You need to install nepali font to view this http://nepali.changathi.com/Fonts.aspx
थाईरैद ग्रन्थी
— यो ग्रन्थी घांटीमा रुद्र घन्टीको तल हुन्छ
— यसले २ ओटा हर्मोन T3 र T4 दिन्छ
— यी हर्मोनेले शरीरको metabolism लाई कन्ट्रोल गर्दछ
— थाईरैद ग्रन्थीलाई अर्को ग्रन्थी पित्युतरी (Pituitary) ग्रन्थीले कन्ट्रोल गर्दछ
— पित्युतरी (Pituitary) ग्रन्थी दिमागको
फेदीमा हुन्छ
— पित्युतरी (Pituitary) ग्रन्थीले TSH भन्ने हर्मोन दिन्छ जसले थाईरैद ग्रन्थीलाई T3 र T4 निकाल्नलाई प्रेरित गर्दछ
थाईरैद रोग
थाईरैद रोग ४ किसिमका हुन्छन
— १. थाईरैद ग्रन्थीले कम काम गर्ने रोग (Hypothyroidism)
— २. थाईरैद ग्रन्थीले धेरै काम गर्ने रोग (Hyperthyroidism)
— ३. थाईरैद ग्रन्थीको क्यान्सर (Thyroid Cancer)
— ४. सामान्य गलोगांड (Thyroid
nodule/ Goitre)
१.थाईरैद ग्रन्थीले कम काम गर्ने रोग (हाईपोथैरोइद्डीजम /Hypothyroidism)
— यो रोग मा T3 र T4 कम हुन्छ र TSH बढ्छ
लक्षणहरु:
— जाडो धेरै हुने
— शरीर सुन्निने
— छाला खस्रो हुने
— काम गर्ने जाँगर नहुनु
— कब्जियत हुने
— गलोगांड निस्कनु
— तौल बढ्नु (केवल २ -४ किलो)
— महिनाबारी गडबड हुने
— निसन्तान हुने
— टन्सिल बढ्ने, टन्सिल दुख्ने थाईरैद रोगको कारणले हुँदैन
किन हाईपोथैरोइद्डीजम को इलाज गर्ने ?
— मानसिक तथा शारीरिक तन्दुरुस्तीको लागि
— मुटु रोगबाट बच्नको लागि
— (गर्भवती महिलाको लागि) जन्मने बच्चाको राम्रो स्वास्थ्यको लागि I बच्चाको दिमागको विकासको लागि थाईरैद हर्मोन अपरिहार्य हुन्छ I गर्भवती महिलामा थाईरैद हर्मोन कमी भएमा जन्मिने बच्चाको मानसिक तथा शारीरिक विकास हुदैन र Cretinism भन्ने रोग लाग्छ I
हाईपोथैरोइद्डीजम को इलाज कसरी हुन्छ ?
— बाहिरबाट थाईरैद हर्मोन (Thyroxine) सेवन गर्नु पर्दछ
— यो अपरेसन गर्नु पर्ने रोग होइन
— औसधि सेवन गर्दा ६-६ महिनामा खूनको TSH टेस्ट गर्नु पर्छ
के हाईपोथैरोइद्डीजमको औसधि जिन्दगी भरि खानु पर्छ ?
— हाशीमोतोज थैरैदडाइतीस (Hashimoto’s thyroiditis) भन्ने हाईपोथैरोइद्डीजममा एक चोटी औसधि सुरु भएपछि जिन्दगीभरि खानु पर्ने हुन्छ I
सबक्लिनिकल हाईपोथैरोइद्डीजम
(Subclinical Hypothyroidism) भनेको के हो ?
— हाईपोथैरोइद्डीजमका प्रस्ट लक्षणहरु नहुने र T4 हर्मोन नॉर्मल हुने तर केहि मात्रामा TSH बढी हुने अवस्थालाई हामी सबक्लिनिकल हाईपोथैरोइद्डीजम
भन्छौ
सबक्लिनिकल हाईपोथैरोइद्डीजमको इलाज गर्नु पर्छ ?
— सबै सबक्लिनिकल
हाईपोथैरोइद्डीजमलाई उपचारको जरूरी छैन
— TSH १० भन्दा माथि नबढेमा औसधि सेवन जरूरी छैन I
— तर केहि अवस्था यस्ता छन् जसमा औसधि सेवन सुरु गर्नु पर्ने हुन्छ , जस्तै :
— हाईपोथैरोइद्डीजमका लक्षणहरु देखा परेमा
— गलोगांड बढेमा
— महिनाबारी गडबड भएमा
— निसन्तान भएमा
— गर्भवती अवस्था
— मुटु सम्बन्धि समस्या भएमा
— रगतमा एक प्रकारको Anti -TPO Antibody धेरै बढेमा
— यी अवस्थाहरु बाहेक अरु अवस्थामा औसधि सेवन जरूरी छैन I तर ६-६ महिना मा TSH जांच गर्नु जरूरी छ I
२.थाईरैद ग्रन्थीले धेरै काम गर्ने रोग (हाईपरथैरोइद्डीजम/Hyperthyroidism)
— यो रोग मा T3 र T4 बढ्छ र TSH कम हुन्छ
लक्षणहरु:
— तौल कम हुँदै जानु
— गर्मी धेरै लाग्नु
— पसिना धेरै आउनु
— मुटु धेरै धक धक हुनु
— दिसा धेरै पटक लाग्नु
— हात, खुट्टा काम्नु
— सास फुल्नु
— निद्र नलाग्नु, बेचैनी धेरै हुनु
— गलोगांड निस्कनु
— आँखा ठुलो हुदै जानु
— महिनाबारी गडबड हुने
हाईपरथैरोइद्डीजम कति किसिमका हुन्छन?
मुख्यत २ किसिमका हुन्छन:
— ग्रेभ्स
रोग
(Graves disease)
— थैरैदडाइतीस (Thyroiditis)
— यी दुइ बिल्कुल भिन्न रोग हुन् र इलाज पनि बिल्कुल भिन्न छन्
— ग्रेभ्स
रोग
अलिकति जटिल रोग हो भने थैरैदडाइतीस आँफै निको हुने रोग हो
ग्रेभ्स रोग
कसरि पत्ता लाग्छ ?
— खूनमा T4 र TSH हर्मोन जांच गरेमा हाईपरथैरोइद्डीजम पत्ता लाग्छ
— यो अवस्थामा T4 बढ्छ र TSH कम हुन्छ
— तर ग्रेभ्स
रोग
नै हो भनेर यकिन साथ भन्नको लागि एक किसिमको टेस्ट थाईरैद स्क्यान(Thyroid Uptake Scan) गर्नु पर्छ
ग्रेभ्स रोग को उपचार कसरी हुन्छ ?
तीन तरीका छन् :
— औसधिबाट
कम्तिमा पनि १२-१८ महिना औसधि खानु पर्ने हुन्छ I तर औसधि बन्द गरेपछि ५०-६०% मा फेरी यो रोग फर्किन्छ
— अपरेशनबाट
यदि गालो गाँड ठुलो छ भने अपरेशन गर्न सकिन्छ
— रेडियो एक्टिव आयोडिन (Radioactive Iodine) बाट
यो एक किसिमको औसधि हो जसले गर्दा यो रोग पूर्णतया निर्मुल हुन्छ I यो औसधिले
थाईरैद ग्रन्थीलाई मार्ने काम गर्छ I तर थाईरैद ग्रन्थी मरेपछि यसले निकाल्ने हर्मोन भने जिन्दगिभर बाहिरबाट सेवन गर्नुपर्ने
हुन्छ I
३.थाईरैद ग्रन्थीको क्यान्सर (Thyroid Cancer)
— थाईरैद ग्रन्थीको क्यान्सर निको पर्न सकिने क्यान्सर हो
लक्षणहरु:
— गलोगांड छिटो छिटो बढ्नु
— गलोगांड दुख्नु
— आवाज परिबर्तन भई मोटो आवाज हुनु
— गलोगांड बढेर खान निल्न गार्हो हुनु, सांस फेर्न गार्हो हुनु
थाईरैद ग्रन्थीको क्यान्सरको पत्ता कसरि लाग्छ ?
— गलोगांडको सुइ जांचबाट (FNAC)
— घांटीको भिडियो एक्सरेबाट
थाईरैद ग्रन्थीको क्यान्सरको उपचार कसरी हुन्छ ?
— अप्रेसनबाट
— अप्रेसन गरिसकेपछि धेरैलाई एक किसिमको औसधि रेडियो एक्टिव आयोडिन दिनुपर्ने हुन सक्छ
— उपचार पछि नियमित जांच गरि राख्नु पर्छ
४. सामान्य गलोगांड (Thyroid nodule/ Goitre)
— यो रोगमा गलोगाँड भएपनि हर्मोनको गडबडी हुदैन तर क्यान्सर छ कि छैन भनेर थाईरैद ग्रन्थीको सुइ जांच गर्नु अति आवस्यक हुन्छ
— सामान्य गलोगाँड २ किसिमका हुन्छन
— थाईरैद ग्रन्थीको एक पट्टि मात्र गलोगाँड हुने रोग (Thyroid
nodule)
— पुरै थाईरैद ग्रन्थीको गलोगाँड हुने रोग (Goitre)
थाईरैद ग्रन्थीको एक पट्टि मात्र गलोगाँड हुने रोग (Thyroid
nodule)
— क्यान्सरको जांच गर्दा नेगेटिव देखिएमा यसको उपचार २ किसिमबाट गर्न सकिन्छ
पर्ख र हेर
— यसो गर्दा हरेक बर्ष थाईरैद ग्रन्थीको भिडियो एक्सरे र सुइ जांच गर्नु पर्छ
— यदि छिटो छिटो गलोगांड बढेमा तुरन्तै डाक्टरकोमा सम्पर्क गर्नु पर्दछ
अप्रेसन
— अप्रेसनबाट गलोगांड भएको थाईरैद ग्रन्थीको एक पट्टि भाग निकाल्नु पर्दछ
पुरै थाईरैद ग्रन्थीको गलोगाँड हुने रोग (Goitre)
— थाईरैद हर्मोन नर्मल छ र क्यान्सरको जांच नेगेटिब देखिएमा पर्ख र हेर नीति अपनाउन सकिन्छ
— तर धेरै ठुलो भएर सांस फेर्न गार्हो र निल्न गार्हो भएमा अप्रेसन गर्नु पर्दछ
— पर्ख र हेर नीति अप्नाउन्दा हरेक बर्ष क्यान्सरको जांच गर्नु पर्दछ
— यदि गलोगाँड छिटो छिटो बढेमा, गलोगांड दुखेमा तथा आवाज परिबर्तन भएमा तुरन्तै डाक्टरलाई सम्पर्क गर्नु पर्दछ
थाईरैद रोग कसरी लाग्छ ?
— थाईरैद रोग खानपिनको गडबडी अथवा ब्यायामको कमिले हुने रोग होइन
— बन्दा, काउली धेरै खाएर लाग्ने रोग पनि होइन
— हाशीमोतोज थैरैदडाइतीस (Hashimoto’s thyroiditis) र
ग्रेभ्स रोग (Graves disease) एक किसिमको अटोइम्युन रोग(auto-immune
disease) हो I अर्थात् शरीरको प्रतिरोधात्मक शक्ति शरीरकै अंग प्रति लक्षित हुने अवस्था हो I
— थैरैदडाइतीस (Thyroiditis) थाईरैद ग्रन्थीको भाइरल इन्फेक्सनले हुन्छ
— केहि औसधिहरुले गर्दा पनि थाईरैदको गडबडी हुन सक्छ जस्तै लिथियम (lithium) , अमियोड्यारोन (amiodarone) आदि
— आयोडिनको
कमी
भएर
वा धेरै भएर पनि थाईरैद रोग लाग्न
सक्छ
— विकिरणले
थाईरैद ग्रन्थीको क्यान्सर हुने सम्भावना
बढाऊछ
I जापानको
हिरोशिमा
र
नागासाकीमा
एटम
बम
खसेपछि
धेरै
मान्छेमा
थाईरैद ग्रन्थीको क्यान्सर देखिएको
थियो
I