Welcome to EndocrinologyNepal

Endocrinology is a branch of internal medicine which deals with disorders related to hormonal imbalance. It includes not only diabetes and thyroid disorders but also deals with various diseases like hypogonadism, erectile dysfunction, infertility, hirsutism, gynecomastia, PCOS, pubertal disorders, obesity, short stature, tall stature, pituitary disorders, Cushing's syndrome, Pheochromocytoma, parathyroid disorders and metabolic bone diseases.

Endocrinology भनेको हर्मोन को गडबडीबाट हुने रोग सम्बन्धि क्षेत्र हो I हर्मोनको गडबडीका कारण निम्न समस्याहरु हुन सक्छन :
१. मधुमेह (Diabetes)
२. सुगर कम हुने रोग (Hypoglycemia)
३. थाईराइद रोग (Thyroid disorders)
४. महिनाबारीमा गडबड र निसन्तान (Infertility)
५. महिलाहरुको शरीरमा धेरै रौँ उम्रने (Hirsutism)
६. स्तनबाट दुध चुहिने (Galactorrhea)
७. पुरुषहरुमा स्तन बढ्ने (Gynaecomastia)
८. शरीरको उच्चाई नबढी पुड्को हुने (Short stature) वा धेरै अग्लो हुने (Tall Stature)
९. लिङ्ग वा अन्दकोश सानो हुने (Hypogonadism)
१०. यौन इच्छामा कमि आउने वा सम्भोग गर्न गार्हो हुने (Erectile Dysfunction)
११. यौबन अवस्था चांडो देखिने (Precocious puberty) वा ढिलो गरि देखिने (Delayed puberty)
१२. हड्डी बारम्बार टुट्ने , हड्डी बंगिने (Rickets), हड्डी सुन्निन्ने वा हड्डी खिइने (Osteoporosis)
१३. शरीरको मोटोपना बढ्ने(Obesity)
१४. बारम्बार मिर्गौलाको पत्थरी हुने(Kidney stones)
१५. सानो उमेरमा नै रक्तचाप बढ्ने वा रक्तचाप अचानक बढेर टाउको दुख्ने , बान्ता हुने र पसिना आउने
१६. लिङ्ग निर्धारण गर्न गार्हो हुने (Disorders of sexual development)

About Dr Ansu Mali Joshi

My photo
Kathmandu, Nepal
I am an endocrinologist, practising at Kathmandu, Nepal. I did my DM Endocrinology from the prestigious All India Institute of Medical sciences, New Delhi in 2011. DM Endocrinology is a 3 year superspecialized degree which is done after doing 3 years of MD Internal Medicine. Currently I work at KATHMANDU DIABETES & THYROID CENTER PVT LTD (01-5521969).

Saturday, December 10, 2016

मधुमेहको पहिचान गरौं

मधुमेह विशाल र बढ्दो भारको रूपमा विकास भैरहेको छ । अहिले संसारभरिका करिब ४२ करोड मानिसहरू मधुमेह रोगबाट पीडित छन् । सन् २०४० सम्म ६४ करोड मधुमेहीको संख्या पुग्ने अनुमान गरिन्छ । हाल विश्वमा रहेका ११ जना मानिसहरूमध्ये १ जना मानिस मधुमेहबाट पीडित छन् । ५० प्रतिशतभन्दा पनि बढी मधुमेहीको संख्या अहिले पश्चिमी प्रशान्त महासागरीय क्षेत्र र दक्षिण—पूर्वी एसियामा छ । करिब ८० प्रतिशत मधुमेहका रोगीहरू विकासोन्मुख गरिब देशहरूमा छन् । बढ्दो मोटोपनको कारणले गर्दा बच्चाहरूमा पनि मधुमेह देखिँदैछ । तथ्यांक अनुसार नेपालमा कुल जनसंख्याको करिब ८.४ प्रतिशत जनसंख्या मधुमेही छन् । 

अहिले संसारमा ५० लाख मानिसहरूको मधुमेहको कारण वर्षेनि मृत्यु भैराखेको छ । हरेक ६ सेकेन्डमा १ जनाको मृत्यु हुने गर्छ । मधुमेहमा यति धेरै चासो हुनुका कारण अहिले संसारभर महामारीको रूपमा फैलिँदै गएको हुनाले उपयोगी जनशक्तिमा कमी आउने हुनाले, बेलैमा ध्यान नदिँदा उपचार महँगो पर्नजाने हुनाले र मृत्युदर बढी हुनाले हो । कुनै पनि देश, वर्ग, जाति, धनी—गरिब, पुरुष वा महिला, बालक, वृद्धसमेत यस रोगबाट अछुतो छैनन् । 
अहिले पनि मधुमेहीहरूमध्ये ५० प्रतिशतमा आफूलाई मधुमेह लागेको जानकारी छैन । लक्षण सबैलाई नहुने हुनाले धेरै मानिसलाई लामो समयसम्म मधुमेह भैराखेको हुनसक्छ र जब यो पत्ता लाग्छ, त्यो बेलासम्म यसको दीर्घकालीन असरहरू देखा परिसकेको हुनसक्छ । प्रत्येक व्यक्तिले स्वस्थ जीवनशैली अपनाएमा ७० प्रतिशत मधुमेह रोकथाम गर्न सकिन्छ र सन् २०४० सम्म मधुमेही रोगीको संख्यामा १६ करोडले कमी ल्याउन सकिन्छ । यो वर्ष २०१६ को विश्व मधुमेह दिवसको मुद्दा ‘मधुमेहमा नजर राख्ने’ राखिएको छ । यो वर्षको मुख्य सन्देश भनेको मधुमेहको लागि एकपटक भए पनि टेष्ट गरेर यसको दीर्घकालीन जटिलताबाट बचौं भन्ने छ । अहिले पनि संसारमा करिब ३० करोड मानिसलाई मधुमेह भएर पनि थाहा नभएको हुनाले उनीहरूलाई परीक्षण गर्नुपर्ने धेरै आवश्यकता देखिन्छ । 
विश्वमा अहिले वर्षेनि ६.७३ खर्ब अमेरिकी डलर मधुमेह र यसको जटिलताहरूको उपचारमा खर्च भैराखेको छ । जति मधुमेहको जटिलता बढ्छ, उति उपचार खर्च महँगो पर्न जान्छ । अहिले संसारमा हरेक हप्ता मधुमेहका कारण १४० जनाको खुट्टा काट्नुपर्ने अवस्था छ भने १४०० जनालाई मुटुले राम्रो काम नगरेको अवस्था र ५४० जनालाई पक्षाघात भैरहेको अवस्था छ । त्यस्तै मधुमेह नियन्त्रणमा नराखे अन्धोपनको सम्भावना २५ गुणा बढी र मिर्गौला बिग्रिने सम्भावना ५ गुणा गढी हुन्छ । त्यसैकारण यी सबै जटिलताहरूबाट बच्न र उपचार खर्च कटौती गर्नका लागि समयमै मधुमेह पत्ता लागेर मधुमेह नियन्त्रणमा राख्नु जरुरी छ । अन्तर्राष्ट्रिय मधुमेह संघको यस वर्षको विश्व मधुमेह दिवसको अभियान नोभेम्बर महिनाभरि १० लाख मानिसहरूमा मधुमेहको रगत जाँच गरी मधुमेह समयमै पत्ता लगाउनु रहेको छ । 
मधुमेह अहिले महामारीको रूपमा देखिनुका विभिन्न कारणहरू छन् । बढ्दो सहरीकरण, बसाइँ—सराइ, खानपिनमा लापरबाही, गुलियो, चिल्लो र फास्टफुडको बढी सेवन, सुविधासम्पन्न र निस्क्रिय जीवनशैली, नियमित व्यायामको कमी तथा तनाव प्रमुख कारण हुन् । साथै अध्ययनहरूले मिसावट र केमिकलको बढ्दो प्रयोगले पनि मधुमेह बढिरहेको देखिएको छ । मधुमेह रोगथाम गर्न सकिने रोग भएकाले नेपालमा यस रोगसँग सम्बन्धित जनचेतना फैलाउनुपर्ने देखिन्छ । विकट र दुर्गम ठाउँहरूमा मधुमेह सम्बन्धी साधारण रगत जाँच पनि हुन गाह्रो छ । यसले गर्दा मधुमेह समयमै पत्ता नलागी अकालमा ज्यान गुमाउनेहरूको संख्या धेरै छ । त्यसकारण मधुमेह सम्बन्धी चेतना चारैतिर फैलाएर यो रोगबाट हुनसक्ने नराम्रा परिणामहरूबाट बच्न सकिन्छ । 


http://kantipur.ekantipur.com/news/2016-11-14/20161114080325.html

1 comment:

Popular Posts