You need to install nepali font to view this http://nepali.changathi.com/Fonts.aspx
थाईरैद ग्रन्थी
यो ग्रन्थी घांटीमा रुद्र घन्टीको तल हुन्छ
यसले २ ओटा हर्मोन T3 र T4 दिन्छ
यी हर्मोनेले शरीरको metabolism लाई कन्ट्रोल गर्दछ
थाईरैद ग्रन्थीलाई अर्को ग्रन्थी पित्युतरी (Pituitary) ग्रन्थीले कन्ट्रोल गर्दछ
पित्युतरी (Pituitary) ग्रन्थी दिमागको
फेदीमा हुन्छ
पित्युतरी (Pituitary) ग्रन्थीले TSH भन्ने हर्मोन दिन्छ जसले थाईरैद ग्रन्थीलाई T3 र T4 निकाल्नलाई प्रेरित गर्दछ
थाईरैद रोग
थाईरैद रोग ४ किसिमका हुन्छन
१. थाईरैद ग्रन्थीले कम काम गर्ने रोग (Hypothyroidism)
२. थाईरैद ग्रन्थीले धेरै काम गर्ने रोग (Hyperthyroidism)
३. थाईरैद ग्रन्थीको क्यान्सर (Thyroid Cancer)
४. सामान्य गलोगांड (Thyroid
nodule/ Goitre)
१.थाईरैद ग्रन्थीले कम काम गर्ने रोग (हाईपोथैरोइद्डीजम /Hypothyroidism)
यो रोग मा T3 र T4 कम हुन्छ र TSH बढ्छ
लक्षणहरु:
जाडो धेरै हुने
शरीर सुन्निने
छाला खस्रो हुने
काम गर्ने जाँगर नहुनु
कब्जियत हुने
गलोगांड निस्कनु
तौल बढ्नु (केवल २ -४ किलो)
महिनाबारी गडबड हुने
निसन्तान हुने
टन्सिल बढ्ने, टन्सिल दुख्ने थाईरैद रोगको कारणले हुँदैन
किन हाईपोथैरोइद्डीजम को इलाज गर्ने ?
मानसिक तथा शारीरिक तन्दुरुस्तीको लागि
मुटु रोगबाट बच्नको लागि
(गर्भवती महिलाको लागि) जन्मने बच्चाको राम्रो स्वास्थ्यको लागि I बच्चाको दिमागको विकासको लागि थाईरैद हर्मोन अपरिहार्य हुन्छ I गर्भवती महिलामा थाईरैद हर्मोन कमी भएमा जन्मिने बच्चाको मानसिक तथा शारीरिक विकास हुदैन र Cretinism भन्ने रोग लाग्छ I
हाईपोथैरोइद्डीजम को इलाज कसरी हुन्छ ?
बाहिरबाट थाईरैद हर्मोन (Thyroxine) सेवन गर्नु पर्दछ
यो अपरेसन गर्नु पर्ने रोग होइन
औसधि सेवन गर्दा ६-६ महिनामा खूनको TSH टेस्ट गर्नु पर्छ
के हाईपोथैरोइद्डीजमको औसधि जिन्दगी भरि खानु पर्छ ?
हाशीमोतोज थैरैदडाइतीस (Hashimoto’s thyroiditis) भन्ने हाईपोथैरोइद्डीजममा एक चोटी औसधि सुरु भएपछि जिन्दगीभरि खानु पर्ने हुन्छ I
सबक्लिनिकल हाईपोथैरोइद्डीजम
(Subclinical Hypothyroidism) भनेको के हो ?
हाईपोथैरोइद्डीजमका प्रस्ट लक्षणहरु नहुने र T4 हर्मोन नॉर्मल हुने तर केहि मात्रामा TSH बढी हुने अवस्थालाई हामी सबक्लिनिकल हाईपोथैरोइद्डीजम
भन्छौ
सबक्लिनिकल हाईपोथैरोइद्डीजमको इलाज गर्नु पर्छ ?
सबै सबक्लिनिकल
हाईपोथैरोइद्डीजमलाई उपचारको जरूरी छैन
TSH १० भन्दा माथि नबढेमा औसधि सेवन जरूरी छैन I
तर केहि अवस्था यस्ता छन् जसमा औसधि सेवन सुरु गर्नु पर्ने हुन्छ , जस्तै :
हाईपोथैरोइद्डीजमका लक्षणहरु देखा परेमा
गलोगांड बढेमा
महिनाबारी गडबड भएमा
निसन्तान भएमा
गर्भवती अवस्था
मुटु सम्बन्धि समस्या भएमा
रगतमा एक प्रकारको Anti -TPO Antibody धेरै बढेमा
यी अवस्थाहरु बाहेक अरु अवस्थामा औसधि सेवन जरूरी छैन I तर ६-६ महिना मा TSH जांच गर्नु जरूरी छ I
२.थाईरैद ग्रन्थीले धेरै काम गर्ने रोग (हाईपरथैरोइद्डीजम/Hyperthyroidism)
यो रोग मा T3 र T4 बढ्छ र TSH कम हुन्छ
लक्षणहरु:
तौल कम हुँदै जानु
गर्मी धेरै लाग्नु
पसिना धेरै आउनु
मुटु धेरै धक धक हुनु
दिसा धेरै पटक लाग्नु
हात, खुट्टा काम्नु
सास फुल्नु
निद्र नलाग्नु, बेचैनी धेरै हुनु
गलोगांड निस्कनु
आँखा ठुलो हुदै जानु
महिनाबारी गडबड हुने
हाईपरथैरोइद्डीजम कति किसिमका हुन्छन?
मुख्यत २ किसिमका हुन्छन:
ग्रेभ्स
रोग
(Graves disease)
थैरैदडाइतीस (Thyroiditis)
यी दुइ बिल्कुल भिन्न रोग हुन् र इलाज पनि बिल्कुल भिन्न छन्
ग्रेभ्स
रोग
अलिकति जटिल रोग हो भने थैरैदडाइतीस आँफै निको हुने रोग हो
ग्रेभ्स रोग
कसरि पत्ता लाग्छ ?
खूनमा T4 र TSH हर्मोन जांच गरेमा हाईपरथैरोइद्डीजम पत्ता लाग्छ
यो अवस्थामा T4 बढ्छ र TSH कम हुन्छ
तर ग्रेभ्स
रोग
नै हो भनेर यकिन साथ भन्नको लागि एक किसिमको टेस्ट थाईरैद स्क्यान(Thyroid Uptake Scan) गर्नु पर्छ
ग्रेभ्स रोग को उपचार कसरी हुन्छ ?
तीन तरीका छन् :
औसधिबाट
कम्तिमा पनि १२-१८ महिना औसधि खानु पर्ने हुन्छ I तर औसधि बन्द गरेपछि ५०-६०% मा फेरी यो रोग फर्किन्छ
अपरेशनबाट
यदि गालो गाँड ठुलो छ भने अपरेशन गर्न सकिन्छ
रेडियो एक्टिव आयोडिन (Radioactive Iodine) बाट
यो एक किसिमको औसधि हो जसले गर्दा यो रोग पूर्णतया निर्मुल हुन्छ I यो औसधिले
थाईरैद ग्रन्थीलाई मार्ने काम गर्छ I तर थाईरैद ग्रन्थी मरेपछि यसले निकाल्ने हर्मोन भने जिन्दगिभर बाहिरबाट सेवन गर्नुपर्ने
हुन्छ I
३.थाईरैद ग्रन्थीको क्यान्सर (Thyroid Cancer)
थाईरैद ग्रन्थीको क्यान्सर निको पर्न सकिने क्यान्सर हो
लक्षणहरु:
गलोगांड छिटो छिटो बढ्नु
गलोगांड दुख्नु
आवाज परिबर्तन भई मोटो आवाज हुनु
गलोगांड बढेर खान निल्न गार्हो हुनु, सांस फेर्न गार्हो हुनु
थाईरैद ग्रन्थीको क्यान्सरको पत्ता कसरि लाग्छ ?
गलोगांडको सुइ जांचबाट (FNAC)
घांटीको भिडियो एक्सरेबाट
थाईरैद ग्रन्थीको क्यान्सरको उपचार कसरी हुन्छ ?
अप्रेसनबाट
अप्रेसन गरिसकेपछि धेरैलाई एक किसिमको औसधि रेडियो एक्टिव आयोडिन दिनुपर्ने हुन सक्छ
उपचार पछि नियमित जांच गरि राख्नु पर्छ
४. सामान्य गलोगांड (Thyroid nodule/ Goitre)
यो रोगमा गलोगाँड भएपनि हर्मोनको गडबडी हुदैन तर क्यान्सर छ कि छैन भनेर थाईरैद ग्रन्थीको सुइ जांच गर्नु अति आवस्यक हुन्छ
सामान्य गलोगाँड २ किसिमका हुन्छन
थाईरैद ग्रन्थीको एक पट्टि मात्र गलोगाँड हुने रोग (Thyroid
nodule)
पुरै थाईरैद ग्रन्थीको गलोगाँड हुने रोग (Goitre)
थाईरैद ग्रन्थीको एक पट्टि मात्र गलोगाँड हुने रोग (Thyroid
nodule)
क्यान्सरको जांच गर्दा नेगेटिव देखिएमा यसको उपचार २ किसिमबाट गर्न सकिन्छ
पर्ख र हेर
यसो गर्दा हरेक बर्ष थाईरैद ग्रन्थीको भिडियो एक्सरे र सुइ जांच गर्नु पर्छ
यदि छिटो छिटो गलोगांड बढेमा तुरन्तै डाक्टरकोमा सम्पर्क गर्नु पर्दछ
अप्रेसन
अप्रेसनबाट गलोगांड भएको थाईरैद ग्रन्थीको एक पट्टि भाग निकाल्नु पर्दछ
पुरै थाईरैद ग्रन्थीको गलोगाँड हुने रोग (Goitre)
थाईरैद हर्मोन नर्मल छ र क्यान्सरको जांच नेगेटिब देखिएमा पर्ख र हेर नीति अपनाउन सकिन्छ
तर धेरै ठुलो भएर सांस फेर्न गार्हो र निल्न गार्हो भएमा अप्रेसन गर्नु पर्दछ
पर्ख र हेर नीति अप्नाउन्दा हरेक बर्ष क्यान्सरको जांच गर्नु पर्दछ
यदि गलोगाँड छिटो छिटो बढेमा, गलोगांड दुखेमा तथा आवाज परिबर्तन भएमा तुरन्तै डाक्टरलाई सम्पर्क गर्नु पर्दछ
थाईरैद रोग कसरी लाग्छ ?
थाईरैद रोग खानपिनको गडबडी अथवा ब्यायामको कमिले हुने रोग होइन
बन्दा, काउली धेरै खाएर लाग्ने रोग पनि होइन
हाशीमोतोज थैरैदडाइतीस (Hashimoto’s thyroiditis) र
ग्रेभ्स रोग (Graves disease) एक किसिमको अटोइम्युन रोग(auto-immune
disease) हो I अर्थात् शरीरको प्रतिरोधात्मक शक्ति शरीरकै अंग प्रति लक्षित हुने अवस्था हो I
थैरैदडाइतीस (Thyroiditis) थाईरैद ग्रन्थीको भाइरल इन्फेक्सनले हुन्छ
केहि औसधिहरुले गर्दा पनि थाईरैदको गडबडी हुन सक्छ जस्तै लिथियम (lithium) , अमियोड्यारोन (amiodarone) आदि
आयोडिनको
कमी
भएर
वा धेरै भएर पनि थाईरैद रोग लाग्न
सक्छ
विकिरणले
थाईरैद ग्रन्थीको क्यान्सर हुने सम्भावना
बढाऊछ
I जापानको
हिरोशिमा
र
नागासाकीमा
एटम
बम
खसेपछि
धेरै
मान्छेमा
थाईरैद ग्रन्थीको क्यान्सर देखिएको
थियो
I