Welcome to EndocrinologyNepal

Endocrinology is a branch of internal medicine which deals with disorders related to hormonal imbalance. It includes not only diabetes and thyroid disorders but also deals with various diseases like hypogonadism, erectile dysfunction, infertility, hirsutism, gynecomastia, PCOS, pubertal disorders, obesity, short stature, tall stature, pituitary disorders, Cushing's syndrome, Pheochromocytoma, parathyroid disorders and metabolic bone diseases.

Endocrinology भनेको हर्मोन को गडबडीबाट हुने रोग सम्बन्धि क्षेत्र हो I हर्मोनको गडबडीका कारण निम्न समस्याहरु हुन सक्छन :
१. मधुमेह (Diabetes)
२. सुगर कम हुने रोग (Hypoglycemia)
३. थाईराइद रोग (Thyroid disorders)
४. महिनाबारीमा गडबड र निसन्तान (Infertility)
५. महिलाहरुको शरीरमा धेरै रौँ उम्रने (Hirsutism)
६. स्तनबाट दुध चुहिने (Galactorrhea)
७. पुरुषहरुमा स्तन बढ्ने (Gynaecomastia)
८. शरीरको उच्चाई नबढी पुड्को हुने (Short stature) वा धेरै अग्लो हुने (Tall Stature)
९. लिङ्ग वा अन्दकोश सानो हुने (Hypogonadism)
१०. यौन इच्छामा कमि आउने वा सम्भोग गर्न गार्हो हुने (Erectile Dysfunction)
११. यौबन अवस्था चांडो देखिने (Precocious puberty) वा ढिलो गरि देखिने (Delayed puberty)
१२. हड्डी बारम्बार टुट्ने , हड्डी बंगिने (Rickets), हड्डी सुन्निन्ने वा हड्डी खिइने (Osteoporosis)
१३. शरीरको मोटोपना बढ्ने(Obesity)
१४. बारम्बार मिर्गौलाको पत्थरी हुने(Kidney stones)
१५. सानो उमेरमा नै रक्तचाप बढ्ने वा रक्तचाप अचानक बढेर टाउको दुख्ने , बान्ता हुने र पसिना आउने
१६. लिङ्ग निर्धारण गर्न गार्हो हुने (Disorders of sexual development)

About Dr Ansu Mali Joshi

My photo
Kathmandu, Nepal
I am an endocrinologist, practising at Kathmandu, Nepal. I did my DM Endocrinology from the prestigious All India Institute of Medical sciences, New Delhi in 2011. DM Endocrinology is a 3 year superspecialized degree which is done after doing 3 years of MD Internal Medicine. Currently I work at KATHMANDU DIABETES & THYROID CENTER PVT LTD (01-5521969).

Monday, August 10, 2015

चाडपर्ब र खानपिन

दशैं आउला   खाउला  पिउला . दशैं भनन साथ मिठो खाना राम्रो लुगा अनि रमाइलो गर्ने भन्ने सबै को मन मा आइहाल्छहुन अहिले मिठो खान राम्रो लाउन दशैं कुर्नु पर्ने बाध्यता धेरै परिवार मा नहुन सक्छ तर दशैं मा अरु बेला भन्दा बिशेष माछा मासु को सेवन अन्य चिल्लो युक्त तथा गुलियो पदार्थ को सेवन बढी नै हुने गर्दछ. साथै मदिरा को सेवन पनि बढी हुने गर्छ. यसको प्रत्यछ असर मधुमेह, उक्त रक्तचाप, मुटु uric एसिड  का बिमारी  हरुलाई  पर्दछ. यी रोग हरु मानिशको    जीवनशैली संग प्रत्यछ सम्बन्ध हुने रोग हरु हुन्.

मधुमेह का बिमारीहरुले गुलियो र चिल्लो पदार्थ बार्नु पर्ने हुन्छ किनकि यसको प्रत्यछ असर रगत को चिनी को मात्रा मा देखिन्छ . दशैं र तिहार मा सेवन गरिने खाद्य पदार्थ मा गुलियो र चिल्लो को मात्रा धेरै हुने गर्दछ . रोटि हरु मा जस्तै सेलरोटी, फिनी, अनारासा  आदि मा चामल, मैदा, घुइ , तेल र चिनी को मात्रा अत्यधिक हुने गर्छ . तेल वा घिउ मा तारेका खाना वा बोसोजन्य उत्पादन (डाल्डा, नौनी घिउ , तर, क्रिम , समोसा, चप, पुरी , पिजा आदि सेवन गर्नु हुदैन. भोज मा चिउरा को प्रयोग बढी हुने गर्छ . च्युरा को प्रयोग पनि कम गर्नु पर्दछ. माछा मासु मा रातो मासु  जस्तै खसी बोका, राँगा, बँदेल, भेंडा , च्यांग्रा को सेवन बढी हुन्छ. भुटन को प्रयोग पनि बढी हुने गर्दछ. रातो मासु मा चिल्लो को मात्रा बढी हुन्छ. यसले उरिक एसिड पनि बधाउछ. रातो मासु को सत्ता सेतो मासु जस्तै कुखुरा, माछा आदि को सेवन गर्नुपर्छ. रातो मासुमा प्रोटिनका साथै ‘फ्याटी एसिड पनि प्रसस्त मात्रामा हुन्छ । मासुमा भएको कोलेस्टेरोलले भन्दा फ्याटी एसिडले बढी खराब गर्छ । किनकि शरीरभित्र फ्याटी एसिडसँग कोलेस्टेरोल मिलेपछि मात्र खराब चिल्लो पदार्थ बन्छ . मासु कम खाने र पकाउने विधिमा समेत विचार पु¥याउनुपर्ने हुन्छ । सकेसम्म आँखाले देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेलको प्रयोग गरी पकाउनु राम्रो हुन्छ । ‘ग्रिल्ड, ‘बेक वा उसिनेर पकाउँदा चिल्लो पदार्थको परिमाण कम हुन सक्छ । विभिन्न अङ्गका मासु (मुटु, कलेजो, मृगौला, फोक्सो आदि) पनि मासुको परिकारका रूपमै प्रयोग गरिन्छ । यी अङ्गका मासुमा कोलेस्टेरोलको साथै भिटामिन ‘ए, ‘डी, ‘ई र केही मात्रामा भिटामिन ‘बी पाइन्छ । आईरन, जिङ्क जस्ता खनिजतत्व पनि यी अङ्गमा प्रसस्त मात्रामा पाइन्छ. रातो मासु हाली बनाएको ससेज जस्ता परिकारलाई लामो समय संरक्षण गर्न रसायन (प्रिजरभेटिभ) राखिने भएकाले यस्ता मासुका परिकार खानाले क्यान्सरको सम्भावना हुन सक्छ . छालासहित कुखुराको खुट्टा, पँखेटा, साँप्रोमा चिल्लो पदार्थ, कोलेस्टेरोल र क्यालोरीको मात्रा बढी हुन्छ,  त्येसैले छाला नभएको   मासु खान बढी स्वस्थकर हुन्छ. नेवार  समुदाय  मा अन्दा को प्रयोग सगुन  को रुपमा बढी हुने गर्छ. अन्दा को भित्रि पहेलो भाग मा कोलेस्ट्रोल को मात्रा बढी हुने हुँदा सेतो भाग मात्रा खानु पर्दछ. मधुमेहीले चिनी र चिनीबाट बनेका परिकार, प्लास्टिक र टिनमा राखिएका अचार, ड्राइफुड, फलफूल, जङ्कफुड पटक्कै खान हुँदैन. यसैगरी, केक, पेय पदार्थ जस्तै कोक,फ्यान्टा, बोर्नभिटा, हर्लिक्स,  आइसक्रिम, मह, जाम आदि खानु मधुमेहीका लागि हानीकारक छ. मधुमेहीले स्वास्थ मानिस सरह खान हुने परिकारमा हरिया सागसब्जी, करेला, काउली, बन्दा, रायो,  पुदिना, भान्टा, परबल, खुर्सानी, लौका, स्कुस, घिरौंला , कुरिलो, चम्सुर, पालुङ्गो, गोलभेँडा,सलाद, साग, काँक्रो, सेतो मुला, गाँजर, कागती आदि पर्दछन्. मसलाहरूमा बेसार, अदुवा, खुर्सानी, जिरा, मरिच, मेथी,  सुप, धनियाँ खान कुनै समस्या हुँदैन । सुगर फ्री  चक्कीले चिनीको जस्तो गुलियो स्वाद दिन्छ तर हानी भने गर्दैन. अझ त्यो भन्दा पनि राम्रो stavia हुन्छ. मिठाई हरु जस्तै लड्डू , निम्किन, पेडा, बर्फी, जेरी  आदि खानु हुदैन. सुगर फ्री भएको भनेता पनि यिनमा चिल्लो को मात्रा बढी हुने गर्छ. मधुमेही हरु ले धुम्रपान बिल्कुल गर्नु हुदैन. यसले हृदयघात र प्यारालिसिस को सम्भावना धेरै बढाऊछ. मदिरा सेवन पनि कम गर्नु पर्छ. वाइन र बियर को सेवन गर्नु हुदैन.  सेतो मदिरा जस्तै वोड़का, जिन अधिकतम ६० मि लि  भन्दा बढी लिनु हुदैन.

No comments:

Post a Comment

Popular Posts