के हो मधुमेह ?
रगतमा चिनीको मात्रा बढी हुनु नै मधुमेह हो । ग्रन्थीमा हुने कोषहरुले उत्पादन गर्ने इन्सुलिन भन्ने पदार्थ प्यांक्रियाजमा कम उत्पादन भयो भने या उत्पादन भएको इन्सुलिनले काम गरेन भने चिनीको मात्रा बढ्छ । रगतमा चिनीको मात्रा अनियन्त्रित भएमा अन्धोपन गराउने, मृगौलाले काम गर्न नसक्ने, पक्षघात गराउने तथा हृदयरोगको पनि अत्यधिक सम्भावना हुन्छ । प्राय: प्रौढ उमेरमा निम्तिने मधुमेह (चिनी रोग)को समस्या अहिले युवाअवस्थामै देखिन थालेको छ । कारण हुन्, वंशाणुगतदेखि व्यस्त जीवनशैली । जीवनशैली वेलैमा व्यवस्थित गर्न सके वंशाणुगत मधुमेह पनि रोकथाम र नियन्त्रण हुन्छ । सबैले जान्नुपर्ने एउटा महत्त्वपूर्ण कुरा के हो भने, मधुमेह सबैमा वंशाणुगत हुन्छ नै भन्ने हुँदैन ।
मधुमेहका चार प्रकार
प्रकार : १ प्यांक्रियाजमा इन्सुलिन उत्पादन नै नभएर मधुमेह हुन सक्छ । यस्तो मधुमेह बच्चामा बढी देखिने गर्छ । रोग नियन्त्रणका लागि सुरुदेखि नै इन्सुलिन दिनुपर्ने हुन्छ । जीवनभर नै इन्सुलिन प्रयोग गर्नुपर्छ
प्रकार : २ संसारमा यो प्रकारको मधुमेह भएका व्यक्ति धेरै छन् । महामारीका रूपमा फैलिँदै गएको यस प्रकारको मधुमेह वयस्कमा व्यापक देखिएको छ । जीवनशैली नै यो मधुमेहको मुख्य कारक देखिएको छ । खानपिन, मोटोपन, स्ट्रेस, व्यायाममा कमी मुख्य कारण हुन् । यस्ता व्यक्तिमा इन्सुलिन उत्पादन हुन्छ, तर निकै कम । उत्पादन भएको इन्सुलिनले काम पनि गर्न सक्दैन । तर, यो प्रकारको मधुमेह रोकथाम गर्न सकिन्छ । नियमित व्यायाम, सन्तुलित खानपान, तनाव कम लिने र मोटोपन नियन्त्रण गर्न सक्ने हो भने मधुमेह कम हुँदै जान्छ । कतिपयमा यो समस्या वंशाणुगत देखिएको छ । अहिले देखिएकोमा जीवनशैलीका कारण ५० प्रतिशत र वंशाणुगत ५० देखिएको छ । तर, वंंशजमा मधुमेह छ भन्दैमा पुस्तान्तरण हुन्छ नै भन्ने छैन । परिवारका नजिकका सदस्यमा समस्या छ भनेचाहिँ जीवनशैली व्यवस्थित बनाएर रोकथाम गर्न सकिन्छ । यो प्रकारको मधुमेह लाग्नै नदिन पनि सकिन्छ तर, एकपटक लागिसकेपछि पूर्ण निको भने गर्न सकिँदैन । नियन्त्रणमा राख्ने मात्रै हो । नियमित औषधि सेवन गर्नैपर्छ ।
प्रकार : ३ यो प्रकारको मधुमेह गर्भवती अवस्थामा देखिन्छ । पछि आफैँ ठीक हुन्छ । कसै–कसैलाई भने यो नियमित पनि हुन सक्छ । केही अवधिमा ठीक भएन भने यो प्रकारको मधुमेह दोस्रो प्रकारको मधुमेहका रूपमा परिवर्तन भएर जटिलता निम्तिन सक्छ ।
प्रकार : ४ प्यांक्रियाजमा भएको रोगका कारण या कतिपय औषधि सेवनका कारणले यो प्रकारणको मधुमेह हुन्छ । वंशाणुगत कारणले पनि हुन सक्छ ।
लक्षण
मधुमेह भएकामध्ये ५० प्रतिशतलाई मात्रै लक्षण देखिन सक्छ । अन्य ५० प्रतिशतमा रोगको कुनै लक्षण नदेखिन सक्छ । जटिल अवस्थामा पुगेपछि मात्रै थाहा हुन सक्छ । लक्षण नदेखिँदा मधुमेहले खतरा निम्त्याउँछ । रगत जाँच गरेपछि मात्रै मधुमेह छ/छैन थाहा हुन्छ । त्यसैले जोसुकैले पनि कम्तीमा वर्षमा एकपटक सुगर जाँच गराउनुपर्ने हुन्छ । चिकित्कसकले लक्षणका आधारमा नभएर ल्याब रिपोर्टका आधारमा रोग छ/छैन बुझ्न सक्छन् । देखिने लक्षण भने यस्ता छन् :
मधुमेह भएकामध्ये ५० प्रतिशतलाई मात्रै लक्षण देखिन सक्छ । अन्य ५० प्रतिशतमा रोगको कुनै लक्षण नदेखिन सक्छ । जटिल अवस्थामा पुगेपछि मात्रै थाहा हुन सक्छ । लक्षण नदेखिँदा मधुमेहले खतरा निम्त्याउँछ । रगत जाँच गरेपछि मात्रै मधुमेह छ/छैन थाहा हुन्छ । त्यसैले जोसुकैले पनि कम्तीमा वर्षमा एकपटक सुगर जाँच गराउनुपर्ने हुन्छ । चिकित्कसकले लक्षणका आधारमा नभएर ल्याब रिपोर्टका आधारमा रोग छ/छैन बुझ्न सक्छन् । देखिने लक्षण भने यस्ता छन् :
- मुख सुक्खा हुने ।
- पिसाब लागिरहने ।
- धेरै भोक लाग्ने ।
- तौल घट्ने ।
- घाउ हत्तपत्त निको नहुने ।
- हातगोडा झमझमाउने, निदाउने या गल्ने ।
नियन्त्रणमा नराखे…
- मधुमेह वेलैमा नियन्त्रण नगरे अन्धोपना गराउन सक्छ ।
- मिर्गाैलालाई काम गर्न नसक्ने बनाउँछ ।
- हृदयरोगको जोखिम उच्च बनाइदिन्छ ।
- शरीरका विभिन्न अंगको प्यारालाइसिस गराउन सक्छ ।
- पैतालामा संक्रमण हुन सक्छ ।
इन्सुलिन किन प्रयोग गर्ने ?
मधुमेह जिन्दगीभरको रोग हो । यो रोग लागेपछि औषधि सेवन गर्नुको विकल्प नै छैन । औषधि सेवन र इन्सुलिन लिने दुई उपचार पद्धति छन् । तर, ५० प्रतिशत रोगीको रोग पत्ता लाग्दासम्म प्राय: इन्सुलिन उत्पादन गर्ने कोषहरूमा मधुमेह भइसकेको हुन्छ । यतिवेला कोषको संख्या ५० प्रतिशतले घटिसकेको हुन्छ । क्रमश: घट्दै गएर शून्यमै पुग्छन् । यतिवेला नचाहेर पनि इन्सुलिन लगाउनै पर्ने हुन्छ, तर लगाउनुको कुनै अर्थ नहुन सक्छ । कोष नष्ट भइसक्दाको अवस्थामा आँखा, मुटु या किड्नीलाई छोइसकेको हुन्छ । सुगर धेरै तल–माथि भइसकेको हुन्छ ।इन्सुलिनको मात्रा बाँकी हुँदा नै यसको प्रयोग गर्न सक्यो भने बाँकी रहेका इन्सुलिन उत्पादन गर्ने कोष बचाउन सकिन्छ । दिनमा एक डोज दिए पुग्छ । मधुमेह नियन्त्रण गर्न सकियो भने खासै डराउनुपर्दैन । विश्वमा ८ वर्षको उमेरदेखि इन्सुलिन प्रयोग गरिरहेकाहरू अहिले ८८ वर्षको जीवन बाँचिरहेका छन् ।
जान्नैपर्ने कुरा
- मधुमेह लाग्नै नदिन सकिन्छ ।
- लागिसके पनि नियन्त्रणमा राख्न सकिन्छ ।
- नियन्त्रणमा राख्न सके दीर्घकालमा ठूलो संकट व्यहोर्नुपर्दैन ।
- वर्षमा एकपटक रगत परीक्षण गर्नैपर्छ ।
- लक्षणका आधारमा आफूखुसी औषधि खानुहुँदैन ।
- मधुमेहको शंका लागेमा चिकित्सकको परामर्श लिनुपर्छ ।
- मधुमेह लागिसकेपछि चिकित्सकको सल्लाहमा जाँच गराइरहनुपर्छ ।
रोगीले खान नहुने
- बढी गुलिया खानेकुरा ।
- धेरै नुनिला खानेकुरा ।
- मोटोपना बढाउने खानेकुरा ।
- बढी चिल्लो पदार्थ भएका खाना ।
- केरा, आँप, अंगुरजस्ता गुलिया फलफूल ।
रोगीले खान हुने
- हरियो सलाद, काँक्रो, गोलभेँडा ।
- भिजाएका गेडागुडी ।
- नतारेका हरिया सागसब्जी ।
- मुला, गाजर ।
No comments:
Post a Comment