You need to install nepali font to view this
http://nepali.changathi.com/Fonts.aspx
ब्लद् प्रेसर लो हुने र शरीर कालो हुँदै जाने रोग लाई हामी Addison's disease भन्छौ I प्रख्यात scientist Thomas Alva Addison को नामबाट यो रोगको नाम राखिएको हो I अमेरिकी राष्ट्रपति John F. Kennedy यो रोगबाट ग्रस्त थिए I
Addison disease हर्मोन को गडबडी को कारण हुन्छ
किड्नीको माथि रहेका adrenal gland ले Cortisol र Aldosterone भन्ने हर्मोन दिन्छ I कुनै कारणबस adrenal gland ले यी हर्मोनहरु दिन नसकेमा Addison's disease हुन्छ I
Addison's disease क लक्षण हरु के के हुन् ?
खान नरुच्ने
दुब्लाउदै जाने
शरीर र गिजा कालो हुँदै जाने
ब्लद् प्रेसर लो हुने
कमजोरी हुँदै जाने
बारम्बार वाक वाक लाग्ने , उल्टी हुने र झाडा हुने
बसेर उठ्दा चक्कर लाग्ने
नुन धेरै खान मन लाग्ने
सुगर लो हुने
महिनाबारी गडबड हुने Addison's syndrome का कारण के हुन् ?
१. Auto -immune disease
शरीर को प्रतिरोधात्मक शक्ति शरीरकै अंग प्रति लक्षित भएमा Auto-immune disease हुन्छ I यदि प्रतिरोधात्मक शक्ति adrenal gland प्रति लक्षित भएमा Addison's disease हुन्छ I अरु auto-immune रोगहरु जस्तै प्रकार १ मधुमेह (Type 1 Diabetes), थैरोइडको रोग Hashimoto's Thyroiditis र Graves' disease आदि साथैमा हुन सक्छन I
२. Adrenal gland को TB भएमा
३. Adrenal gland को अरु इन्फेक्शन जस्तै Fungal इन्फेक्शन भएमा
४. रगत पातलो बनाउने औसधि खाँदा Adrenal gland मा रगत जम्मा भएमा
५. Adrenal gland को tumor भएमा वा शरीर को अन्य भाग को tumor Adrenal gland मा सरेमा
६. Adrenal gland को एक किसिम को रोग Congenital Adrenal Hyperplasia र Congenital Adrenal Hypoplasia भएमा
७. केहि औसधि हरु जस्तै Ketoconazole , टी बि को औसधि Rifampicin आदि ले गर्दा
Addison's disease को उपचार नगरेमा के खतरा हुन्छ ?
सहि समयमा सहि इलाज नगरेमा बेहोस भएर ज्यान को खतरा हुन सक्छ I
Addison's disease को इलाज कसरी हुन्छ ?
बाहिरबाट Cortisol र Aldosterone भन्ने हर्मोन दिनु पर्छ I यी हर्मोनहरु जिन्दगी भर खानु पर्छ I