Welcome to EndocrinologyNepal

Endocrinology is a branch of internal medicine which deals with disorders related to hormonal imbalance. It includes not only diabetes and thyroid disorders but also deals with various diseases like hypogonadism, erectile dysfunction, infertility, hirsutism, gynecomastia, PCOS, pubertal disorders, obesity, short stature, tall stature, pituitary disorders, Cushing's syndrome, Pheochromocytoma, parathyroid disorders and metabolic bone diseases.

Endocrinology भनेको हर्मोन को गडबडीबाट हुने रोग सम्बन्धि क्षेत्र हो I हर्मोनको गडबडीका कारण निम्न समस्याहरु हुन सक्छन :
१. मधुमेह (Diabetes)
२. सुगर कम हुने रोग (Hypoglycemia)
३. थाईराइद रोग (Thyroid disorders)
४. महिनाबारीमा गडबड र निसन्तान (Infertility)
५. महिलाहरुको शरीरमा धेरै रौँ उम्रने (Hirsutism)
६. स्तनबाट दुध चुहिने (Galactorrhea)
७. पुरुषहरुमा स्तन बढ्ने (Gynaecomastia)
८. शरीरको उच्चाई नबढी पुड्को हुने (Short stature) वा धेरै अग्लो हुने (Tall Stature)
९. लिङ्ग वा अन्दकोश सानो हुने (Hypogonadism)
१०. यौन इच्छामा कमि आउने वा सम्भोग गर्न गार्हो हुने (Erectile Dysfunction)
११. यौबन अवस्था चांडो देखिने (Precocious puberty) वा ढिलो गरि देखिने (Delayed puberty)
१२. हड्डी बारम्बार टुट्ने , हड्डी बंगिने (Rickets), हड्डी सुन्निन्ने वा हड्डी खिइने (Osteoporosis)
१३. शरीरको मोटोपना बढ्ने(Obesity)
१४. बारम्बार मिर्गौलाको पत्थरी हुने(Kidney stones)
१५. सानो उमेरमा नै रक्तचाप बढ्ने वा रक्तचाप अचानक बढेर टाउको दुख्ने , बान्ता हुने र पसिना आउने
१६. लिङ्ग निर्धारण गर्न गार्हो हुने (Disorders of sexual development)

About Dr Ansu Mali Joshi

My photo
Kathmandu, Nepal
I am an endocrinologist, practising at Kathmandu, Nepal. I did my DM Endocrinology from the prestigious All India Institute of Medical sciences, New Delhi in 2011. DM Endocrinology is a 3 year superspecialized degree which is done after doing 3 years of MD Internal Medicine. Currently I work at KATHMANDU DIABETES & THYROID CENTER PVT LTD (01-5521969).

Sunday, May 13, 2012

गर्भावस्थामा देखिने सुगर रोग (Gestational Diabetes Mellitus, GDM)

You need to install nepali font to view this
http://nepali.changathi.com/Fonts.aspx

हरेक गर्भवती महिलाले सुगर जाच्नु पर्छ I 

गर्भवती महिलामा सुगर भएमा के हुन्छ ?

१. बच्चा जन्मँदा ठुलो हुने ( ४ किलो  भन्दा बढी); यसले गर्दा delivery मा समस्या हुन सक्छ
२.गर्भ तुहिने खतरा
३.बच्चा समय अगाडीनै जन्मिने खतरा
४. जन्मे पछि बच्चाको सुगर कम हुने खतरा (Neonatal Hypoglycemia)
५. बिकलांग बच्चा जन्मने खतरा (Congenital Malformation)

गर्भवती अवस्थामा कुन बेला सुगर जांच गर्नु पर्छ ?


पहिलो जांच : पहिलो चोटी गर्भवती महिलाले डाक्टर देखाउने बेला मा I  यो बेलामा खाली पेटको सुगर (FBS) १२६ mg/dl वा त्यो भन्दा बढी भएमा र खान खाएको २ घण्टा पछिको सुगर (PPBS) २०० वा त्यो भन्दा बढी भएमा सुगर रोग लागेको भनिन्छ I
दोश्रो जांच : पहिलो जांच नोर्मल भएमा दोश्रो जांच २४ देखि २८ हफ्ता हुँदा गर्नुपर्छ I  यति बेला हामी Oral Glucose Tolerance Test (OGTT) गर्छौ I 

के हो OGTT भनेको?

यो टेस्ट बिहान खाली पेटमा गर्नु पर्छ I  ७५ ग्राम ग्लुकोज पिलाएर ३ चोटी सुगर जाच्नु पर्छ I

१. ग्लुकोज पिलाउनु भन्दा अगाडी
२. ग्लुकोज पिलाएको १ घण्टामा र
३. ग्लुकोज पिलाएको २ घण्टामा

OGTT  गर्दा सुगर भएको कसरी थाहा हुन्छ ?

यदि   ग्लुकोज पिलाउनुभन्दा अगाडीको सुगर ९२ भन्दा माथि भएमा वा ग्लुकोज पिलाएको १ घण्टाको सुगर १८० भन्दा माथि भएमा वा ग्लु कोज पिलाएको २ घण्टाको सुगर १५३ भन्दा माथि भएमा हामी Gestational Diabetes Mellitus (GDM) भन्छौ I

GDM  को उपचार कसरी गर्ने ?

१. खानपिन र ब्यायामबाट
२. इन्सुलिन इन्जेक्शन

गर्भावस्थामा सुगर घटाउने खाने   चक्कीहरु  दिनु  हुँदैन  I

GDM  भएमा सुगर कति राख्नु पर्छ ?

GDM  भएमा खानपिन अथवा इन्सुलिन इन्जेक्शनबाट खाना खानु अघिको सुगर ९५ भन्दा तल र खाना खाएको २ घण्टा पछिको सुगर १२० भन्दा तल राख्नु पर्छ I  अरु सुगरका  बिमारीहरुलाई  भन्दा GDM भएका हरुको सुगर tight  कन्ट्रोल गर्नुपर्छ I

गर्भावस्थामा सुगर भएमा भबिष्यमा  Diabetes हुने सम्भावना कति हुन्छ ?
 

गर्भावस्थामा सुगर भएर इन्सुलिन लगाउनु परेमा आउने ५ बर्षमा Diabetes  हुने सम्भावना ५० % हुन्छ I

No comments:

Post a Comment

Popular Posts