Welcome to EndocrinologyNepal

Endocrinology is a branch of internal medicine which deals with disorders related to hormonal imbalance. It includes not only diabetes and thyroid disorders but also deals with various diseases like hypogonadism, erectile dysfunction, infertility, hirsutism, gynecomastia, PCOS, pubertal disorders, obesity, short stature, tall stature, pituitary disorders, Cushing's syndrome, Pheochromocytoma, parathyroid disorders and metabolic bone diseases.

Endocrinology भनेको हर्मोन को गडबडीबाट हुने रोग सम्बन्धि क्षेत्र हो I हर्मोनको गडबडीका कारण निम्न समस्याहरु हुन सक्छन :
१. मधुमेह (Diabetes)
२. सुगर कम हुने रोग (Hypoglycemia)
३. थाईराइद रोग (Thyroid disorders)
४. महिनाबारीमा गडबड र निसन्तान (Infertility)
५. महिलाहरुको शरीरमा धेरै रौँ उम्रने (Hirsutism)
६. स्तनबाट दुध चुहिने (Galactorrhea)
७. पुरुषहरुमा स्तन बढ्ने (Gynaecomastia)
८. शरीरको उच्चाई नबढी पुड्को हुने (Short stature) वा धेरै अग्लो हुने (Tall Stature)
९. लिङ्ग वा अन्दकोश सानो हुने (Hypogonadism)
१०. यौन इच्छामा कमि आउने वा सम्भोग गर्न गार्हो हुने (Erectile Dysfunction)
११. यौबन अवस्था चांडो देखिने (Precocious puberty) वा ढिलो गरि देखिने (Delayed puberty)
१२. हड्डी बारम्बार टुट्ने , हड्डी बंगिने (Rickets), हड्डी सुन्निन्ने वा हड्डी खिइने (Osteoporosis)
१३. शरीरको मोटोपना बढ्ने(Obesity)
१४. बारम्बार मिर्गौलाको पत्थरी हुने(Kidney stones)
१५. सानो उमेरमा नै रक्तचाप बढ्ने वा रक्तचाप अचानक बढेर टाउको दुख्ने , बान्ता हुने र पसिना आउने
१६. लिङ्ग निर्धारण गर्न गार्हो हुने (Disorders of sexual development)

About Dr Ansu Mali Joshi

My photo
Kathmandu, Nepal
I am an endocrinologist, practising at Kathmandu, Nepal. I did my DM Endocrinology from the prestigious All India Institute of Medical sciences, New Delhi in 2011. DM Endocrinology is a 3 year superspecialized degree which is done after doing 3 years of MD Internal Medicine. Currently I work at KATHMANDU DIABETES & THYROID CENTER PVT LTD (01-5521969).

Saturday, May 12, 2012

यौबन अवस्था समयभन्दा ढिलो हुने अवस्था (Delayed Puberty)

You need to install nepali font to view this
http://nepali.changathi.com/Fonts.aspx


यौबन अवस्थाका चिन्हहरु के के हुन्?

अनुहार मा दार्ही र जुँगा आउन शुरु  हुनु
यौन अंगको वरीपरी रौ पलाउन शुरु  हुनु 
स्वर घोक्रो हुनु
लिङ्ग र अन्दकोश ठुलो हुनु
लम्बाई हलक्क बढ्नु
स्त्रीहरुमा छाती ठुलो हुँदै जानु
स्त्रीहरुमा महिनावारी शुरु  हुनु

सामान्य अवस्थामा यौबन अवस्था कुन उमेरमा शुरु  हुन्छ ?

पुरुषहरुमा ९  देखि १४  बर्षको उमेरमा र स्त्रीहरुमा ७  देखि १३ बर्षको उमेरमा

Delayed Puberty  भनेको के  हो ?

पुरुषहरुमा यौबन अवस्थाका चिन्हहरु १४ बर्षको हुँदा सम्म पनि नआएमा तथा स्त्रीहरुमा १३ बर्षको उमेर   सम्ममा पनि नआएमा Delayed Puberty भनिन्छ

Delayed Puberty का कारण के के हुन् त ?

१. अन्दकोश (Testes) वा Ovary को रोग लागेमा ; यी ग्रन्थीहरु पेटमा हुन्छन
२. Pituitary ग्रन्थी को रोग लागेमा; यो ग्रन्थी दिमागको तल हुन्छ
३. कुनै पनि अन्य रोग (Systemic Illness) भएमा

Delayed Puberty को उपचार कसरी हुन्छ ?

यौबन अवस्था शुरु गराउनको लागि बाहिरबाट Testosterone (पुरुषहरुलाई ) वा Estrogen  हर्मोन (महिलाहरुलाई) दिनु पर्छ

Delayed Puberty मा सन्तान हुने सम्भावना हुन्छ ?

रोग को प्रकृति हेरेर हुन्छ I  अन्दकोश(Testes) वा Ovaryको रोगको कारणले भएमा सन्तान हुने संभवाना हुँदैन I  Pituitary ग्रन्थीको रोगको कारण हो भने सन्तान हुने सम्भावना जिवितै रहन्छ I  यसको लागि hCG / hMG इन्जेक्शनको आवश्यकता पर्दछ I 
 

1 comment:

  1. will you please let me know about diabetic retinopathy(proliferative), its treatment(laser) in Nepal, and does it really works on saving eyesight?
    Is it necessary that a diabetics patient looses both eye's sight equally?

    ReplyDelete

Popular Posts