Welcome to EndocrinologyNepal

Endocrinology is a branch of internal medicine which deals with disorders related to hormonal imbalance. It includes not only diabetes and thyroid disorders but also deals with various diseases like hypogonadism, erectile dysfunction, infertility, hirsutism, gynecomastia, PCOS, pubertal disorders, obesity, short stature, tall stature, pituitary disorders, Cushing's syndrome, Pheochromocytoma, parathyroid disorders and metabolic bone diseases.

Endocrinology भनेको हर्मोन को गडबडीबाट हुने रोग सम्बन्धि क्षेत्र हो I हर्मोनको गडबडीका कारण निम्न समस्याहरु हुन सक्छन :
१. मधुमेह (Diabetes)
२. सुगर कम हुने रोग (Hypoglycemia)
३. थाईराइद रोग (Thyroid disorders)
४. महिनाबारीमा गडबड र निसन्तान (Infertility)
५. महिलाहरुको शरीरमा धेरै रौँ उम्रने (Hirsutism)
६. स्तनबाट दुध चुहिने (Galactorrhea)
७. पुरुषहरुमा स्तन बढ्ने (Gynaecomastia)
८. शरीरको उच्चाई नबढी पुड्को हुने (Short stature) वा धेरै अग्लो हुने (Tall Stature)
९. लिङ्ग वा अन्दकोश सानो हुने (Hypogonadism)
१०. यौन इच्छामा कमि आउने वा सम्भोग गर्न गार्हो हुने (Erectile Dysfunction)
११. यौबन अवस्था चांडो देखिने (Precocious puberty) वा ढिलो गरि देखिने (Delayed puberty)
१२. हड्डी बारम्बार टुट्ने , हड्डी बंगिने (Rickets), हड्डी सुन्निन्ने वा हड्डी खिइने (Osteoporosis)
१३. शरीरको मोटोपना बढ्ने(Obesity)
१४. बारम्बार मिर्गौलाको पत्थरी हुने(Kidney stones)
१५. सानो उमेरमा नै रक्तचाप बढ्ने वा रक्तचाप अचानक बढेर टाउको दुख्ने , बान्ता हुने र पसिना आउने
१६. लिङ्ग निर्धारण गर्न गार्हो हुने (Disorders of sexual development)

About Dr Ansu Mali Joshi

My photo
Kathmandu, Nepal
I am an endocrinologist, practising at Kathmandu, Nepal. I did my DM Endocrinology from the prestigious All India Institute of Medical sciences, New Delhi in 2011. DM Endocrinology is a 3 year superspecialized degree which is done after doing 3 years of MD Internal Medicine. Currently I work at KATHMANDU DIABETES & THYROID CENTER PVT LTD (01-5521969).

Saturday, December 10, 2016

मधुमेहको पहिचान गरौं

मधुमेह विशाल र बढ्दो भारको रूपमा विकास भैरहेको छ । अहिले संसारभरिका करिब ४२ करोड मानिसहरू मधुमेह रोगबाट पीडित छन् । सन् २०४० सम्म ६४ करोड मधुमेहीको संख्या पुग्ने अनुमान गरिन्छ । हाल विश्वमा रहेका ११ जना मानिसहरूमध्ये १ जना मानिस मधुमेहबाट पीडित छन् । ५० प्रतिशतभन्दा पनि बढी मधुमेहीको संख्या अहिले पश्चिमी प्रशान्त महासागरीय क्षेत्र र दक्षिण—पूर्वी एसियामा छ । करिब ८० प्रतिशत मधुमेहका रोगीहरू विकासोन्मुख गरिब देशहरूमा छन् । बढ्दो मोटोपनको कारणले गर्दा बच्चाहरूमा पनि मधुमेह देखिँदैछ । तथ्यांक अनुसार नेपालमा कुल जनसंख्याको करिब ८.४ प्रतिशत जनसंख्या मधुमेही छन् । 

अहिले संसारमा ५० लाख मानिसहरूको मधुमेहको कारण वर्षेनि मृत्यु भैराखेको छ । हरेक ६ सेकेन्डमा १ जनाको मृत्यु हुने गर्छ । मधुमेहमा यति धेरै चासो हुनुका कारण अहिले संसारभर महामारीको रूपमा फैलिँदै गएको हुनाले उपयोगी जनशक्तिमा कमी आउने हुनाले, बेलैमा ध्यान नदिँदा उपचार महँगो पर्नजाने हुनाले र मृत्युदर बढी हुनाले हो । कुनै पनि देश, वर्ग, जाति, धनी—गरिब, पुरुष वा महिला, बालक, वृद्धसमेत यस रोगबाट अछुतो छैनन् । 
अहिले पनि मधुमेहीहरूमध्ये ५० प्रतिशतमा आफूलाई मधुमेह लागेको जानकारी छैन । लक्षण सबैलाई नहुने हुनाले धेरै मानिसलाई लामो समयसम्म मधुमेह भैराखेको हुनसक्छ र जब यो पत्ता लाग्छ, त्यो बेलासम्म यसको दीर्घकालीन असरहरू देखा परिसकेको हुनसक्छ । प्रत्येक व्यक्तिले स्वस्थ जीवनशैली अपनाएमा ७० प्रतिशत मधुमेह रोकथाम गर्न सकिन्छ र सन् २०४० सम्म मधुमेही रोगीको संख्यामा १६ करोडले कमी ल्याउन सकिन्छ । यो वर्ष २०१६ को विश्व मधुमेह दिवसको मुद्दा ‘मधुमेहमा नजर राख्ने’ राखिएको छ । यो वर्षको मुख्य सन्देश भनेको मधुमेहको लागि एकपटक भए पनि टेष्ट गरेर यसको दीर्घकालीन जटिलताबाट बचौं भन्ने छ । अहिले पनि संसारमा करिब ३० करोड मानिसलाई मधुमेह भएर पनि थाहा नभएको हुनाले उनीहरूलाई परीक्षण गर्नुपर्ने धेरै आवश्यकता देखिन्छ । 
विश्वमा अहिले वर्षेनि ६.७३ खर्ब अमेरिकी डलर मधुमेह र यसको जटिलताहरूको उपचारमा खर्च भैराखेको छ । जति मधुमेहको जटिलता बढ्छ, उति उपचार खर्च महँगो पर्न जान्छ । अहिले संसारमा हरेक हप्ता मधुमेहका कारण १४० जनाको खुट्टा काट्नुपर्ने अवस्था छ भने १४०० जनालाई मुटुले राम्रो काम नगरेको अवस्था र ५४० जनालाई पक्षाघात भैरहेको अवस्था छ । त्यस्तै मधुमेह नियन्त्रणमा नराखे अन्धोपनको सम्भावना २५ गुणा बढी र मिर्गौला बिग्रिने सम्भावना ५ गुणा गढी हुन्छ । त्यसैकारण यी सबै जटिलताहरूबाट बच्न र उपचार खर्च कटौती गर्नका लागि समयमै मधुमेह पत्ता लागेर मधुमेह नियन्त्रणमा राख्नु जरुरी छ । अन्तर्राष्ट्रिय मधुमेह संघको यस वर्षको विश्व मधुमेह दिवसको अभियान नोभेम्बर महिनाभरि १० लाख मानिसहरूमा मधुमेहको रगत जाँच गरी मधुमेह समयमै पत्ता लगाउनु रहेको छ । 
मधुमेह अहिले महामारीको रूपमा देखिनुका विभिन्न कारणहरू छन् । बढ्दो सहरीकरण, बसाइँ—सराइ, खानपिनमा लापरबाही, गुलियो, चिल्लो र फास्टफुडको बढी सेवन, सुविधासम्पन्न र निस्क्रिय जीवनशैली, नियमित व्यायामको कमी तथा तनाव प्रमुख कारण हुन् । साथै अध्ययनहरूले मिसावट र केमिकलको बढ्दो प्रयोगले पनि मधुमेह बढिरहेको देखिएको छ । मधुमेह रोगथाम गर्न सकिने रोग भएकाले नेपालमा यस रोगसँग सम्बन्धित जनचेतना फैलाउनुपर्ने देखिन्छ । विकट र दुर्गम ठाउँहरूमा मधुमेह सम्बन्धी साधारण रगत जाँच पनि हुन गाह्रो छ । यसले गर्दा मधुमेह समयमै पत्ता नलागी अकालमा ज्यान गुमाउनेहरूको संख्या धेरै छ । त्यसकारण मधुमेह सम्बन्धी चेतना चारैतिर फैलाएर यो रोगबाट हुनसक्ने नराम्रा परिणामहरूबाट बच्न सकिन्छ । 


http://kantipur.ekantipur.com/news/2016-11-14/20161114080325.html

इन्सुिलन भ्रम र यथार्थ

१. पेटमा रहेको प्यान्क्रियाजले इन्सुलिन हर्मोन प्रदान गर्छ । इन्सुलिनले रगतमा भएको सुगरलाई कम गर्छ । त्यसैले इन्सुलिनको कमी भएमा वा इन्सुलिनले राम्ररी काम गर्न नसकेको अवस्थामा सुगर हुन्छ । 

२. मानिसलाई सुगर भएमा घटाउने औषधि सेवन गर्नुपर्छ । खाने औषधिले प्यान्क्रियाजबाट इन्सुलिन उत्पादन गर्छ, जसले गर्दा सुगर कम हुन्छ । लामो समयसम्म यी औषधि लिएमा बिस्तारै प्यान्क्रियाजको इन्सुलिन निकाल्ने क्षमता घट्दै जान्छ । निश्चित समयपछि यसले कुनै पनि इन्सुलिन निकाल्न सक्दैन । त्यसपछि सुगर कन्ट्रोल गर्न बाहिरबाटै इन्सुलिन दिनुपर्ने हुन्छ । 

३. सुरुकै अवस्थामा इन्सुलिन लिँदा शरीरलाई फाइदा गर्छ । यदि सुरुकै अवस्थामा इन्सुलिन लिएमा प्यान्क्रियाजको इन्सुलिन उत्पादन गर्ने क्षमता रहिरहन्छ । अर्थात्, यसलाई आराम मिल्छ । विभिन्न अध्ययनले देखाएको अध्ययनअनुसार सुरुकै अवस्थामा केही समय इन्सुलिन लिएर बन्द गरेमा लामो समयसम्म विनाकुनै औषधि सुगर कन्ट्रोल हुन्छ । त्यसकारण सुगरमा इन्सुलिन सबैभन्दा राम्रो औषधि हो । 

इन्सुलिन लगाउन  किन डर ? 

इन्जेक्सनको डर । सुगर कम भएर बेहोस हुने डर । एकचोटि इन्सुलिन सुरु भएपछि सधैँ लगाउनुपर्ने डर । महँगो होला कि भन्ने डर । बाहिर जाँदा इन्सुलिन लगाउन मिल्दैन भन्ने डर । इन्सुलिन लगाउँदा छालामा समस्या आउला भन्ने डर । 

के हो सत्य ? 
१.अहिले इन्सुलिनका सुई यति मसिना भइसके कि सुई लगाएको पत्तै हुँदैन । औषधि खानुभन्दा पनि सजिलो भइसकेको छ । 
२. खाने औषधिले पनि सुगर कम गराएर बेहोस हुनसक्छ । सावधानी अपनाएमा यस्तो कहिल्यै पनि हुँदैन । सुगर कम हुँदा एकैचोटि पसिना आउने, मुटुको धड्कन तेज हुने, हात काम्ने हुन्छ । यस्तो भएमा एक गिलास पानीमा तीन चम्चा ग्लुकोज पाउडर घोलेर खाएमा बेहोस हुने अवस्था कहिल्यै आउँदैन । त्यसैले सुगरका बिमारीले साथमा ग्लुकोज पाउडर अथवा टफीजस्ता केही मिठा कुरा साथमै राख्न जरुरी हुन्छ । 
३. एकचोटि इन्सुलिन लगाएपछि सधैँ लगाउनुपर्छ भन्ने जरुरी छैन । सुगर कन्ट्रोल भएपछि इन्सुलिनको डोज घटाउँदै ट्याब्लेटमा चेन्ज गर्न सकिन्छ । तर, केही अवस्थामा सधैँ इन्सुलिन लगाउनुपर्छ । किड्नीको समस्या देखिएमा वा तीनवटा भन्दा बढी खाने औषधिबाट सुगर कन्ट्रोल नभएमा नियमित इन्सुलिन लगाउनुपर्छ । 
४.इन्सुलिनको प्रकृतिअनुसार सस्तो तथा महँगो हुन्छ । महँगा इन्सुलिन र सस्ता इन्सुलिनको काम एकै हो । फरक के मात्र हो भने महँगो इन्सुलिन खाना खानुभन्दा ५ मिनेटअगाडि लाउनुपर्छ । तर, सस्तो इन्सुलिन ३० मिनेटअगाडि लगाउनुपर्छ । 
५.बाहिर जाँदा इन्सुलिन लिएरै जान सकिन्छ । भाइलवाला इन्सुलिनका लागि अइस प्याक चाहिन्छ, तर पेनवाला इन्सुलिन त्यतिकै लिएर जान मिल्छ । तर, घामबाट जोगाउनुपर्छ । 
६. इन्सुलिन तरिका जानेर लगाउँदा छालामा केही समस्या आउँदैन ।

 - See more at: http://www.enayapatrika.com/2016/08/81415#sthash.x2LpbZqA.dpuf

Popular Posts