्न सकिन्छ । एउटा हार्मोनल उपचार र दोस्रो लेजर उपचार गर्नुपर्छ । यसका लागि एउटा मात्र उपचार गरेर हुँदैन । लेजर प्रविधिद्वारा उपचार सँगसँगै हार्मोनको पनि उपचार गर्नुपर्ने हुन्छ । यसमा हार्मोनको असर देखिन ५÷६ महिना लाग्छ ।  

स्तनबाट दुध चुहिने   
 प्रोल्याक्टिन भन्ने हार्मोनको मात्रा बढ्न गएमा स्तनबाट दुध चुहिने हुन्छ । प्रोल्याक्टिन हार्मोन पिटुट्युरी ग्रन्थीका कारण बढ्ने हुन्छ । पिटुट्युरी ग्रन्थीमा ट्युमर पलायो भने वा अन्य कुनै रोगका कारण हार्मोनको मात्रा बढ्न जान्छ । साथै औषधिको कारण पनि यो हार्मोन बढ्ने हुन्छ । कसै–कसैलाई थाइराइडका कारण हुने संभावना हुन्छ । गर्भवति भैसकेको समयमा दुध चुहिनु सामान्य हो । तर अविवाहित युवती, गर्भवति हुनुपूर्व वा सामान्य अवस्थामा पोल्याट्रिन हार्मोनका कारण दुध चुहिने हुन्छ ।    

पुरुषमा स्तन बढ्ने    
 पुरूषको स्तन बढ्नुलाई गाइनेकोमास्टिया भनिन्छ । यसका धेरै कारणमध्ये एक हार्मोनको गडबडी पनि हो ।सेक्स हार्मोनको कमी भयो भने पुरुषको स्तन बढ्ने हुन्छ । यसको उपचार ३ किसिमले गर्न सकिन्छ । पहिलो कुरा जीवनशैलीमा परिवर्तन गर्न जरूरी हुन्छ । खानपिन र व्यायामको माध्यमबाट मोटोपन घटाउनु पर्छ । स्तन टेस्टोस्टेरोन हार्मोनको कमीले गर्दा बढ्ने भएकाले हार्मोनको उपचार गर्नुपर्छ । हार्मोनको कारणले होइन भने शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । महिलामा मात्र होइन स्तन बढ्ने समस्याका कारण पुरूषमा पनि स्तन क्यान्सर हुने सम्भावना हुन्छ ।      

पुड्को हुने वा धेरै अग्लो हुने    
जन्मेदेखि १८ वर्षमा जुन किसिमको उचाइ बढ्नुपर्ने हो त्यसमा सबभन्दा ठुलो भुमिका ग्रोथ हार्मोनको हुन्छ । जुन, पिटुट्युरी ग्रन्थीबाट निस्कन्छ । पिटुट्युरी ग्रन्थीलाई मास्टर ग्रन्थी पनि भनिन्छ । यसले शरीरलाई आवश्यक पर्ने धेरै हार्मोन उत्पादन गर्छ । पिट्ट्युरी ग्रन्थीमा कुनै कारण रोग लाग्यो भने ग्रोथ हार्मोनको कमी हुन्छ । जसबाट उचाई बढ्दैन । ग्रोथ हार्मोनको कमी भयो भने यसको इन्जेक्सन लगाएमा हार्मोनको उत्पादन हुन्छ । तर यो हार्मोनको इन्जेक्सन महंगो हुन्छ । बच्चा अवस्थामै थाइराइड भएमा वा राम्रोसँग उपचार नभएमा पनि उचाई बढ्न सक्दैन । त्यसैगरी पिटुट्युरी ग्रन्थीबाट हार्मोनको उत्पादन बढी भयो भने मानिसको उचाई बढी हुन्छ । बच्चा अवस्थामै उपचार गर्न सकेमा उचाई सामान्य हुनसक्छ । तर ढिला थाहा भयो भने यसलाई नियन्त्रण गर्न सकिदैन । तर ग्रोथ हार्मोन बढी भएर हुने अन्य असरलाई कम गर्न सकिन्छ ।      

यौन इच्छामा कमी आउने वा सम्भोग गर्न गाह्रो हुने   
 पिटुट्युरी ग्रन्थीबाट निस्कने हार्मोन एलएच,  एफ एस एच र प्रोल्याक्टिनमा समस्या देखियो भने यौन इच्छामा कमी आउने हुन्छ । यसका साथै यौनसम्पर्क गर्न गाह्रो हुने, लिङ्ग कडा नहुने, वीर्य ननिस्कने, वीर्यमा शुक्रकिटको कमी हुने, दाह्रीजँुगा नआउनेजस्ता समस्या देखा पर्छन् । यौन अवस्था १२\१३ वर्षमा सुरु हुनुपर्नेमा हार्मोनको कमीले यौन अवस्था नै नहुने हुन्छ । जसका कारण पुरुषमा पनि निसन्तानको समस्या हुनसक्छ ।     

यौवन अवस्था चाँडो देखिने वा ढिलो गरी देखिने         
 हार्मोनको गडबडीका कारण केटीहरूमा ७ वर्षभन्दा कम उमेरमै यौन अवस्थाको लक्षण देखा पर्न सक्छ । समयभन्दा पहिला नै स्तन बढ्ने, महिनावारी सुरु हुने जस्ता कारणमा सेक्स हार्मोन बढी हुनु नै हो । यसको उपचार गरिएन भने सुरुमा उचाइ बढ्ने तर पछि गएर कम हुने हुन्छ । त्यसैगरी केटाहरूमा ९ वर्षभन्दा पहिले नै अण्डकोष ठुलो हुने, लिङ्ग बढ्नेजस्ता लक्षण देखिन्छन् । यसको पनि समय मै उपचार भएन भने पुड्कोपन हुने संभावना हुन्छ ।         

हड्डी बारम्बार टुट्ने तथा खिइने 
हार्मोनको संबन्ध हाड्जोर्नीसँग पनि संबन्धित हुन्छ । हड्डीलाई बलियो बनाउने भनेको क्याल्सियम र फस्फोरसले हो । यिनीहरूलाई सही तरिकाले राख्न प्याराथाइराइड हार्मोनले निकाल्ने हार्मोनको भूमिका हुन्छ । यदि प्याराथाइराइड हार्मोन बढी भयो भने रगतमा क्याल्सियमको मात्रा बढ्ने गर्छ । जसका कारण हड्डी खिइदै जाने र सामान्य चोटपटकमा पनि भाँचिने गर्छ । भिटामिन डी हार्मोनले पनि शरीरमा क्याल्सियम र फस्फोरसको मात्रा ठीक राख्छ । यदि भिटामिन डी को कमी भयो भने हड्डी दुख्ने हुन्छ । महिलामा हड्डी खिइने समस्या महिनावारी बन्द भैसकेपछि हुनेगर्छ । 

मोटोपन     
मोटोपनको कारण धेरै हुन्छन् । थाइराइडका कारण मानिसको मोटोपन बढ्छ । दोस्रो एड्रिनल ग्रन्थीले कटिजोल हार्मोन बढाउँदा पनि मोटोपन बढ्छ । कटिजोल हार्मोन बढी भएमा कुशिङ सिन्ड्रोम भन्ने रोग लाग्छ । जसका कारण मोटोपन हुने, बसेर उठ्न गाह्रो पर्ने, सुगर, प्रेसर बढ्नुका साथै अनुहार सुनिन्ने हुन्छ । खानपिनको गडबडी, खानामा चिल्लोको मात्रा, व्यायामको कमी जस्ता कारणले मोटापन धेरै बढ्ने हुन्छ ।

Wednesday, November 2, 2016

Diabetes: Why See a Specialist?

Diabetes is a complex disease that affects everyone differently. That’s why all diabetes patients should follow unique treatment plans tailored to their specific needs. But your primary care doctor may not have all the information you need to manage your diabetes successfully.
That’s where specialists come in: a diabetes specialist, called an endocrinologist, has the right skills and insight to help you stay in control of your diabetes. Here’s why:

1. An endocrinologist completes extensive training in treating diabetes and is an expert in diabetes care.

An endocrinologist is a physician who specializes in treating diseases related to the endocrine system, which revolves around our hormones. Hormones are involved in all aspects of human health, so endocrinologists must train extensively to master this area of study. An endocrinologist will have expertise in treating diabetes, thyroid disorders, metabolic diseases, and other conditions related to the endocrine system.
All doctors complete a training program called a residency after they finish medical school. But endocrinologists receive extensive training beyond that. Endocrinologists spend several additional years in a fellowship, in which they train under experienced endocrinologists and focus on patients with diabetes and issues affecting the endocrine system.  At the end of this period, specialists can take an exam to become a board-certified endocrinologist.  Look for a doctor who is board certified in endocrinology, and you’ll know you’re seeing an expert. 

2. An endocrinologist never stops learning about diabetes.

To maintain their board certification, endocrinologists must keep up with new developments in their field. They must complete a set number of required hours of continuing education and renew their medical license every few years, depending on the state in which they practice and other factors. By following these requirements, board-certified endocrinologists stay on top of new treatments and discoveries about the mechanisms involved in diabetes, so they can then provide their patients with insightful, informed, and up-to-date treatment plans.

3. An endocrinologist has extensive experience in treating diabetes.

Endocrinologists see a higher volume and concentration of patients with diabetes, and thus are more experienced in treating the condition successfully. Because they see lots of patients with diabetes, they can add real-world knowledge of the disease to their academic and clinical training. They’re able to assess how well patients respond to certain treatments, have a deeper understanding of how diabetes progresses over time, share insight about effectively implementing lifestyle changes, and recognize symptoms that a general practitioner may miss, among other skills.

4. An endocrinologist is a team player.

Endocrinologists work with teams of other health care providers who treat patients with diabetes and can connect patients with certified diabetes educators, nutritionists, exercise physiologists, therapists, and other experts in diabetes management. Working with a team can help patients address all aspects of the disease and ensure success.

5. It’s easy to find the right endocrinologist for you.

There are few endocrinologists in Nepal, so how do you know which is the right doctor for you? By searching on the internet, you can identify the best endocrinologist to help you manage your diabetes successfully.
Source: CNN

Thursday, March 17, 2016

निको हुन्छ थाइराइड क्यान्सर

पुरुषमा भन्दा पनि बढी महिलालाई सताउने रोग हो, थाइराइड । महिलाको हर्मोनमा भइरहने परिवर्तनले उनीहरूमा थाइराइडको समस्या देखिन्छ । यो रोगको समस्या र उपचार विधिका विषयमा नयाँ पत्रिकाकर्मी भिषा काफ्लेसँग थाइराइड तथा मधुमेह रोगविशेषज्ञ डा. अंशुमाली जोशीले गरेको कुराकानीको सार :
के हो थाइराइड
मानिसको रुद्रघन्टीको तलतिर रहने एउटा ग्रन्थिलाई थाइराइड ग्रन्थि भनिन्छ । जुन ग्रन्थिले उत्पादन गर्ने हर्मोनलाई थाइराइड हर्मोन भनिन्छ । सो ग्रन्थिमा देखिने समस्या र उत्पादन हुने हर्मोनको सन्तुलन बिग्रियो भने थाइराइडसम्बन्धी रोग लाग्छ । थाइराइड हर्मोनको उत्पादन बढी भए पनि कम भए पनि समस्या हुन्छ ।
थाइराइड बढी या कम उत्पादन
थाइराइड हर्मोन बढी उत्पादन भई हुने समस्यालाई हाइपर थाइराइड भनिन्छ । त्यस्तै कम उत्पादन प्रक्रियालाई हाइपो थाइराइड भनिन्छ । कमी या बढी इन्फेक्सनका कारणले हुन सक्छ । यो समस्या धेरैजसो आफैँ निको हुन्छ । घाँटी दुख्ने, ज्वरो आउने समस्या हुन सक्छ । कतिपयमा लक्षण नै हुँदैन र आफैँ ठिक भएर जान्छ । त्यसैले थाइराइड हुँदैमा जुनसुकै समयमा औषधि सेवन गर्नुहुँदैन । प्राय: भाइरल इन्फेक्सनका कारणले हुने थाइराइड आफैँ निको हुन्छ । हर्मोनकै गडबडीले हुने अर्को रोग भनेको अटोइम्युन थाइराइड डिजिज हो । हाम्रो रोगप्रतिरोधी शक्तिमा गडबडी हुँदा यसको समस्या हुन्छ ।
हर्मोन कम हुँदा
थाइराइड ग्रन्थिले हर्मोन कम उत्पादन गर्दा हुने समस्यालाई हासिमोटोज थाइराइड डिजिज भनिन्छ । हर्मोन कम हुँदा देखिने लक्षण :
थकावट धेरै हुने ।
अल्छिपना हुने ।
सुस्त हुने ।
स्मरणशक्ति कम हुँदै जाने ।
कपाल झर्ने, मोटाउने ।
जिउ सुन्निने, दुख्ने ।
महिलाहरूको महिनावारीमा गडबडी हुने ।
नि:सन्तानपनको समस्या हुने ।
कब्जियत हुने ।
छाला खस्रो हुने ।
छालाका रौँ परिवर्तन हुने हुन्छ ।
ठूलो हुने, बाहिर निस्कने हुन्छ ।

हर्मोन बढी हुादा
हर्मोन बढी हुने रोगलाई ग्रेप्सडिजिज भनिन्छ ।
पसिना धेरै आउने
मुटु ढुक–ढुक हुने,
आत्तिने,
दुब्लाउँदै जाने,
महिनावारी गडबडी हुने
गलगाँड देखिने ।
यी रोग आफैँ निको हुँदैनन् । यसका लागि जिन्दगीभर नै औषधि खाइरहनुपर्छ । औषधि ट्याब्लेट र विकिरणका रूपमा पनि हुन्छन् । कुनै गलगाँड देखिएको थाइराइडको उपचारमा अप्रेसन नै गर्नुपर्ने हुन्छ । केही केसमा भने गलगाँड देखिए पनि औषधि खाँदा निको हुन्छ । कहिलेकाहीँ आँखामा पनि असर गर्दछ ।
ग्रन्थिमा गलगााड पलाउने
आयोडिन कमी या बढी हुँदा, भाइरल इन्फेक्सन हुँदा, अटोइम्युन डिजिज हुँदा वा खानपानमा मिसावटले पनि ग्रन्थिमा गलगाँड पलाउँछ । विभिन्न किसिमका रासायनिक खाद्य सेवन, वातावरणीय विषादी र वंशाणुगत कारणले पनि यो रोग लाग्न सक्छ । यसमा हामीले क्यान्सर छ–छैन भनेर सचेत हुनुपर्छ ।
लक्षण
गलगाँड देखिने ।
घाँटी दुख्ने हुन्छ ।
ठूलो हुँदै जाँदा श्वास फेर्न गाह्रो हुने
खानाखान गाह्रो हुन्छ ।
उपचार विधि
गलगाँड मात्र छ भने अप्रेसन गरेर निकाल्ने ।
निगरानीमा राख्ने, बढ्दै गयो भने शल्यक्रिया गरी फाल्ने, नत्र त्यतिकै छाडिदिने । गलगाँडलाई वर्षमा एकपटक क्यान्सर भयो कि भनेर सुइजाँच गर्नुपर्छ ।
केही गलगाँड बढ्दै गएर क्यान्सर पनि हुन सक्छ ।
थाइराइड क्यान्सर
थाइराइड क्यान्सर अन्य क्यान्सरजस्तो डरलाग्दो हुँदैन । धेरैजसो यस्तो केसमा उपचार सहज हुन्छ । उपचारपछि यो पूर्ण रूपमा निको हुने क्यान्सर हो ।
लक्षण
थाइराइड क्यान्सरमा पनि गलगाँड पलाउने हुन्छ ।
स्वर परिवर्तन हुने
गलगाँड ठूलो भएर श्वास फेर्न गाह्रो हुने
खानानलीलाई असर गरेर खाना निल्न गह्रो हुने हुन्छ ।
जाँच गरेर हेर्दा क्यान्सर देखिन सक्छ ।
उपचार गर्दा सहजै निको भएपछि पनि नियमित औषधी खानुपर्छ ।
चिकित्सकको सम्पर्कमा रहिरहनुपर्छ ।
उपचार पहिले अप्रेसन गर्ने, औषधि नियमित खाने र नियमति फलोअप गर्नुपर्छ
थाइराइडसम्बन्धी बुझ्नुपर्ने कुरा
यो जीवनशैलीसम्बन्धी रोग होइन ।
अटोइम्युन थाइराइड वंशाणुगत थाइराइड हो ।
बन्दा काउली खानुँहुदैन भन्ने हल्ला हो । तर, एकजनाले दिनमा एक किलोभन्दा बढी खाएमा मात्र असर पर्छ ।
आयोडिन कमी वा बढी सेवन गर्नुहुँदैन ।
वंशाणुगत थाइराइड समस्या पुरुषभन्दा महिलामा बढी देखिन्छ ।
यो समस्या १० जना महिलामा देखिँदा पुरुष १ जनामा देखिएको छ ।
महिलालाई बढी देखिनुको कारण हर्मोनको परिवर्तन पुरुषभन्दा बढी महिलामा हुनुले हो ।

वंशाणुगत हुन्छ नै भन्ने छैन मधुमेह

के हो मधुमेह ?
रगतमा चिनीको मात्रा बढी हुनु नै मधुमेह हो । ग्रन्थीमा हुने कोषहरुले उत्पादन गर्ने इन्सुलिन भन्ने पदार्थ प्यांक्रियाजमा कम उत्पादन भयो भने या उत्पादन भएको इन्सुलिनले काम गरेन भने चिनीको मात्रा बढ्छ । रगतमा चिनीको मात्रा अनियन्त्रित भएमा अन्धोपन गराउने, मृगौलाले काम गर्न नसक्ने, पक्षघात गराउने तथा हृदयरोगको पनि अत्यधिक सम्भावना हुन्छ । प्राय: प्रौढ उमेरमा निम्तिने मधुमेह (चिनी रोग)को समस्या अहिले युवाअवस्थामै देखिन थालेको छ । कारण हुन्, वंशाणुगतदेखि व्यस्त जीवनशैली । जीवनशैली वेलैमा व्यवस्थित गर्न सके वंशाणुगत मधुमेह पनि रोकथाम र नियन्त्रण हुन्छ । सबैले जान्नुपर्ने एउटा महत्त्वपूर्ण कुरा के हो भने, मधुमेह सबैमा वंशाणुगत हुन्छ नै भन्ने हुँदैन ।

मधुमेहका चार प्रकार

प्रकार :  प्यांक्रियाजमा इन्सुलिन उत्पादन नै नभएर मधुमेह हुन सक्छ । यस्तो मधुमेह बच्चामा बढी देखिने गर्छ । रोग नियन्त्रणका लागि सुरुदेखि नै इन्सुलिन दिनुपर्ने हुन्छ । जीवनभर नै इन्सुलिन प्रयोग गर्नुपर्छ
प्रकार :  संसारमा यो प्रकारको मधुमेह भएका व्यक्ति धेरै छन् । महामारीका रूपमा फैलिँदै गएको यस प्रकारको मधुमेह वयस्कमा व्यापक देखिएको छ । जीवनशैली नै यो मधुमेहको मुख्य कारक देखिएको छ । खानपिन, मोटोपन, स्ट्रेस, व्यायाममा कमी मुख्य कारण हुन् । यस्ता व्यक्तिमा इन्सुलिन उत्पादन हुन्छ, तर निकै कम । उत्पादन भएको इन्सुलिनले काम पनि गर्न सक्दैन । तर, यो प्रकारको मधुमेह रोकथाम गर्न सकिन्छ । नियमित व्यायाम, सन्तुलित खानपान, तनाव कम लिने र मोटोपन नियन्त्रण गर्न सक्ने हो भने मधुमेह कम हुँदै जान्छ । कतिपयमा यो समस्या वंशाणुगत देखिएको छ । अहिले देखिएकोमा जीवनशैलीका कारण ५० प्रतिशत र वंशाणुगत ५० देखिएको छ । तर, वंंशजमा मधुमेह छ भन्दैमा पुस्तान्तरण हुन्छ नै भन्ने छैन । परिवारका नजिकका सदस्यमा समस्या छ भनेचाहिँ जीवनशैली व्यवस्थित बनाएर रोकथाम गर्न सकिन्छ । यो प्रकारको मधुमेह लाग्नै नदिन पनि सकिन्छ तर, एकपटक लागिसकेपछि पूर्ण निको भने गर्न सकिँदैन । नियन्त्रणमा राख्ने मात्रै हो । नियमित औषधि सेवन गर्नैपर्छ ।
प्रकार :  यो प्रकारको मधुमेह गर्भवती अवस्थामा देखिन्छ । पछि आफैँ ठीक हुन्छ । कसै–कसैलाई भने यो नियमित पनि हुन सक्छ । केही अवधिमा ठीक भएन भने यो प्रकारको मधुमेह दोस्रो प्रकारको मधुमेहका रूपमा परिवर्तन भएर जटिलता निम्तिन सक्छ ।
प्रकार :  प्यांक्रियाजमा भएको रोगका कारण या कतिपय औषधि सेवनका कारणले यो प्रकारणको मधुमेह हुन्छ । वंशाणुगत कारणले पनि हुन सक्छ ।
लक्षण
मधुमेह भएकामध्ये ५० प्रतिशतलाई मात्रै लक्षण देखिन सक्छ । अन्य ५० प्रतिशतमा रोगको कुनै लक्षण नदेखिन सक्छ । जटिल अवस्थामा पुगेपछि मात्रै थाहा हुन सक्छ । लक्षण नदेखिँदा मधुमेहले खतरा निम्त्याउँछ । रगत जाँच गरेपछि मात्रै मधुमेह छ/छैन थाहा हुन्छ । त्यसैले जोसुकैले पनि कम्तीमा वर्षमा एकपटक सुगर जाँच गराउनुपर्ने हुन्छ । चिकित्कसकले लक्षणका आधारमा नभएर ल्याब रिपोर्टका आधारमा रोग छ/छैन बुझ्न सक्छन् । देखिने लक्षण भने यस्ता छन् :
  • मुख सुक्खा हुने ।
  • पिसाब लागिरहने ।
  • धेरै भोक लाग्ने ।
  • तौल घट्ने ।
  • घाउ हत्तपत्त निको नहुने ।
  • हातगोडा झमझमाउने, निदाउने या गल्ने ।

नियन्त्रणमा नराखे…

  • मधुमेह वेलैमा नियन्त्रण नगरे अन्धोपना गराउन सक्छ ।
  • मिर्गाैलालाई काम गर्न नसक्ने बनाउँछ ।
  • हृदयरोगको जोखिम उच्च बनाइदिन्छ ।
  • शरीरका विभिन्न अंगको प्यारालाइसिस गराउन सक्छ ।
  • पैतालामा संक्रमण हुन सक्छ ।

इन्सुलिन किन प्रयोग गर्ने ?

मधुमेह जिन्दगीभरको रोग हो । यो रोग लागेपछि औषधि सेवन गर्नुको विकल्प नै छैन । औषधि सेवन र इन्सुलिन लिने दुई उपचार पद्धति छन् । तर, ५० प्रतिशत रोगीको रोग पत्ता लाग्दासम्म प्राय: इन्सुलिन उत्पादन गर्ने कोषहरूमा मधुमेह भइसकेको हुन्छ । यतिवेला कोषको संख्या ५० प्रतिशतले घटिसकेको हुन्छ । क्रमश: घट्दै गएर शून्यमै पुग्छन् । यतिवेला नचाहेर पनि इन्सुलिन लगाउनै पर्ने हुन्छ, तर लगाउनुको कुनै अर्थ नहुन सक्छ । कोष नष्ट भइसक्दाको अवस्थामा आँखा, मुटु या किड्नीलाई छोइसकेको हुन्छ । सुगर धेरै तल–माथि भइसकेको हुन्छ ।
इन्सुलिनको मात्रा बाँकी हुँदा नै यसको प्रयोग गर्न सक्यो भने बाँकी रहेका इन्सुलिन उत्पादन गर्ने कोष बचाउन सकिन्छ । दिनमा एक डोज दिए पुग्छ । मधुमेह नियन्त्रण गर्न सकियो भने खासै डराउनुपर्दैन । विश्वमा ८ वर्षको उमेरदेखि इन्सुलिन प्रयोग गरिरहेकाहरू अहिले ८८ वर्षको जीवन बाँचिरहेका छन् ।

जान्नैपर्ने कुरा

  • मधुमेह लाग्नै नदिन सकिन्छ ।
  • लागिसके पनि नियन्त्रणमा राख्न सकिन्छ ।
  • नियन्त्रणमा राख्न सके दीर्घकालमा ठूलो संकट व्यहोर्नुपर्दैन ।
  • वर्षमा एकपटक रगत परीक्षण गर्नैपर्छ ।
  • लक्षणका आधारमा आफूखुसी औषधि खानुहुँदैन ।
  • मधुमेहको शंका लागेमा चिकित्सकको परामर्श लिनुपर्छ ।
  • मधुमेह लागिसकेपछि चिकित्सकको सल्लाहमा जाँच गराइरहनुपर्छ ।

रोगीले खान नहुने

  • बढी गुलिया खानेकुरा ।
  • धेरै नुनिला खानेकुरा ।
  • मोटोपना बढाउने खानेकुरा ।
  • बढी चिल्लो पदार्थ भएका खाना ।
  • केरा, आँप, अंगुरजस्ता गुलिया फलफूल ।

रोगीले खान हुने

  • हरियो सलाद, काँक्रो, गोलभेँडा ।
  • भिजाएका गेडागुडी ।
  • नतारेका हरिया सागसब्जी ।
  • मुला, गाजर ।
- See more at: http://www.enayapatrika.com/2016/03/59304#sthash.8Wmr1Hmu.dpuf

Popular Posts