Welcome to EndocrinologyNepal

Endocrinology is a branch of internal medicine which deals with disorders related to hormonal imbalance. It includes not only diabetes and thyroid disorders but also deals with various diseases like hypogonadism, erectile dysfunction, infertility, hirsutism, gynecomastia, PCOS, pubertal disorders, obesity, short stature, tall stature, pituitary disorders, Cushing's syndrome, Pheochromocytoma, parathyroid disorders and metabolic bone diseases.

Endocrinology भनेको हर्मोन को गडबडीबाट हुने रोग सम्बन्धि क्षेत्र हो I हर्मोनको गडबडीका कारण निम्न समस्याहरु हुन सक्छन :
१. मधुमेह (Diabetes)
२. सुगर कम हुने रोग (Hypoglycemia)
३. थाईराइद रोग (Thyroid disorders)
४. महिनाबारीमा गडबड र निसन्तान (Infertility)
५. महिलाहरुको शरीरमा धेरै रौँ उम्रने (Hirsutism)
६. स्तनबाट दुध चुहिने (Galactorrhea)
७. पुरुषहरुमा स्तन बढ्ने (Gynaecomastia)
८. शरीरको उच्चाई नबढी पुड्को हुने (Short stature) वा धेरै अग्लो हुने (Tall Stature)
९. लिङ्ग वा अन्दकोश सानो हुने (Hypogonadism)
१०. यौन इच्छामा कमि आउने वा सम्भोग गर्न गार्हो हुने (Erectile Dysfunction)
११. यौबन अवस्था चांडो देखिने (Precocious puberty) वा ढिलो गरि देखिने (Delayed puberty)
१२. हड्डी बारम्बार टुट्ने , हड्डी बंगिने (Rickets), हड्डी सुन्निन्ने वा हड्डी खिइने (Osteoporosis)
१३. शरीरको मोटोपना बढ्ने(Obesity)
१४. बारम्बार मिर्गौलाको पत्थरी हुने(Kidney stones)
१५. सानो उमेरमा नै रक्तचाप बढ्ने वा रक्तचाप अचानक बढेर टाउको दुख्ने , बान्ता हुने र पसिना आउने
१६. लिङ्ग निर्धारण गर्न गार्हो हुने (Disorders of sexual development)

About Dr Ansu Mali Joshi

My photo
Kathmandu, Nepal
I am an endocrinologist, practising at Kathmandu, Nepal. I did my DM Endocrinology from the prestigious All India Institute of Medical sciences, New Delhi in 2011. DM Endocrinology is a 3 year superspecialized degree which is done after doing 3 years of MD Internal Medicine. Currently I work at KATHMANDU DIABETES & THYROID CENTER PVT LTD (01-5521969).

Saturday, December 10, 2016

के हो मधुमेह रोग ? कसरी जोगिने ?

रगतमा चिनीको मात्रा आवश्यकता भन्दा बढी हुने अवस्थालाई चाहि मधुमेह अर्थात चिनीरोग भएको भन्दछौँ । हाम्रो शरीरमा इन्सुलिन भन्ने हर्मोन हुन्छ । यो हर्मोन पेटमा अर्थात पेङक्रियाजले उत्पादन गर्छ ।
यसको उत्पादन कम भयो भने या हर्मोनले राम्रोसंग काम गर्ने अवस्था भएन भने रगतमा चिनीको मात्रा बढ्छ । रगतमा चिनीको मात्रा बढेपछि यसलाई हामी मधुमेह रोग लागेको भन्दछौँ । यसको समयमा सहि उपचार हुन सकेन भने बिभिन्न जटिलताहरु ल्याउँछ । विश्वमा ८.६ प्रतिशत मानिसलाई मधुमेह रोग लागेको अनुमान छ । नेपालमा पनि मधुमेहबाट प्रभावितहरुको प्रतिशत त्यहि हाराहारीमा रहेको अनुमान छ ।
हामीले गतवर्ष केही ठाँउमा गरेको स्क्रिनिङको तथ्यांक केलाउँदा परीक्षण गरिएका मध्ये ८.४ प्रतिशतमा मधुमेहरोग देखिएको थियो । गतवर्ष हामीले चितवन, भक्तपुर, काठमाडौँ र ललिपतुरमा स्क्रिनिङ क्याम्प राखेका थियौँ ।
मधुमेह रोग लागेको थाह पाउने मापदण्ड के ?
सामान्यतया स्वस्थ मान्छेमा खाली पेटमा रगतको जाँच गर्दा सुगर लेभल १०० भन्दा कम या कुनै पनि बेला अर्थात रेन्डम जाँच गर्दा १४० भन्दा कम हुनुपर्छ ।
मधुमेह रोग लाग्यो भन्नलाई खाली पेटको जाँच गर्दा सुगर लेभल १२६ भन्दा माथि र खाना खाएपछि २०० भन्दा माथि पुग्नु पर्छ । यो बीचको लेभल अर्थात खाली पेटमा १०० देखि १२५ सम्मको अवस्था र खाना पछिको १२६ देखि १९९ सम्मको अवस्थालाई प्रि डायबिटिजको अवस्था अर्थात मधुमेह हुने सम्भावना भएको अवस्था भनेर बुझ्नु पर्छ ।
मधुमेह बच्चा, बयस्क र बृद्ध जुनसुकै उमेरमा लाग्न सक्छ 
मधुमेह दुई किसिमको हुन्छ । टाइप वान (प्रकार एक) र टाइप टू (प्रकार दुई) । प्रकार एक वाला मधुमेह बच्चाहरुमा देखिन्छ । यो प्रकारको मधुमेहमा शरीरमा इन्सुलिनको उत्पादन बन्द नै हुन्छ । अर्थात बाँच्नका लागि इन्सुलिन दिनैपर्छ । औषधिले काम गर्दैन । यो जन्मजात भन्न मिल्दैन जन्मेको केही बर्षपछि बच्चाहरुमा यस्तो अवस्था देखिन्छ ।
प्रकार दुई वाला मधुमेह अलि उमेर भएपछि देखिन्छ । तर हिजोआजको जीवनशैली र खानपानका कारण कम उमेरमै पनि यस्तो देखिएको छ । अहिले बच्चाहरुमै मोटो पन बढेकोले प्रकार दुईवाला मधुमेह देखिन थालेको बताइन्छ । नेपालमा पनि यसको प्रभाव देखिन थालिसकेको छ ।
मधुमेहको लक्षण सबैमा देखिदैन
मधुमेह रोग पहिल्यै लक्षण देखिएर लाग्न पनि सक्छ, लक्षण विना नै लाग्न पनि सक्छ । विभिन्न अनुसन्धानले के देखाएको छ भने मधुमेह भएकाहरुमध्ये झण्डै ५० प्रतिशतले आफूलाई मधुमेह भएको छ भनेरै थाह पाउन सक्दैनन् । किनभने लक्षण नै हुँदैन् कतिपयलाई ।
पिसाव लाग्ने, पानी प्यास लाग्ने, खान बढी मन लाग्ने जस्ता जुन प्रमुख लक्षण भन्छौँ आधा जसोमा त्यो लक्षण नै हुँदैन । त्यसैले जति मधुमेहका रोगी छन आधालाई रोग भएको थाह छैन भन्ने अनुमान छ ।
मधुमेहले महिला पुरुष भनेर भेदभाव गर्दैन । न धनी गरीब, न त जात धर्म बर्ण, न उमेर र लिंग सबैमा यो रोग देखिन्छ । यदी समयमै सतर्कता अपनाइएन भने ।
मधुमेह हो भनेर चिन्ने लक्षण के के हुन् ? कसरी थाह पाउने त ?
मैले फेरी पनि भने मधुमेह रोगको लक्षणहरु हुन पनि सक्छ नहुन पनि सक्छ तर केही लक्षणहरु यसप्रकार छन् ।
  • खाना रुचेर पनि तौल घटदै जाने ।
  • पिसाव सामान्य भन्दा धेरै पटक लाग्ने ।
  • मुख सुख्खा हुने, प्यास धेरै लाग्ने
  • भोक बढी लाग्ने तर दुव्लाउदै जाने
  • कमजोरी हुने र खुट्टाहरु झम्झमाउने
  • खुट्टाहरु पोल्ने
  • पिसावमा कमिलाहरु देखिने
  • घाउहरु छिटो निको नहुने
धेरै जनाले सोध्नुहुन्छ धेरै पटक पिसाव भनेको कति पटक हो ? तर म के भन्छु भने सामान्य भन्दा बढी अर्थात दिनमा दुई तीन पटक पिसाव हुन्थ्यो भने अव चाहि ८ -१० पटक लाग्न थाल्यो भने मधुमेहको शंका गर्नुपर्छ । रातीमा पनि दुई तिन पटक उठन परयो भने शंका गर्नुपर्छ ।
हरेक स्वस्थ मानिसले बर्षमा एक पटक मधुमेहको जाँच गराउनै पर्छ
लक्षणको आधारमा यसको पहिचान सहज हुने भयो तर लक्षण नदेखिकन रोग लाग्यो भने समस्या पर्छ । त्यसैले हरेक स्वस्थ मानिसले बर्षको एक पटक रुटिन टेष्ट गराउनुपर्छ । हरेक व्यक्तिले ३० बर्षको उमेर कटेपछि बर्षमा एक पटक मधुमेहको जाँच गराउनुपर्छ ।
मधुमेह नियन्त्रण भएन भने के हुन्छ ? 
मधुमेह भएर नियन्त्रणमा राख्न सक्नु भएन भने यसले धेरै अंगलाई असर गर्न सक्छ । टाउको देखि खुट्टासम्म त्यममध्ये प्राय देखिने एउटा असर भनेको आँखामा हुने गर्छ । आँखाको पर्दालाई असर गर्छ । त्यहाँ असर गरेर रगत जम्छ । त्यसपछि त्यो आँखा च्यातिने र अन्धोपनमा हुन जाँने हुन्छ । नेपालमा मधुमेहका कारणले हुनसक्ने अन्धोपनको सम्भावना २५ गुना बढी हुन्छ ।
अर्को असर मिर्गौलामा असर गर्छ । मिर्गौलाबाट प्रोटिन लिक गराएर मिर्गौला फेल हुने सम्भावना पाँच गुनाले बढ्छ । मुटु हृदयघात, मस्तिस्कघात हुने सम्भावना दोव्वर हुन्छ ।पक्षघाते सम्भावन पनि धेरै नै हुन्छ ।
त्यसपछि खुट्टाको नसालाई समेत असर गरेर खुटाको घाउन निको नहुने र खुटामा काटनुपर्ने सम्भावना २० गुना बढी हुन्छ । यी मुख्य हुन तर अन्य फुटकर असरहरु भई रहन्छ ।
यसले पिसावमा इन्फेक्सन हुने सम्भावना बढाउछ । पिसाव वा निमोनियाहरु भईरहन्छ ।
अन्य संक्रमणहरु 
पेटको समस्या भइरहने , कसैलाई झाडा पखला, कसैलाई कब्जियत भइरहने हुन्छ । कसैलाई उल्टी भरहने । कसैलाई डिप्रेसन पनि ल्याउन सक्छ ।
यसकै कारणले कतिपयमा यौन इच्छामा कमी आउने या यौन दुर्बलता बढाउने सम्भावना पनि बढी हुन्छ ।
के कारणले हुन्छ मधुमेह ?
प्रकार दुई मधुमेह मुख्य त दुई प्रकारले हुन्छ । एउटा बंशजको आधार अर्थात परिबारको एक सदस्यलाई भयो भने त्यो जिनको आधारमा सन्तानहरुमा देखिने । यस्तो सम्भावना ५० प्रतिशत रहन्छ ।
अर्को भनेको जीवन शैली नै हो । त्यो भनेको मोटोपन नियन्त्रण हुन नसक्ने, व्यायममा कमी, खानपानमा गडबढी नै हो । चिल्लो गुलियो र क्यालोरी भएको खानेकुरा नै दुम्मन हुन ।
बंषाणुगत समस्या भएपनि जीवन शैली सुधार्नु भयो भने नरहने सम्भावना पनि हुन्छ । तर मेरो बंशजमा छैन भनेर जीवन शैली सुधारेन भने हुने सम्भावना बढि हुन्छ ।
मधुमेह विरामीले खानपान र जीवनशैलीमा गर्नुपर्ने सुधार ? 
सामान्य खानपान अपनाउनु नै राम्रो हो । तर त्यसमा बिचार पुरयाउनुपर्छ । क्यालोरी भएको चिज अर्थात भात, मैदा, आलु, गुलियो चिल्लो फ्याट बढी हुने चिजहरुको कम सेवन गर्नु राम्रो ।
व्यायम नियमीत हुनुपरयो । व्याडमिन्टन, खेल खेल्नुस , दिनमा आधा घण्टा हिड्नुस । अरु शारीरिक परिश्रम गर्नुहोस् ।
- See more at: http://www.nepalihealth.com/2016/11/14/12547/#sthash.9tcfUlZZ.L2PgrDxz.dpuf

No comments:

Post a Comment

Popular Posts