Welcome to EndocrinologyNepal

Endocrinology is a branch of internal medicine which deals with disorders related to hormonal imbalance. It includes not only diabetes and thyroid disorders but also deals with various diseases like hypogonadism, erectile dysfunction, infertility, hirsutism, gynecomastia, PCOS, pubertal disorders, obesity, short stature, tall stature, pituitary disorders, Cushing's syndrome, Pheochromocytoma, parathyroid disorders and metabolic bone diseases.

Endocrinology भनेको हर्मोन को गडबडीबाट हुने रोग सम्बन्धि क्षेत्र हो I हर्मोनको गडबडीका कारण निम्न समस्याहरु हुन सक्छन :
१. मधुमेह (Diabetes)
२. सुगर कम हुने रोग (Hypoglycemia)
३. थाईराइद रोग (Thyroid disorders)
४. महिनाबारीमा गडबड र निसन्तान (Infertility)
५. महिलाहरुको शरीरमा धेरै रौँ उम्रने (Hirsutism)
६. स्तनबाट दुध चुहिने (Galactorrhea)
७. पुरुषहरुमा स्तन बढ्ने (Gynaecomastia)
८. शरीरको उच्चाई नबढी पुड्को हुने (Short stature) वा धेरै अग्लो हुने (Tall Stature)
९. लिङ्ग वा अन्दकोश सानो हुने (Hypogonadism)
१०. यौन इच्छामा कमि आउने वा सम्भोग गर्न गार्हो हुने (Erectile Dysfunction)
११. यौबन अवस्था चांडो देखिने (Precocious puberty) वा ढिलो गरि देखिने (Delayed puberty)
१२. हड्डी बारम्बार टुट्ने , हड्डी बंगिने (Rickets), हड्डी सुन्निन्ने वा हड्डी खिइने (Osteoporosis)
१३. शरीरको मोटोपना बढ्ने(Obesity)
१४. बारम्बार मिर्गौलाको पत्थरी हुने(Kidney stones)
१५. सानो उमेरमा नै रक्तचाप बढ्ने वा रक्तचाप अचानक बढेर टाउको दुख्ने , बान्ता हुने र पसिना आउने
१६. लिङ्ग निर्धारण गर्न गार्हो हुने (Disorders of sexual development)

About Dr Ansu Mali Joshi

My photo
Kathmandu, Nepal
I am an endocrinologist, practising at Kathmandu, Nepal. I did my DM Endocrinology from the prestigious All India Institute of Medical sciences, New Delhi in 2011. DM Endocrinology is a 3 year superspecialized degree which is done after doing 3 years of MD Internal Medicine. Currently I work at KATHMANDU DIABETES & THYROID CENTER PVT LTD (01-5521969).

Saturday, December 10, 2016

प्रजनन उमेरका महिलाको रोग, जसले अनुहारमा रौं उमार्छ

पीसीओएस् अर्थात महिनावारी गडबडीका कारणहरु

हर्मोनको गडबडीका कारण पछिल्लो समय महिलाहरुमा विभिन्न रोग देखिन थालेका छन् । थाइराइड, मधुमेह बाहेक पनि हर्मोनको गडबढीकै कारण महिलाहरुमा देखिने अर्को ठूलो समस्या भनेको पीसीओएस् हो ।
यो रोगका बारेमा अझै पनि धेरै मानिसलाई थाहा नहुन सक्छ । यो रोग विशेषगरी प्रजनन उमेर समूह (२०-४०) वर्ष उमेर समूहका महिलामा बढी देखिने गर्छ । यो रोग लागेमा कोही महिलालाई निसन्तानपन देखिने गर्दछ ।
जब कि यसबारे पर्याप्त जानकारी प्राप्त गरी समयमै उपचार गरेको खण्डमा यो रोगबाट छुटकारासमेत पाउन सकिन्छ ।
के हो पिसीओएस् रोग ?
पिसीओएस् भनेको पोलिसिस्टिक ओभरी सिण्ड्रोम हो । यो हर्मोनको गडबढीका कारण हुने एक प्रकारको रोग हो । सामान्यतया, प्रत्येक महिलाहरुमा केही हदसम्म पुरुषको हर्मोन हुने गर्छ र प्रत्येक पुरुषमा केही मात्रामा महिलाको हर्मोन हुने गर्दछ ।
पोलिसिस्टिक ओभरी सिण्ड्रोम (पीसीओएस्) भएका महिलामा पुरुषको हर्मोन केही मात्रामा बढी हुने गर्दछ । जसले गर्दा महिलाहरुमा महिनावारीको गडवडी हुने, शरीर तथा अनुहारहरुमा रौं पलाउने, डण्डीफोर धेरै आउने, कपाल झर्ने, तौल बढ्दै जाने र भविष्यमा गएर उच्च रक्तचाप, उच्च कोलेस्ट्रोर तथा मधुमेहसँगै बढेर जाने लगायतको समस्या देखिने गर्दछ ।
कसैकसैमा भने यो रोगका कारण निःसन्तानपन एवं बाझोपनाको समस्या समेत आउने गर्छ ।
महिलाहरुमा भएको हर्मोनको रोग मध्य पीसीओएस् रोग साधारण समस्यामध्येमा पर्छ । यो थाइरोइडपछिको महिलामा देखिने दोस्रो ठूलो समस्या हो । यो समस्या महिलाहरुमध्ये पनि धेरैलाई हुने गर्दछ ।के हुन् लक्षण ?
मूलतः यो समस्या महिलाहरु किशोरावस्थामा प्रवेश गरेसँगै सुरु हुने गर्दछ । जसलाई हामी सामान्य भाषामा महिनावारीको गडवडी पनि भन्ने गर्दछौं । २० देखि ४० वर्षका युवामा बढीमात्रामा देखिने यो रोग विशेषगरी प्रजनन उमेरका महिलाहरुमा बढी हुने गर्दछ ।
पीसीओएस् हुने कारण के हो ?
महिलाहरुमा पीसीओएस् विभिन्न कारणले हुने गर्दछ । जसमध्य वंशज एउटा कारण हो । यदि आमालाई यो रोग लागेमा ऊबाट जन्मिएका छोरीहरुमा पनि यो समस्या देखिने गर्दछ ।
खानपिन, आधुनिक जीवनशैलीका कारण तथा मोटोपना हुने मानिसमा पनि यो समस्या देखिने गर्दछ ।
त्यस्तै, वातावरणीय प्रदुषण, खानामा मिसावट, विभिन्न विषाक्त रसायनको प्रयोगले पनि यो लगायत विभिन्न प्रकारका हर्मोनका रोग निम्तिने गर्दछ ।
के यो रोग पुरानो रोग हो ?
त्यसो त यो रोग पुरानै मानिन्छ । नेपालमा किन नयाँ देखियो भने पहिले पहिले मानिसहरुलाई यसबारे धेरै जानकारी हुँदैनथ्यो । यो सम्बन्धी विशेषज्ञहरुको कमी हुँदा यो रोग पत्ता लगाउन कठिन हुने गर्दथ्यो ।
अहिले हर्मोनका विशेषज्ञ नेपालमा उपलब्ध हुन थालेपछि तथा यस सम्बन्धि जाँच तथा उपचार हुन थालेपछि यो रोग बढेको देखिन्छ । तर, यर्थाथमा भन्नु पर्दा यो पहिलेदेखि नै भइरहेको रोगमध्यको एक हो ।
यो रोग हर्मोनको गडबडीका कारणले हुने भए पनि यसमा र थाइराइड रोग बीच खासै कुनै सम्बन्ध रहँदैन । यी दुवै भिन्नाभिन्नै रोगहरु मध्यमा पर्दछ । तथापि थाइराइड रोग महिलामा बढी देखिने र यो रोग पनि महिलाहरुसितै सम्बन्धित हुने भएकाले थाइराइड रोग भएकाहरुलाई पीसीओएस् हुने सम्भावना पनि बढी मात्रामा रहने गर्छ ।
कसरी गर्न सकिन्छ रोकथाम ?
बंशजका कारण यदि कसैलाई यो रोग लागेको छ भन्ने त्यसको रोकथाम गर्न सकिन्न । तर, वातावरणीय कारण जस्तै, खानपिन, आधुनिक जीवनशैलीका कारण हो भने जीवनशैली परिवर्तन गर्न लगाएर, तौल घटाएर पनि केहीहदसम्म यो रोगको लक्षण कम गर्न सकिन्छ ।
त्यस्तै, रसायन प्रयोग भएको खानेकुरा, सागसब्जी, फलफूल, माछामासुको पहिचान गरी त्यस कुराको न्यून सेवनले पनि यो रोग लाग्नबाट आफूलाई बचाउन सकिन्छ ।
उपचार विधि
सामान्यतः यसको उपचार लक्षणमा भर पर्ने गर्दछ । मानिसको लक्षण अनुसार नै चिकित्सकहरुले विभिन्न विधिद्वारा यसको उपचार गर्छन् । त्यसबाहेक यी कुरा गरेमा पनि यसको उपचार गर्न सम्भव हुन्छ ।
१. त्यसका लागि पहिलो कुुरा भनेको तौल घटाउने नै हो । त्यसको लागि खानपिनमा ध्यान दिन तथा व्यायाम जरुरी छ ।
२. सामान्यतया कुनै महिलामा पुरुषको हर्मोन बढी भएमा त्यसले महिनावारी गडबडी गराउँछ । त्यस्तो परिस्थितिमा औषधीको माध्यमद्वारा चिकित्सकले बाहिरैबाट उक्त महिलालाई महिलाको हर्मोन सेवन गराएर पनि महिनावारी सुचारु ग्ाराउर्ने गरिन्छ ।
३. कसैमा यो रोगको कारण शरीर तथा अनुहारमा रौं पलाउने समस्या देखिएमा हर्मोनको औषधिद्वारा पनि यसको उपचार गरिन्छ ।
४. कोहीमा निसन्तानपन देखिएमा महिलाहरुलाई पाठेघरमा अण्डा राम्रो बनाउने औषधि सेवन गर्न लगाएर तथा अण्डालाई समयमा फुटाउने औषधि दिएर पनि निसन्तानपनको उपचार गरिन्छ ।
यस अर्थमा यसको उपचार सम्भव रहेको चिकित्सकको भनाई छ ।
यद्यपी कसैलाई पीसीओएस् भए नभएको कुरा त्यसको लक्षणबाट नै थाहा पाउन सकिन्छ । जसमा महिनावारीको गडबढी नै प्रमुख हो । वर्षमा कम्तीमा पनि ८ साइकल भन्दा कम महिनावारी भएमा त्यसलाई यो रोग लागेको शंका गरिन्छ ।
त्यस्तै, दण्डीफोर तथा रौं धेरै आएमा तथा विवाह भएको केही समयसम्म पनि निसन्तान देखिएमा यो रोयग लागेको शंका हुन्छ ।
त्यसबाहेक, पुरुषको हर्मोन धेरै हुने ‘टेस्टेस्ट्रोन’, ‘डिएच्एस्’ हर्मोनको चेकजाँचमार्फत पनि यो रोग लागे नलागेको पत्ता लगाउन सकिन्छ । भने अण्डासयको अल्ट्रासाउण्डमार्फत अण्डाशयमा सिस्ट भए , नभएको हेरेर पनि यो रोग पत्ता लाग्ने गर्दछ ।

No comments:

Post a Comment

Popular Posts