You need to install nepali font to view this
http://nepali.changathi.com/Fonts.aspx
हरेक गर्भवती महिलाले सुगर जाच्नु पर्छ I
गर्भवती महिलामा सुगर भएमा के हुन्छ ?
१. बच्चा जन्मँदा ठुलो हुने ( ४ किलो भन्दा बढी); यसले गर्दा delivery मा समस्या हुन सक्छ
२.गर्भ तुहिने खतरा
३.बच्चा समय अगाडीनै जन्मिने खतरा
४. जन्मे पछि बच्चाको सुगर कम हुने खतरा (Neonatal Hypoglycemia)
५. बिकलांग बच्चा जन्मने खतरा (Congenital Malformation)
गर्भवती अवस्थामा कुन बेला सुगर जांच गर्नु पर्छ ?
के हो OGTT भनेको?
यो टेस्ट बिहान खाली पेटमा गर्नु पर्छ I ७५ ग्राम ग्लुकोज पिलाएर ३ चोटी सुगर जाच्नु पर्छ I
१. ग्लुकोज पिलाउनु भन्दा अगाडी
२. ग्लुकोज पिलाएको १ घण्टामा र
३. ग्लुकोज पिलाएको २ घण्टामा
OGTT गर्दा सुगर भएको कसरी थाहा हुन्छ ?
यदि ग्लुकोज पिलाउनुभन्दा अगाडीको सुगर ९२ भन्दा माथि भएमा वा ग्लुकोज पिलाएको १ घण्टाको सुगर १८० भन्दा माथि भएमा वा ग्लु कोज पिलाएको २ घण्टाको सुगर १५३ भन्दा माथि भएमा हामी Gestational Diabetes Mellitus (GDM) भन्छौ I
GDM को उपचार कसरी गर्ने ?
१. खानपिन र ब्यायामबाट
२. इन्सुलिन इन्जेक्शन
गर्भावस्थामा सुगर घटाउने खाने चक्कीहरु दिनु हुँदैन I
GDM भएमा सुगर कति राख्नु पर्छ ?
GDM भएमा खानपिन अथवा इन्सुलिन इन्जेक्शनबाट खाना खानु अघिको सुगर ९५ भन्दा तल र खाना खाएको २ घण्टा पछिको सुगर १२० भन्दा तल राख्नु पर्छ I अरु सुगरका बिमारीहरुलाई भन्दा GDM भएका हरुको सुगर tight कन्ट्रोल गर्नुपर्छ I
गर्भावस्थामा सुगर भएमा भबिष्यमा Diabetes हुने सम्भावना कति हुन्छ ?
गर्भावस्थामा सुगर भएर इन्सुलिन लगाउनु परेमा आउने ५ बर्षमा Diabetes हुने सम्भावना ५० % हुन्छ I

पहिलो जांच : पहिलो चोटी गर्भवती महिलाले डाक्टर देखाउने बेला मा I यो बेलामा खाली पेटको सुगर (FBS) १२६ mg/dl वा त्यो भन्दा बढी भएमा र खान खाएको २ घण्टा पछिको सुगर (PPBS) २०० वा त्यो भन्दा बढी भएमा सुगर रोग लागेको भनिन्छ I
दोश्रो जांच : पहिलो जांच नोर्मल भएमा दोश्रो जांच २४ देखि २८ हफ्ता हुँदा गर्नुपर्छ I यति बेला हामी Oral Glucose Tolerance Test (OGTT) गर्छौ I के हो OGTT भनेको?