गर्भावस्थामा मधुमेह देखिनु असामान्य अवस्था हो I करिब ५-१० % गर्भवती महिलाहरुमा
मधुमेहको समस्या देखिने गरेको छ
I यसरी गर्भावस्थामा मधुमेह देखिनुलाई जेस्तेसनल मधुमेह (Gestational Diabetes)
भनिन्छ I जेस्तेसनल मधुमेहले
दुवै आमा र पेटमा भएको बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ I जेस्तेसनल मधुमेह धेरैजसोमा सुत्केरी भएपछि
हराउने गर्दछ I अर्को अवस्था भनेको मधुमेहका दिर्घरोगीहरु गर्भवती हुनु हो I गर्भवती हुनुभन्दा अघि वा गर्भवती अवस्थामा
मधुमेह राम्रो नियन्त्रण नभएमा यिनीहरुमा झन्बढी समस्या उत्पन्न हुन सक्छन I त्येस्कारण गर्भावस्थामा मधुमेह हुनु एक किसिमले
गम्भीर स्वास्थ्यस्थिति हो र यसबारे मा सबैले जानकारी राख्नु उत्तम हुन्छ I
गर्भावस्थामा मधुमेहको खतरा
मधुमेहले गर्भवती महिलाको पेटमा भएको बच्चालाई सिधै असर गर्दछ.
गर्भावस्थाका
शुरुका दिनहरुमा मधुमेह नियन्त्रण नभएमा गर्भस्थ शिशुको शारीरिक बनावटमा असर गरेर बिक्लाङ्ग
बच्चा जन्मिने खतरा हुन सक्ने अथवा मुटु, दिमाग, ढाड आदिमा सिधै असर गर्नसक्छ
. यसको अलावा
गर्भपात हुने सम्भावना अत्यधिक हुने गर्दछ. गर्भावस्थाका पछिल्ला महिनाहरुमा
गर्भस्थ शिशुको पोषण अत्यधिक भएर शारीरिक तौल बढ्छ जन्मदा तौल ४ किलो भन्दा बढी भएमा
प्रसवकालमा विभिन्न समस्याहरु जस्तै चोटपटक लाग्ने, सामान्य तरिकाले प्रसव
नभएर अप्रेसन गर्नुपर्ने वा गर्भस्थ शिशुको मृत्यु समेत हुन सक्दछ. साथै समय पूर्व
नै बच्चाको जन्म भएर मृत्यु हुन सक्छ वा बचाउनको लागि हम्मे पर्न सक्छ . अर्को समस्या भनेको
जन्मने बित्तिकै नवजात शिशुमा चिनीको मात्रा धेरै घटेर कम्पन हुने वा बेहोश हुन सक्ने
सम्भावना हुन्छ. त्यस्तै जन्मने बित्तिकै नवजात शिशुमा श्वास प्रश्वासमा समस्या
देखिन सक्छ र कृतिम सास दिनुपर्ने हुन सक्छ . यस्तो
समस्या धेरै जसो समय पूर्व जन्मेको बच्चामा देखिने गर्दछ. गर्भावस्थामा मधुमेहले आमाको स्वास्थ्यमा पनि गम्भीर असर पर्न सक्छ .
समस्या धेरै जसो समय पूर्व जन्मेको बच्चामा देखिने गर्दछ. गर्भावस्थामा मधुमेहले आमाको स्वास्थ्यमा पनि गम्भीर असर पर्न सक्छ .
गर्भावस्थामा मधुमेह हुने खतरा कसलाई हुन्छ ?
१. गर्भवती हुने बेला उमेर ३० बर्ष भन्दा बढी भएमा
२. परिवारमा अरु सदस्यलाई मधुमेह छ भने
३. मोटोपन बढी भएमा
४. पहिले पनि गर्भावस्थामा मधुमेह देखिएको भएमा
५. पहिले गर्भवती हुँदा ४ किलो वा त्यो भन्दा ठुलो बच्चा
जन्मेको भएमा
६. महिलाहरु मा महिनावारी गडबड हुने रोग पोलिसिस्टिक ओवरी
सिन्ड्रोम भएमा
गर्भावस्थामा मधुमेह भए नभएको कसरी थाहा पाउने ?
माथि उलेक्खित खतराहरु भएमा महिलाहरुले गर्भवतीहुनसाथ रगतमा
चिनीको मात्र जाच्नुपर्छ .अरु सबै महिलाहरुले गर्भवती भएको २४ देखि २८ हफ्तामा
ग्लुकोज खाएर रगत मा चिनी को मात्र जाच्नु पर्दछ. रगत मा चिनी को मात्रा बढेको
देखिएमा तुरन्तै मधुमेह बिशेसज्ञ संग सम्पर्क राख्नु पर्छ.
गर्भवती अवस्थामा मधुमेहको उपचार
गर्भवती अवस्था मा मधुमेह को इलाज गर्न अत्यन्त महत्व पूर्ण हुन्छ. रगत मा
चिनी को मात्रा मा पूर्ण नियन्त्रण राख्नु पर्ने हुन्छ. खाली पेट मा रगत मा चिनी
को मात्रा ९५ मिलि ग्राम / देसिलिटर भन्दा तल राख्नु पर्छ र खान पछि को चिनी को
मात्रा १३० मिलि ग्राम /देसिलिटर भन्दा माथि कट्न दिनु हुदैन. यसको लागि खाना मा
नियन्त्रण जरुरि छ. यति ले मात्रा नभएमा इन्सुलिन को इन्जेक्सन लगाउनु पर्दछ.केहि
वर्ष देखि गर्भावस्था मा दिन सकिने मधुमेह
का औसधिहरु पनि प्रयोग मा आउन थालेको छ.
धेरै जस्तो अवस्था मा सुत्केरी भएपछि जेस्तेसनल मधुमेह हराउंदछ. सुत्केरी भएको
६-१२ हफ्ता पछि फेरी ग्लुकोज पिएर रगत मा चिनी को मात्र हेर्नु पर्छ. परन्तु एक
चोटी जेस्तेसनल मधुमेह भैसकेपछि उक्त महिला लाई अर्को ५ वर्ष भित्र प्रकार २
मधुमेह हुने सम्भावना ५० % हुने गर्दछ. त्येस्कारण सुत्केरी पछि पनि उक्त महिलाहरुले जिबन शैली मा सुधार
गरेर खान पिन र ब्यायाम मा बिशेष ध्यान दिनु पर्ने हुन्छ.गर्भावस्था मा मधुमेह
देखिएर नियन्त्रण नराखेमा यसले दुवै आमा र गर्भस्थ शिशु को
स्वास्थ्य मा गम्भीर असर पर्न सक्छ र मृत्यु समेत हुन सक्छ. संसार भरि
मधुमेह रोग को महामारी बढिराखेको सन्दर्भ मा गर्भवती महिलाहरुमा पनि जेस्तेसनल
मधुमेह को ब्यापकता बढेको देखिन्छ. तसर्थ मातृ शिशु मृत्युदर घटाउन को लागि
गर्भवती अवस्था को मधुमेह सम्बन्धि जनचेतना फैलाई सबै नागरिक लाई जागरुक बनाउनु
आजको टड्कारो आवस्यकता हो.